Loading

नजिस्क संगी नछर्क आगो छ संझना यो पवित्र उन्को

नजिस्क संगी नछर्क आगो छ संझना यो पवित्र उन्को
म लाख बाजी मरे?नि ज्यूँदै रहन्छ माया मभित्र उन्को

नमान शङ्का इमान उन्को विशुद्ध कञ्चन हिमाल जस्तै
न जूनमा झैँ छ दाग मैलो अपूर्व कस्तो चरित्र उन्को

हजार आँधी-तुफान चल्दा, बतास आगो बनेर बल्दा
हरेक बाधा छिचोल्नुपर्दा अभिन्न बन्नेछु मित्र उन्को

सचेतनाका पाहाड अग्लो, विनम्रताका समुन्द्र सिङ्गै
मुसुक्क हाँस्ता सितार बज्ने प्रभाव कस्तो विचित्र उन्को ।

Segments: 
Author: 

Comments