Loading

उडिरहेका ती भुवाहरू सोच्दा हुन्

उडिरहेका ती भुवाहरू सोच्दा हुन्
भ्यागुताका लागि कुवाहरू सोच्दा हुन्

के पायौँ र छोरो जन्माएर हामीले
हेपिएका आमाबुवाहरू सोच्दा हुन्

ठक्करहरू आइरन्छ जिन्दगीमा
बगरसँगै बालुवाहरू सोच्दा हुन्

कति मारमा परेका छन् किसानहरू
हलोले सोच्दो हो जुवाहरू सोच्दा हुन्

जे जस्तो भए पनि देश त देशै हो
बरालिएका यी युवाहरू सोच्दा हुन्

Segments: 
Author: 

Comments