Seto Chithi / Shreeom Shrestha Rodan

No votes yet
Shreeom Shrestha Rodan
सेतो चिठी / श्रीओम श्रेष्ठ ‘रोदन’

लेखुँ कि नलेखुँ, जाबो सपनाको कुरा ! यसलाई न कसैले आधिकारिक मान्यता दिन्छ, न कतै प्रमाणित नै गर्न सकिन्छ । एक्काइसौँ शताब्दीमा सपनाको कुरा गर्नु पनि एक प्रकारको हास्यास्पद हो । रमाइलो पनि त हो नि । देख्न त देखेकै हो । अरूसँग के मतलब । आफ्नो सपना आफ्नैलागि त हो नि । आज विज्ञानले नगरेको केही छैन, गर्न नसक्ने पनि केही देखिएको छैन । असम्भव भनेका सबै सम्भव बनिसके । मङ्गल ग्रहमा त पुगिसके, अनुसन्धान भइरहेका छन्, अरूका के कुरा । टेबुलमाथि भएको कम्प्युटर, झोलामा बोकेरै हिँड्ने ल्यापटप भए संसारभरि पुग्न सकिन्छ तुरुन्ता तुरुन्तै । जहाँसुकै भएको मान्छेसँग भेटघाट, कुराकानी गर्न मिलिसकेको छ । अन्तमात्र हो र हाम्रै देशमा पनि । पहिले भए घण्टौं लगाएर लेखेको चिठी महिनौ लगाएर पुग्थ्यो । जतिबेला खबर पुग्थ्यो त्यतिबेला खबर पठाउने मान्छेको समाचार नै बेग्लै भइसकेको हुन्थ्यो । अहिले त मलाई हाच्छ््यू आयो एकैछिन पख है भनेर कुराकानी गर्न मिल्छ । पहिला महिनौ लाग्ने समय अहिले सेकेण्डमा पूरा हुने भइसकेको छ तर पनि अमेरिकामा बसिरहेको बेलामा सपनाको कुरा लेख्न धक लागिरहेको छ मलाई । त्यो पनि जाबो एउटा चिठी आएको । हिजोआज विपनामा चिठी नलेख्ने भएकैले होला सपनामा चिठी आएको देखेँ । चिठीको मात्रै कुरा होइन । नाम, ठेगानासहित पठाएको चिठी मेरो नयाँ ठेगानामा प्राप्त भएको थियो । चिठीको टाउकोमा जरुरी लेखिएको थियो तर चिठी खोलेर हर्ेदा भित्र कुनै अक्षर थिएन । मात्र एक पाना सेतो खाली कागज थियो । यही कारण मलाई यो चिठी विशेष अर्थको लाग्यो । सपनाबाट ब्यूँझदा घरसँगैको रूखमा चराहरू कराउन थालिसकेका थिए । सडकमा साइरन बजाउँदै प्रहरीको गाडी कुदिरहेको थियो । ढोका खोलेर बाहिर हेरेँ, एउटा गाडीले भुइँको धूलोजति भ्याकुम गरेर तान्दै रहेछ । गाडीले टिप्न नसकेको फोहर अर्को मान्छेले बोकेको हाते भ्याकुमले तान्दै थियो । टेलिभिजन खोल्छु, समाचार आइरहेको थियो ।

हिजो राति अमेरिकन आइडलको फाइनल भएको रहेछ । एकजना २२ वषर्ीया युवती र २९ वषर्ीय युवक अन्तिम चरणमा पुगेका रहेछन् । Taylor Hicks भन्ने युवकले (63 मिलियन) ६ करोड ३० लाखभन्दा बढी मत ल्याएर यस पटकको अमेरिकन आइडल बनेको रहेछ । यति मत अमेरिकामा आजसम्म कुनै पनि राष्ट्रपतिको उम्मेदवारले पाउन सकेको रहेनछ । यो अत्यन्त लोकप्रिय कार्यक्रम रहेछ । राजनीतिलाई सङ्गीतले पछारेकोमा खुसी लाग्यो । प्रत्येक हप्ता ३० मिलियन दर्शकले हर्ेर्ने पनि बतायो समाचारले । समाचारले मलाई मेरो सपनाबाट टाढा पुर्‍यायो । टेलिभिजन बन्द गरेँ । सपनाले घर र आफ्नो मान्छेलाई सम्झायो । तुरुन्तै घर पुगेर प्रियालाई भेटेर खाली पानाको चिठीमा जरुरी लेख्नुको अर्थ सोध्न मन लाग्यो तर आफू आइपुगेको बाटो सम्झँे, कहाँ हो कहाँ, घण्टौ त समुद्रै समुद्रको आकाश छ ।

