नियतिले यति धेरै गर्नु गरेपछि के काम

Author

नियतिले यति धेरै गर्नु गरेपछि के काम
पैले दिनु पर्थ्यो ओत पानी परेपछि के काम

जिन्दगी र मृत्यु बिचको दुरी टाढा भए राम्रो
हिजो भन्दा आज नजिक नजिक सरेपछि के काम

मान्छेलाई पो लाग्ने गर्छ अर्ति अनि उपदेश
मान्छे आज मान्छे भन्दा तल झरेपछि के काम

भोक, शोक खट्नु खटेँ मर्नु भन्दा पहिले भन्थेँ
किन दिन्छौ पिण्ड अब मान्छे मरेपछि के काम

कस्कालागि दिन्छौ शान्ति अब तिम्ले दिने शान्ति?
हर चोक धुरी माथि गिद्ध चरेपछि के काम

Segments