यौटा युवक पिएर यही बाटो गएको छ

यौटा युवक पिएर यही बाटो गएको छ
यही भट्टीमा जिएर यही बाटो गएको छ
सधैँसधैँ ऊ नगद तिरेर प्यूँने गर्थ्यो
आज उधारो लिएर यही बाटो गएको छ
म पनि यौटा गजलकार हुँ भन्दा भन्दै
शब्दमा पोखिएर यही बाटो गएको छ
मेरो हुलिया कसैलाई नबताउनु भनेर
'बाबु' नाम दिएर यही बाटो गएको छ
Author:
Segments:
Language:
Post date:
03/17/2010 - 07:06