नारायण श्रेष्ठको ‘साक्षी'
ललितपुर, जेठ २/ बीबीसी साझा सवालका पत्रकार नारायण श्रेष्ठ कवितासंग्रह ‘साक्षी' लिएर आएका छन्। पहिलो पुस्तक निस्केको सात वर्षपछि उनको दोस्रो पुस्तक आइतबार ललितपुरको मोक्ष क्याफेमा सार्वजनिक भयो। ‘देशको पछिल्लो राजनीतिक र सामाजिक उथलपुथलको ममात्र होइन करोडौं साक्षी बने,' नारायणले भने, ‘त्यही भोगाइ छन् कविता संग्रहमा।'