संसार फेर्छुभन्दै लम्क्यो समाज हेर

Author

संसार फेर्छुभन्दै लम्क्यो समाज हेर
बढ्दैछ चेतनाको सिङ्गो जहाज हेर

थोपा भनेर पानी सानो नठान कैल्यै
उर्लेर भेल-बाढी बग्नेछ ताज हेर

ढुङ्गा छरेर भैँमा उम्रिन्न भो अनाज
सानै भए 'नि बीऊ र्छर्दैछु आज हेर

निर्धक्क भै नउड्नू ढुक्कूर औ परेवा
दाऊ अनेक खेल्दै कुर्दैछ बाज हेर

पर्खाल त्यो पुरानो टेको लगाउँदै छौ
जे-जे गरे 'नि तिम्रो ढल्नेछ राज हेर ।

Segments