गाउँघरको गोरेटो भए पो पाइतालाको डोब हर्ेर्दै हिँड्दा पनि आएको ठाउँमा पुग्न सकिन्छ । चिठी भनेको आफ्नो मनको कुरा बुझाउने माध्यम पो हो तर कुनै अक्षर नै नभएपछि त्यो चिठीलाई कसरी बुझ्नु मैले । न प्रियले पठाउने क्षणमा खुसीले उत्तेजित भएर लेखेको चिठी त्यतै परेर वा खसेर खाली पाना मात्र पर्न पो गएको हो कि – वा जानाजानै खाली पाना मात्र पठाएको हो । यसका धेरै अर्थ हुन्छन् । चिठीले नै उत्तेजित बनेको हो भने त्यो स्वाभाविकै हो, श्रीमान्-श्रीमतीमात्र भएर उत्तेजित भएको बेला, स्खलित सुखको क्षण केही कुरा सम्भिmदैन । त्यो परिवेशभन्दा टाढा कहीँ केही छ जस्तो नै लाग्दैन । दर्ुइजनाबाहेक सबै शून्यशून्य । अर्को के पनि हुनसक्छ भने चिठी भनेको आफूलाई खामेर पठाउनु । आफ्नो मनको कुरालाई चिठी बनाउन सकिएन भने वा भनौ आफ्नो मनलाई र्सवाङ्ग खोलेर पठाउन सकिएन भने पाउनेलाई पनि केही मज्जा हुँदैन । मलाई लाग्छ, प्रियाले चिठी लेख्ने नाममा धेरै पानाहरू अक्षरले भरिभराउ बनाइन् तर आफूलाई आफूले चाहेजस्तो गरी व्यक्त गर्न सकिनन् वा मैले खोजेजस्तो गरी आफूलाई पठाउन सकिनन् । धेरै अक्षरहरू लेख्दै, च्यात्दै पनि गरिन् होलिन् । हुन पनि हामी दुवैका लागि दुवै प्रस्ट छौँ, कहींँ केही लुकाएको वा लुकाउन खोजेको केही पनि छैन । गोप्यताको कुनै ठाउँ छैन । जुनसुकै पनि हिसाबकिताबको सूत्र खोलिसकेका छौं हामीले । रहृयो मनको कुरा । मन पनि केस्राकेस्रा गरी केलाउन अलिकति पनि बाँकी राखेका छैनौँ । आखिर कति न पो हुन्छ मन भनेको, जम्माजम्मी २५० ग्राम त हो नि । यसलाई हजारौँपटक केलाएका छौँ, निफनेका छौँ, माझेका पनि छौँ । यसरी एकआपसमा खुल्ला आकाश; त्यो पनि पानी परेपछिको जस्तो छ्याङ्ग भइसकेपछि चिठी लेख्नु भनेको हुनसम्मकै गाह्रो कुरा हो । हो ! अक्षरले बाँधिन सकिनन्, भन्नुपर्ने कुरा लेख्न सकिनन् वा लेख्न मिलेन । भन्न खोजेको कुरा नै पठाउन नसकेपछि किन अक्षरहरूलाई दुःख दिइरहनु बेकारमा । त्योभन्दा राम्रो त खाली कागज पठाउनु नै ठीक हो नि । यसमा चाहेको जस्तो पठाउन सकिन्छ र पाउनेले पनि आफूले कल्पना गरेजस्तै पाउन सकिन्छ । खाली आकाशमा पनि खासै केही देखिँदैन तर यसैमाथि कति कति ठूला काव्यहरू लेखिसके, अनुसन्धानहरू भइसके । प्रस्ट देखिने कुरामा भन्दा बढी अर्थ नदेखिने कुरामा हुन्छ नै । हर्ेर्नुस् न चित्रहरू पनि त त्यस्तै हुन् नि ।

