Loading

कसरी बस्यो खै बानी शराबमा

कसरी बस्यो खै बानी शराबमा
बिताइरहेछु जिन्दगानी शराबमा

जब तिम्रो चेहरा गुलाबी भएर आयो
मिसाउन छोडीदिएँ पानी शराबमा

म कहाँ छु, कता छु, म कस्तो छु
खोजिरहेछु आफ्नै निशानी शराबमा

प्यूँछु, अझै प्यूँछु, म पिइरहन्छु
म फसेको हुँ जानीजानी शराबमा

Segments: 

Comments