Loading

गर जाँगरै म त 'जीत' हुँ

गर जाँगरै म त 'जीत' हुँ
भर प्रेरणा म त प्रीत हुँ

उन शब्द कोमल भावमा
अनि गाउनू म त गीत हुँ

किन दूर भै पर भाग्दछ्यौ
बस छेउमै मन मीत हुँ

ऋतु सम्झिँदै मधुमासको
गर सम्झना म अतीत हुँ

छर फूलमा छर पातमा
मन माफिकै म त शीत हुँ !

Segments: 
Author: 

Comments