बुझिनेहरू सामान्य र नबुझिनेहरू असामान्य । विश्वप्रसिद्ध कलाकारका चित्रहरू पनि बढी नबुझिने भएरै बढी चर्चित र मूल्यवान बनेका छन् । बुझ्नेले त बुझिहाल्छ नि । नबुझ्नेको कुरा हो यो । नबुझिने र अस्पष्ट चित्रभित्र आफूले जे कल्पना गर्‍यो त्यही भेटिन पनि सकिन्छ रे । बादल पनि त्यस्तै हो । त्यस्तै होला यो चिठी पनि । अरूका लागि निर्रथक भए पनि मेरोलागि अमर्ूत तर मर्ूर्तैमर्ूत । जादूगरको मनचिन्ते झोलाजस्तो जतिखेर जे चाहियो त्यही पाउन सक्ने । कस्तो अचम्म म पनि । जाबो सपनाको कुरा गरिरहेको छु । त्यो पनि अक्षर नभएको एउटा चिठीको । सपनाको त्यसै पनि कुनै सिद्धान्त हुँदैन । न अलजेब्राको सूत्रजस्तै केही हुन्छ । हिसाबकिताब हुने भए जताबाट भए पनि परिणाम निस्किहाल्छ । म आफू जीवनमा कहिले एक्लै डेरा गरेर नबसेको मान्छे । सात समुद्रपारि आएर डेरा बस्ने त्यो पनि नेपालीमा बदल्दा ४२ हजार रुपियाँको फ्ल्याटमा, धन्य आधाआधि गर्र्छौं र मात्र । यो पनि एक प्रकारको सपनाजस्तै त हो । यो उमेरसम्म आइपुग्दा मसँगै हर्ुर्केका मेरा कतिपय स्वभावहरू अझ स्पष्ट भनौ आफ्नोपनलाई पूरै बिर्सनुपर्ने, सम्झेर काम नलाग्ने ठाउँमा आइपुगुँला भनेर सपना पनि देखेको थिइँन मैले । नेपालमा म प्रायः नेपाली पुस्तक नै बढी पढ्थेँ, प्राप्त हुने नेपाली पुस्तकहरू नै पढेर भ्याइँदैन । अहिले एक महिना पनि समय नबित्दै अंग्रेजी पुस्तक पढ्न थालेको छु । हुन त यो मेरो बाध्यता पनि हो । ल्याएका जति सबै पढेर भ्याइसकिहालियो, अनि खोजेर कहाँ पाउनु अरू नेपाली पुस्तक । पढ्नु त पर्‍यो नै । यो नशा नै हो । प्रत्येक दिनको एउटा नियमित अंश नै हो । कतै कुनै काम विशेषले पढिएन भने राति न्रि्रा लाग्ने बेलामा सम्झन्छु । त्यसो त यहाँ पनि बिहानभरिमा सातवटा दैनिक पत्रिकाको हेडलाइन र पढ्नुपर्ने जस्तो लागेको समाचार पढ्ने गरेकै छु । अंग्रेजी साहित्यका पुस्तकहरूको स्वाद लिन सकिन्छ कि सकिँदैन भन्ने भ्रम थियो ममा तर स्वाद आयो, लिन सकियो । सबै कुरा नै यस्तै हो । कुनै अग्लो पहाड वा अप्ठेरो बाटोमा जानै सकिँदैन, गाह्रो काम गर्नै सकिँदैन भनेर पन्छियो भने सकिहाल्यो । कोसिस गरेपछि पो थाहा लाग्छ । हिँड्नुपर्दा गोडालाई केही दुःख भए पनि अनुभव बटुलिन्छ । जीवन भनेकै यात्रा हो जतिसुकै दूर र दुरुहको भए पनि सुरुवात पहिलो पाइतालाबाटै हुन्छ । एउटी कवयित्री के Linda भन्नेको कवितासङ्ग्रह ल्याएको थिएँ, waiting for my life, परीक्षणको लागि, त्यो