Loading

कलेजीमा तस्बीर तिम्रो, मैले राखी आएँ

कलेजीमा तस्बीर तिम्रो, मैले राखी आएँ
जुनी‍-जुनीसंगै बाँच्न, तिम्रै लागि आएँ

मैले पुज्ने देउतालाई, आज फेरी मैले,
फुलपाती चढाएर, तिमी मागी आएँ

हात दियौ समाउन? टाढैबाट तिम्ले
समाउन हात तिम्रो, बाधा नाघी आएँ

अँधेरीमा याद आई, छाती जल्दा पनि
जुनसंग खेल्दै म त, रातभर जागी आएँ

Segments: 
Author: 

Comments