News

Nepali Literature News नेपाली साहित्य खबर

Your rating: None Average: 1 (1 vote)

- जितेन्द्र सहयोगी

Segments: 
No votes yet

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा कमलादी काठमाडौँमा २०६७ पुस २६, २७ र २८ गते आयोजित
नेपाली भाषा सङ्गोष्ठी, २०६७ का निर्णयहरू

Segments: 
No votes yet

बुधबार, २०६७ माघ ५ /

Segments: 
No votes yet

- उत्तम भट्टराई/काठमाडौं नेपाली निबन्ध–नियात्रा र युवराज नयाँघरे पर्यायबाची नाम बन्न पुगेका छन् । नयाँघरेका हालसम्म ८ वटा निबन्ध – नियात्राका कृति आइसकेका छन् । उनको पछिल्लो कृति हो – घामको चुम्बन । घामको चुम्बनमा २३ वटा नियात्राहरु रहेका छन् । रत्न पुस्तक भण्डारले बजारमा ल्याएको उक्त संग्रहमा सुदुर पूर्व इलामको जोगमाईदेखि सुदुर पश्चिम महाकाली नदी पुग्दासम्मका अत्यन्त रसिला, मीठा र स्वादिला नियात्राहरु रहेका छन् । सरल शैली, गाउँलृ जीवनको यथार्थ बर्णन एवम् पहाल– मधेसका दृश्यचित्रलाई आकर्षक पारामा तस्बीरझैं खिचिएको छ नियात्रामा ।असाध्यै मीठो शैलीमा नियात्रा लेख्ने नयाँघरेको कला र प्रस्तुति यस

Segments: 
No votes yet

काठमाडौं, २२ असार । विराटनगरका उमेश राई अकिञ्चन अमेरिकाको बोस्टनमा आयोजित अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव २०१० मा प्रथम भएका छन् । नेपाली साहित्य प्रतिष्ठान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनामा भएको महोत्सवमा उमेशको 'मोनालिसा र मार्च ८' शीर्षक कविताले सर्वोत्कृष्ट स्थान हासिल गरेको हो । हेम सरिता पाठक भानुभक्त पुरस्कार नाम दिइएको उक्त पुरस्कारको राशि एक हजार अमेरिकी डलर रहेको छ ।

यसैगरी प्रतियोगितात्मक महोत्सवमा तीन सय डलर राशिको दोस्रो पुरस्कार सोमनाथ सुवेदीले प्राप्त गरे भने दुई सय डलर रहेको तेस्रो पुरस्कार रमा अधिकारीले हात पारिन् ।

Segments: 
No votes yet

काठमाडौँ, २१ असार । साझा प्रकाशनले २०६५ र २०६६ सालको साझा पुरस्कारको घोषणा गरेको छ । २०६५ को पुरस्कार प्रेतकल्प उपन्यासका लागि नारायण ढकाललाई र २०६६ को पुरस्कारबाट संक्रमणकालको साहित्य र समकालीनता कृतिका लागि पुरुषोत्तम सुवेदीलाई सम्मान गरिने भएको छ । साझाले हरेक वर्ष आफ्नो प्रकाशनबाट छापिनॆ कृतिहरुमध्येबाट सर्वोत्कृष्ट ठहरिएकोलाई यो पुरस्कार दिँदै आएको छ । पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ ।

Segments: 
No votes yet

२०६७ सालको आदिकवि भानुभक्त पुरस्कार साहित्यकार राजेश्वर देवकोटाले पाउने भएका छन् । हरेक वर्ष दिइँदै आएको पुरस्कार यस वर्ष देवकोटालाई अर्पण गर्ने निर्णय गरिएको नेपाल शिक्षा परिषदद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी परिषदले यस वर्षको गोपाल पाँडे असीम पुरस्कार डा माधवप्रसाद पोखरेललाई दिने निर्णय गरेको छ ।

Segments: 
No votes yet

काठमाडौँ, १७ असार । निबन्धकार तथा समालोचक कृष्णचन्द्रसिंह प्रधानको ८५ वर्षको उमेरमा बिहीबार साँझ राजधानीमा निधन भएको छ । ताहाचलस्थित आफ्नो निवासमा बसिरहेको बेला सामान्य बान्ता गरेपछि त्रिपुरेश्वरस्थित काठमाडौं नर्सिङहोम लैजाँदै गर्दा बाटैमा उनको निधन भएको हो । 'कवि व्यथित र काव्य साधना' समालोचनात्मक कृतिका लागि १०१५ मा मदन पुरस्कार पाएका प्रधानलाई शङ्कर लामिछानेपछिका प्रभावशाली निबन्धकार मानिन्छ ।

Segments: 
No votes yet

काठमाडौँ, ११ असार । डा. लक्ष्मणप्रसाद गौतमको समालोचनात्मक ग्रन्थ 'समकालीन नेपाली कविताका प्रवृत्ति' बजारमा आएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कृति सार्वजनिकीकरण समारोहमा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले कृति विमोचन गरे । समारोहमा मोहनराज शर्मा, डा. ज्ञानू पाण्डे, डा. खगेन्द्रप्रसाद लुइँटेल, डा. गोविन्दराज भट्टराई, डा. तुलसी भट्टराई लगायतले कृतिको विश्लेषणका साथै कृति र कृतिकारप्रति शुभ कामना अर्पण गरेका थिए ।

Segments: 
Your rating: None Average: 4.2 (5 votes)

काठमाडौँ, ९ असार । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको २०६७ सालको राष्ट्रिय कविता महोत्सवमा झापाकी लीला अनमोलले प्रथम स्थान हासिल गरेकी छिन् । ३८ प्रतिष्पर्धीहरूको कवितालाई उछिन्दै उनको 'दुर्घटित विश्वास' शीर्षकको कविता सर्वोत्कृष्ट घोषित भएको हो । महोत्सवमा दुई सय ५१ कविताबाट छानिएका ३८ कविता प्रतियोगिताको दौडमा सहभागी थिए । बुधबार प्रतिष्ठानको ५३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित वाचन कार्यक्रममा प्रतियोगी कविहरूले आफ्नै आवाजमा ती कविता सुनाएका थिए ।

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.