पढेपछि अहिले The best या the best American poetry 1987-1997 सम्मको र Helen Fielding को Bridget joves diary नामक उपन्यास पनि पुस्तकालयबाट ल्याएको छु । कुरो बहकिएर पुस्तकमा आइसकेछ । सर्न्दर्भ खाली चिठीको सपना देखेको थियो । चिठीमा केही अक्षर थिएनन् तर बुझ्नुपर्ने धेरै कुरा थिए । खाली कागजलाई रित्तै बुझ्नुपर्ने हो भने किन टिकट र खामको खर्च, हुलाकसम्म जाने समयको खर्च गर्नुपथ्र्यो ।

खाली कागजबाट मैले धेरै कुरा बुझ्नुपर्ने भएकैले खाली आएको हो, हुनर्ुपर्छ । आखिर अक्षर पनि आफैंमा कहाँ पर्ूण्ा हुन्छन् । प्र्रत्येक अक्षरले अर्को अक्षरको भर नपरी हुँदैन क्यारे । फेरि अक्षर आफैं बोल्ने पनि त हैन । लेख्नेले जुन आशयले लेखेको छ त्यही आशयले ठ्याक्कै पढ्न सकिँदैन । लेख्ने मान्छेको मनको मनस्थिति, परिस्थिति र समयले जुन भावना, जस्तो भावना जन्माएको हुन्छ त्यही भावना पढ्ने मान्छेको पनि हुनर्ुपर्छ । यो त्यति सजिलो छैन । सेतो कागजको जत्तिको बृहत् अर्थ अरू कागजमा हुँदैन । लेखेपछि त लेखिहाल्यो नि । नलेखुञ्जेलसम्म जे लेखे पनि भयो । जहाँ गरिब, धनी, राम्रो, नराम्रो जस्तो पनि अक्षर लेखिन सकिन्छ । खाली कागजका सम्भावनाहरू असाध्य धेरै हुन्छन् । त्यसै पनि सेतोको अर्थ अपरिमित हुन्छ । कलाकारको हजारौँ अर्थका चित्र भनौ कि हजारौँ अर्थ लाग्ने साहित्यिक रचना पनि सेतै कागजमा लेखिन्छ । सेतो पानी, सेतो हाँस, सेता परेवा, सेतो बादल, सेतो सपना, सेतो चिठी । वास्तवमा जीवन नै सेतो पाना हो, जहाँ जे लेखिन्छ त्यही बन्छ । बालबालिकालाई जस्तो समाजमा जुन जीवनशैलीले हर्ुकायो त्यही नै सिक्छ । संसारमा हजारौँ भाषा र आ-आफ्ना परम्परा छन् । प्रत्येकका सन्तति सोहीअनुरूप हुनुको कारणबाट पनि मानिस स्वयं सेतो पानाजस्तो छ भन्ने प्रस्ट पार्दछ । घण्टी बज्यो टङटङ रातको नौ बजेको । घरअगाडि, बाटोपारि गिर्जाघर छ । त्यहाँ प्रत्येक घण्टामा घण्टाघरले जस्तै समयको जनाउ दिन्छ । टेलिभिजनको अगाडि टेबिलमा बसेर लेखिरहेको छु । डाक्टर ९०२१० भन्ने कार्यक्रम आइरहेको छ । यसमा उमेर ढल्केका, सन्तान जन्माइसकेका आइमाईहरूको बढेको पेट र झोलिएको स्तनको अप्रेसन गरेको देखाइन्छ । पेट घटाउनलाई खसीबोकाको जस्तै गरी पेट चिरेर भित्र भएको बोसो निकालेर सिलाइदिन्छ भने झोलिएको स्तनलाई सीधा हुने गरी ठूलो बनाउन, स्तनभित्र पानी भरिएको प्लास्टिकको गोलो पोका ‘सिलिकन’ हालेर सिलाइदिने गरेको देखाइन्छ । यो अप्रेसन गर्दा स्तनको मुन्टोमा सानो प्याचजस्तो मात्र राखेर लाज छोपिन्छ अरू सबै हृवाङ्गै हुन्छ । भनेपछि विकसित समाजमा आइमाईको स्तनबाट