Loading

साथ-साथ मेरै हुन्थ्यौ सधैँ तिमी

साथ-साथ मेरै हुन्थ्यौ सधैँ तिमी
छुट्टिएर जाँदा रुन्थ्यौ सधैँ तिमी

सात रङ्ग इन्द्रेणीको सजाउँदै
प्रीतिको गलैँचा बुन्थ्यौ सधैँ तिमी

रूप-रङ्ग देखी दङ्गै परेँ भनी
अङ्ग-अङ्ग सारा छुन्थ्यौ सधैँ तिमी !

चन्द्रमा बनाई आफू चकोर भै
अङ्गमालभित्रै थुन्थ्यौ सधैँ तिमी

'दोष-दाग मैलो तिम्रो मुहारको
मेटिदिन्छु', भन्दै धुन्थ्यौ सधैँ तिमी

आज जिन्दगीको के 'जीत', हार के?
दु:ख-पीर मेरो सुन्थ्यौ सधैँ तिमी

Author: 
Segments: 

Comments