नेपाली साहित्यमा आदिकविको स्थान/ डिल्लीराम मिश्र

नेपाली साहित्यको एक सुन्दर युग माध्यमिक कालीन परिस्थितिमा सामाजिक स्वरुपमा केही हदसम्म विचलन रहेको भए पनि कवि भानुभक्त आचार्यले रामायणको भावानुवाद देश, काल र परिस्थिति सुहाउँदो गरेका थिए ।

नेपाली साहित्यका राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्य भाषा साहित्य वाङ्मयकै र्सवश्रेष्ठ पुरुष हुन्। नेपाली भाषा साहित्यको क्षेत्रमा भीष्मपितामह भैसकेका भानुभक्त आचार्यले आŠनो समयमा पुर्याएको योगदान र उनलाई प्रदान गरिएको आदिकविको उपाधिका बारेमा अहिले वादविवाद गर्नुको कुनै अर्थ र औचित्य रहँदैन। नेपाली साहित्यमा भानुभक्तको मूल्यांकन समयसापेक्ष भएर गर्नुपर्दछ परन्तु समयनिरपेक्ष भएर हैन।

युगले मानेको, समयले पचाएको र जनज्रि्रोले स्वाद लिएको आदिकविको उपाधिलाई बहसको विषय बनाउनु अब आएर के सम्भव छ - नेपाली साहित्यका बेजोड प्रतिभाशाली कवि मोरीराम भट्टले अत्यन्तै श्रद्धा गर्दै भानुभक्तलाई आदिकविको उपाधि दिएर निकै प्रसिद्धी पनि पाए। अहिले भानुभक्त आमनेपालीका निमित्त जातीय एकताका प्रतीक भैसकेका छन्। भानुभक्त पुराना योग्य कवि हुन् भने नेपाली समाजमा भानुभक्तीय रामायणले ऐतिहासिक महत्त्व राखेको छ। भानुभक्तद्वारा सिर्जना गरिएका विभिन्न कविताहरू यसका अतिरिक्त थप प्रमाण हुन् भने महाकवि लक्ष्मीप्रसाद देवकोटाले समेत भानुभक्त आचार्यलाई नेपाली साहित्यका र्सवश्रेष्ठ पुरुष भनेर सम्बोधन गरेका छन्।

र्सवप्रथम नेपाली साहित्यका अन्वेषक राष्ट्रिय विभूति युवककवि मोतीराम भट्टले नेपाली साहित्यिक फाँटको पहिलो जीवनीपरक समालोचनात्मक कृति कवि ँभानुभक्तको जीवनचरित्र’ १९४८ साल भदौमा काशीबाट र्सार्वजनिक गरेका हुन्। त्यसपछि नेपाली भाषा साहित्यको क्षेत्रमा कवि भानुभक्त आचार्यको कवित्व, कृतित्व र व्यक्तित्वको बारेमा चिन्तन-मनन, अध्ययन-अनुसन्धान, चर्चा-परिचर्चा, वाद-विवाद, बहस-अन्तरबहस र टीका-टिप्पणीहरू आ-आŠनै अध्ययन, शैली, क्षमता र अनुभवहरूको माध्यमद्वारा हुन थाले। यो क्रम भानुभक्तको जीवनी र्सार्वजनिक भएको १ सय २० वर्षबितिसक्दा पनि तथ्यपरक उठानको भ्रम निरुपण हुन सकिरहेको छैन।