लाज हटिसकेछ । यो कुनै गोप्य कुरो छैन । अलिकति लाज भनेको मुन्टोमा हुँदोरहेछ । त्यही भएर त होला नि विकसित समाजमा आइमाईहरू जतिसक्यो बढी स्तन पर््रदर्शन गरेर आफूलाई आकषिर्त पार्न खोज्छन् । यही अप्रेसन गरेकी एकजना ४९ वषर्ीया महिलाले प्रतिक्रिया दिँदैछिन् । उनी तीनवटा हर्ुर्किसकेका बच्चाकी आमा रहिछन् । उनी भन्दैछिन्- यो अप्रेसन गरेपछि मैले नयाँ जीवन पाएकीे जस्तो भएको छ, म आफ्नो २५ वर्षघिको समयमा फर्किएकी अनुभव भइरहेको छ । मलाई आफ्नो स्तनप्रति गर्व छ ।

यही कारण मेरो श्रीमान्ले पनि मसँग बढी खेल्न थालेको छ । ओहो, कस्तो अचम्म – उमेर पुगेकी बूढीमान्छेको यस्तो कुरा । उनले स्तन बढाएर उमेर घटेको अनुभूति गरे पनि साँच्चैको उमेर घट्ने हैन क्यारे । जति बाँचिन्छ, त्यसको के चिन्ता – गरेर पनि के फाइदा – तर बाचुञ्जेल आनन्दले, रमाइलो गरेर, आफूप्रति सन्तुष्ट भएर बाँच्ने भन्ने अर्थ त हो नि यो । नत्र किन त्यत्रो पैसा खर्च गरीगरी जाबो स्तन घटाइरहनु, त्यो पनि तीन तीनवटीकी आमा भइसकेकी बूढीको । हो, यो पनि एक प्रकारको सपना नै त हो नि । त्यही बूढीले बैँसमा बूढी भइसकेपछि म फेरि तरुनीको जस्तै स्तन बनाएर अरूलाई आकषिर्त पार्छर्ुुन्ने पक्कै सोचेकी थिएन होला । सपना भनेकै यस्तै हो । नसोचिएको कुरा हुने । सोचेको नहुन पनि सक्ने । यो सपनाको कुनै धर्मर्सम हुँदैन, जसलाई जस्तो देखाइदिए पनि हुन्छ । यसको कुनै सीमा पनि छैन । यस्तोसम्म देख्न पाइने, यहाँदेखि देख्न नपाइने भन्ने सीमारेखा नभएकैले गर्दा मोरो सपना कस्तो मात्तिएर आउँछ, कहिले कस्तो लाजमर्दो । विज्ञानले गर्नुसम्म गरेकै छ क्यारे, योसम्मलाई पनि कतै कुनै किसिमले हर्ेर्ने व्यवस्था गरिदिए हुन्थ्यो । राम्रो भएर दोहर्‍याइ तेहर्‍याइ हर्ेर्ने, नराम्रो भए डिलिट गरिदिइहाल्ने । यस्तो हुन सके त सपना पनि प्रमाणित गर्न मिल्थ्यो नि । एक घण्टाजति पछि म फेरि सुत्न जानेँछु तर निदाउन कहाँ सजिलो छ र फेरि । एक हप्ता भयो, बिहान ४ बजे उठ्यो, दिउँसो सुत्यो । अनि राति न्रि्रा लाग्नै गाह्रो । निदाउनलाई धेरैबेरसम्म आफैं आफूसँग खेल्नर्ुपर्छ । नबोलेर, नहिँडेर चुपचापसँग । त्यसपछि सपनाको राजधानीमा अवतरण हुने सम्भावना छ । होस् पनि आज, हिजो देखेकै सपनामा पुग्न सके म सेतो पाना भएको जरुरी पत्र बोकेर दौडेर उनीकहाँ पुग्नेछु र सोध्ने छु अर्थहरू र कारणहरू । रात एक्लो भइसक्यो । शून्यता बाक्लो भइसक्यो । कामना छ आफैंलाई । त्यही सपनाको फेर समातेर । रात बिताउन सकुँ ।

मे २५, २००६, बोस्टोन
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.