सजिलो छ दवाउन हतियार भएपछि

सजिलो छ दवाउन हतियार भएपछि
पछि लाग्छन् घाम-जून हतियार भएपछि
लङ्काको र ल्हासाको सुन उखानको कुरा न हो
आफ्नै हातमा पर्छ सुन हतियार भएपछि
हात जोडी सधैँ भरी मुखियाको पाउ परी
पर्ने छैन कोही रुन हतियार भएपछि
दुनियाँलाई धम्क्याउँदै तर्साउँदै हिँडे पनि
कसले सक्छ मलाई छुन हतियार भएपछि
गल्ली तिर बसी कतै कुईँकुईँ गर्ने लुते कुकुर
बेरै छैन शेर हुन हतियार भएपछि
बैरी माथि रिस पोख्ने मौका छोपे पनि हुन्छ
हातैमा छ त्यो कानुन हतियार भएपछि ।
Author:
Segments:
Language:
Post date:
03/17/2010 - 06:52