Loading

गजल साहित्यमा पक्कै घनुजीको बोल छ

गजल साहित्यमा पक्कै घनुजीको बोल छ
तर पनि गजलकारमा ज्ञानुजीकै मोल छ

जबजब विकृतिले टाउको उठाउँछ
छट्पटाई छाती हाम्रो मनुजीकै पल्छ

कला अनि सुन्दरताको मीठो सङ्गम पाइने
लनुजीको गजलले कानमा अमृत घोल्छ

बूँद, विजय, वियोगीका गजल कमालका
जसले मनका गाँठोहरू एकै क्षणमा खोल्छ

कविता र निबन्धले जति धक्कु लगाओस्
हिजोआज गजलकारको यौटा ठूलो टोल छ

गजल लेख्ने रहरमा थुप्रै आए पनि
फजल लेखिदिँदा भने साह्रै भद्रगोल छ

दरिएन प्रिया अझै गजलकारको रूपमा
किनभने पत्थरभित्र विषैविष घोल छ

Segments: 

Comments