News

Nepali Literature News नेपाली साहित्य खबर

No votes yet

काठमाडौं, २ असार । नेपाली गीतकारहरूका हक अधिकार स्थापना गर्ने उद्देश्यले गीतकार संघ नेपाल गठन भएको छ । तत्कालका लागि डा. कृष्णहरि बराल अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ ।

Segments: 
No votes yet

काठमाडौँ, २८ जेठ । कवि श्रवण मुकारुङको बहुप्रतिक्षित कविताकृति 'बिसे नगर्चीको बयान' पाठकमाझ आएको छ । २०६२-६३ को जनआन्दोलनको क्रममा चर्चाको चुलीमा छाउन सफल कवितालाई शीर्ष कविताको रूपमा कृतिकै नाममा राखिएको कृतिलाई एक अनौपचारिक कार्यक्रमका बीच सार्वजनिक गरियो । कृतिमा कविका यसअघि प्रकाशित दुई कवितासङग्रह देश खोज्दै जाँदा (२०४९) जीवनको लय (२०६१) बाट पनि केही छानिएका रचनाहरू समेटिएका छन् ।

Segments: 
No votes yet

काठमाडौं, २४ जेठ । नेपाली गद्यकविताका आधुनिक शिल्पी कवि उपेन्द्र श्रेष्ठको ७६ वर्षको उमेरमा सोमबार दिउँसो निधन भएको छ । केही समययता दम र पिसाबको रोगले ग्रस्त श्रेष्ठका निम्तो (२०१७), उपेन्द्र श्रेष्ठका कविता (साझा प्रकाशन, २०३९) र दासले मसँग मुक्ति मागेको (नेपाल प्रज्ञा प्रतिष्ठान, २०६१) लगायत कविताकृति प्रकाशन भएका छन् ।

मकवानपुरको चिसापानीगढीमा जन्मिएका श्रेष्ठ चितवनको नारायणगढ हुँदै पछिल्लो समय काठमाडौँको ताहाचल बस्दैआएका थिए । श्रेष्‍ठका कवितामा मुख्य गरी अस्तित्वको खोजी र देशप्रेमको भावना पाइन्छ ।

Segments: 
No votes yet

काठमाडौँ, २१ जेठ । युवा गायक दिनेश गौतमको गीति एलबम पैसा बजारमा आएको छ । चार वटा आधुनिक गीत रहेको एलबममा अन्य चार गजल पनि समावेश छन् । एक गीतबाहेक सबै गीत-गजलमा गायक आफैँले सङ्गीत दिएका छन् ।

Segments: 
No votes yet
काठमाडौँ, १३ जेठ । 'बद्री ओझाका कविता र गीतहरू' पुस्तकको राजधानीमा आयोजित एक कार्यक्रममा विमोचन तथा अन्तर्क्रिया गरियो । अनाममण्डली सिर्जना यात्राले प्रकाशन गरेको कृतिमाथि हेमनाथ पौडेल, कृष्‍ण धराबासी र देवी नेपाल लगायतले टिप्पणी गरे । कवि ओझाले पनि आफ्नो सिर्जनायात्रा र विमोचित कृतिबारे मन्तव्य राखेका थिए ।
 
कवि ओझाको यसअघि श्रीमद्‌भगवद्‌ गीताको लोकलय झ्याउरेमा अनूदित पुस्तक बद्रीगीता लोकलहरी प्रकाशनमा आ
Segments: 
No votes yet

काठमाडौँ ७ जेठ । युवा गजलकार राबतको गजल सङ्ग्रह 'यस्तो बेलामा' बजारमा आएको छ । राजधानीमा हालै एक कार्यक्रमका बीच कृतिको विमोचन गरियो । गजलकार ज्ञानुवाकर पौडेल, वियोगी बुढाथोकी, सङ्गीतकार लक्ष्मण शेष लगायतले कृतिको संयुक्त रूपमा विंमोचन गरे ।

नेपाल मेडिकल कलेज साहित्य परिवारले प्रकाशन गरेको कृतिमा ५१ वटा गजलहरू सङ्गृहित छन् । विमोचन समारोहमा साहित्य परिवारका अध्यक्ष तथा गजलकार निरज भट्टराई, बाबु
त्रिपाठी, डा. टीकाराम भण्डारी, मनोज न्यौपाने लगायतले कृति र कृतिकारका बारेमा टिप्पणी व्यक्त गरे ।

Segments: 
No votes yet

बैशाख १४ काठमाडौँ -

Segments: 
Your rating: None Average: 5 (2 votes)

काठमाडौँ, ९ बैशाख । सरकारले सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्‍ठानको कुलपतिमा वरिष्‍ठ सङ्गीतकर्मी अम्बर गुरुङलाई नियुक्त गरेको छ । गुरुङ राष्‍ट्रिय गानका धुन रचयिता पनि हुन् । यसै गरी नवगठित प्रतिष्ठानको उपकुलपतिमा प्रचण्ड मल्ल, सदस्य-सचिवमा तीर्थ श्रेष्ठ र सदस्यहरुमा मिथिला शर्मा, यज्ञराज उपाध्याय, रामकृष्ण दुवाल, तीर्थ थापा, रमेश रञ्जन झा र कविता आले रहेका छन् ।
प्रधानमन्त्री माधवकुमार नेपालले प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ अनुरुप नौ सदस्यीय परिषद् र २४ सदस्यीय सभा मनोनयन गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

Segments: 
No votes yet

काठमाडौँ, ६ बैशाख । वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानले २०६७ सालको वसुन्धराश्री पुरस्कार र मानश्री पुरस्कारको घोषणा गरेको छ । वसुन्धरा पुरस्कार वैरागी काइँलालाई दिने निर्णय गरेको छ । नयाँ शैलीशिल्पको कविता सिर्जनाबाट नेपाली साहित्यलाई विशिष्ट स्थानमा पुर् याएबापत काइँलालाई पुरस्कृत गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको छ ।

Segments: 
No votes yet

पत्रकार नारायण वाग्लेको दोस्रो उपन्यास मयूर टाइम्स शनिबार सार्वजनिक भएको छ। पुस्तक सार्वजनिक कार्यक्रममा लेखक वाग्लेले मयूर टाइम्समा समकालीन द्वन्द्वको परिवेश रहेको र मोफसलमा बसेर काम गर्ने पत्रकारको कथा आफ्नो छनोटमा परेको बताए ।  'देशको उथलपुथलमय राजनीतिक समयमा काठमाडौंबाहिरबाट संघर्षपूर्ण पत्रकारिता गरिरहेका सहधर्मीहरुको साहस र समर्पणको सम्मान गर्न मैले यही कथा रोजेँ', उपन्यास सार्वजनिक समारोहमा उनले भने ।  पुस्तकको माग सुरुमै अत्यन्त बढी भइरहेको र अग्रिम बुकिङ भइसकेको अवस्थामा पहिलो संस्करणमै १० हजार प्रति छापेको  प्रकाशक संस्था नेपालयले जनाएको छ ।  

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.