यस अवस्थामा मोतीराम भट्टले आŠना अग्रज कवि भानुभक्तप्रति गरेको सम्मानलाई भने कदापि बिर्सन सकिन्न। नेपाली साहित्यमा पहिलो जीवनीपरक पुस्तक ँकवि भानुभक्तको जीवनचरित्र’ भानुभक्त जन्मेको ७८ वर्षर निधन भएको २४ वर्षछि र्सार्वजनिक भएको हो। यो पुस्तक मोतीराम भट्टले २५ वर्षो उमेरमा प्रकाशनमा ल्याएका हुन्। तत्कालीन अत्यन्त विकट परिवेश र परिस्थितिमा पनि मोतीराम भट्टद्वारा लिखित जीवनीमा भानुभक्त आचार्य र तनहुँको सर्न्दर्भलाई लिएर केही पत्याउनै नसकिने विषय तथ्यहरूलाई पनि जोडिदिएका छन्- जस्तै, भानुभक्त र घाँसी, घाँसीकुवा, घाँस बिक्री प्रसंग र इनारका कुराहरूका साथै आŠना केही कविताहरूलाई पनि मोतीराम भट्टले भानुभक्तको नाउँमा छपाएका हुन् भन्ने तथ्य पनि भाषा साहित्यका अध्येताहरूबाट समय-समयमा चर्चापरिचर्चा हुँदै नआएको हैन। भानुभक्तको जीवनीमा आधारित पुस्तक प्रकाशित भएपछि भानुभक्तलाई कविता लेख्ने प्रेरणा एउटा घाँसीबाट प्राप्त भएको तथ्य उल्लेख गरिएको छ, र घाँसीकुवाको बारेमा तत्काल पनि चर्चा गरिएको पाइन्छ, तर यहाँ उठान गर्न खोजिएको विषयवस्तु नेपाली साहित्यमा कवि भानुभक्त आचार्यलाई दिएको आदिकविको उपाधिका बारेमा चर्चा गर्नु इतिहास आफैमा एक तथ्यपूर्ण् अभिलेखकला हैन।

इतिहास सत्यतथ्यको आधारमा समय-समयमा संशोधन हुने गरेको छ। एक कालखण्डमा सत्य मानिएको घटनातथ्य अध्ययनका क्रममा अर्को कालखण्डमा गलत पनि प्रमाणित हुन सक्छ, तर नेपाली साहित्यका आदिमपुरुष कवि भानुभक्त आचार्यलाई प्रदान गरिएको आदिकविको उपाधिका बारेमा भने यस धरातलीय पृष्ठभूमिमा राखेर एकपक्षीय रुपमा मूल्यांकन गर्न खोज्नु अब समय धेरै बितिसकेको छ।

आदिकविकै उपाधिलाई लिएर २०६० सालमा भानुभक्तको १९०औं जन्मयजन्तीको अवसर पारेर इतिहासकार ज्ञानमणि नेपालले ँनेपाली साहित्यमा आदिकविको समस्या’ नामक पुस्तक लेखेर र्सार्वजनिक गरेका
थिए। पुस्तक प्रकाशित भएपछि यसले बौद्धिक जनमानसमा जसभन्दा अपजस नै बढी प्राप्त गर्यो भने निरुपण बन्दै गएको आदिकविको उपाधिलाई चर्चामा ल्याउने र वादविवाद सिर्जना गर्ने काम ज्ञानमणि नेपालले गरेका छन्।

समयको गति कहाँबाट कहाँ पुगिसक्यो, तर ज्ञानमणि नेपालले भने भानुभक्त आचार्यलाई आदिकवि मान्ने वा नमान्ने भन्ने विवादको विषय सिर्जना गर्न समय खर्चेका छन्। नेपाली साहित्यमा पचिसकेको आदिकविको उपाधि खोसेर अर्कोलाई दिनुले साहित्यमा के प्रभाव पार्न सक्छ - प्रश्न आफैमा अर्थहीन छ। आलोचक ज्ञानमणि नेपालले भानुभक्त आचार्यभन्दा पहिले काव्य लेख्ने रघुनाथ भट्टलाई आदिकविको उपाधि दिनर्ुपर्छ भनेर तर्क प्रस्तुत गरेका छन्, तर उनको तर्कमा अलिकति पनि दम छैन।

हुन त नेपाली साहित्यका समालोचक हस्तीहरू रामकृष्ण शर्मा, डा. तारानाथ शर्मा र कृष्णचन्द्रसिंह प्रधानले एकै शब्दमा भानुभक्तलाई आदिकवि स्वीकार नगरे पनि यदि भानुभक्तलाई आदिकवि नमान्ने हो भने कसलाई भन्ने त भनी प्रधानले प्रश्न गरेका छन्। यहाँनेर एउटा तथ्य के साँचो हो भने नेपाली साहित्यमा कस्लाई आदिकविको उपाधि दिने भनेर देशका बौद्धिक जनमानस र सचेत पाठकवर्ग सामु जनमत गर्ने हो भने पनि झन्डै ८० प्रतिशत मत भानुभक्तको पक्षमा जाने निश्चित छ।

