Loading

महँगो बजार भाउको कथा यो

महँगो बजार भाउको कथा यो
भोको पेट नाङ्गो पाउको कथा यो

दौलतको लागि छोरी बेचिदिन्छन्
पापीनी आमा र बाउको कथा यो

के गर्ला माझी असार साउनमा
भूमरीमा पर्ने नाउको कथा यो

ढुङ्गा र माटोलाई किन दुख्छ र
दुख्नेलाई दुख्छ घाउको कथा यो

जहाँ पुगे नि मानिसको जीवन
कालले चुनेको दाउको कथा यो

Segments: 
Author: 

Comments