Loading

यसैगरी तिम्रो मेरो जिन्दगानी चल्छ कहाँ ?

यसैगरी तिम्रो मेरो जिन्दगानी चल्छ कहाँ ?
सधैँ भरि तिम्रो मात्रै मनोमानी चल्छ कहाँ ?

छिर्की हानी लडाएर माफी मग्छौ जैले पनि
अन्जानमै भए चल्थ्यो जानाजानी चल्छ कहाँ ?

आज आफैँ सचेत छ सोझो ठान्थ्यौ जसलाई
अब भन तिमीले गर्ने बेइमानी चल्छ कहाँ ?

प्रतिक्रान्ति हुन्छ पक्कै विकास निकास नभएमा
क्रान्ति पछि पनि उही आनाकानी चल्छ कहाँ ?

सुगम ठान्छ आफूलाई बाँच्छ हाम्रै निगाहले
मोफसल बन्द भए राजधानी चल्छ कहाँ ?

Segments: 
Author: 

Comments