नेपाली साहित्यको एक सुन्दर युग माध्यमिक कालीन परिस्थितिमा सामाजिक स्वरुपमा केही हदसम्म विचलन रहेको भए पनि कवि भानुभक्त आचार्यले रामायणको भावानुवाद देश, काल र परिस्थिति सुहाउँदो गरेका थिए। किनभने कुनै पनि स्रष्टालाई देश, काल र परिस्थितिको पीडाजन्य प्रतिकूलताबाट पृथक रहेर अभिव्यक्ति दिन सहज थिएन। कवि भानुभक्त आचार्य पनि यसका अपवाद थिएनन्।

त्यसैले पनि कवि भानुभक्त नेपाली साहित्यका आदिकवि हुन् यसलाई यसरी पनि व्याख्या गर्न सकिन्छ- संस्कृत साहित्यमा आदिकवि वाल्मीकिको जुन स्थान छ, हिन्दी साहित्यमा सन्त तुलसीदासको गौरवगाथा भएजस्तै नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको त्यही स्थान छ। यही तथ्यलाई आत्मसात् गर्दै माध्यमिक कालमा एक प्रतिभासम्पन्न कवि मोतीराम भट्टले कविताको मर्म जानी भाषाबद्ध कविमा भानुभक्त आचार्य नै हुन् भनी आदिकविको उपाधि दिएथे। यस धरातलीय प्रारुपमा धेरै विभेद र बहस हुँदै आएको भए पनि एउटा योग्य कविले अर्को योग्य कविलाई आदिकविको उपाधि प्रदान गरेका हुन्। आमनेपाली जनमानस र जनज्रि्रोमा आदिकविको उपाधि पचिसकेको सहज परिस्थितिमा भानुभक्तलाई आदिकवि नमान्ने हो भने प्रश्न उठ्छ कसलाई मान्ने त भन्ने । अर्थहीन विवाद र बहस सिर्जना गर्नु पनि रचनात्मक उपलब्धि हैन।

र्सवप्रथम भानुभक्त आचार्यले नेपाली भाषामा पर्ूण्ा महाकाव्य रामायणको सुन्दर मौलिक अनुवाद गरेर भाषाको माध्यमद्वारा समाजमा युगीन परिवर्तन ल्याए। भानुभक्तको रामायणलगायतका प्रभावकारिता र र्सवप्रिय रचनाहरूले नेपालीहरूको मन सहजै छुन पुगेको छ। आदिकविकै बारेमा प्रसंग उठाउँदा पनि आदिशब्दले पहिलो, आदिपुरुष र आदिमानवलाई आत्मसात् गर्दछ भने कवि भन्नाले सबैभन्दा पहिलो प्रभावशाली कृति सिर्जनाद्वारा काव्यपरम्परा थाल्ने कविलाई बुझाउँछ। भानुभक्तका समकालीन र पर्ूववर्ती कविहरूका रचनामा यथार्थपरक चित्रण, भाषा अभिव्यक्ति र शैली प्रतिपादनमा उल्लेखनीय स्वकीयता र मौलिकताको अभाव थियो, जसलाई भानुभक्तले समेटेका छन्। यिनै अभावहरूलाई समेट्दै नेपाली साहित्यलाई पठनीय, स्तरीय र अध्ययन-अनुसन्धान पक्षलाई विस्तृत, विकसित र प्रभावकारी बनाउने सौभाग्य र यसको चरम सफलताको श्रेय भानुभक्तलाई मिलेको छ। सर्वोत्तम सिर्जनाको निमित्त समय र स्रष्टा दुवैको संयोग आवश्यकता पर्दछ तर भानुभक्तको मिलेको छ। सर्वोत्तम सिर्जनाको निमित्त समय र स्रष्टा दुवैको संयोग आवश्यकता पर्दछ तर भानुभक्तको समयताका त्यो सहजता सम्भव भएन।

साहित्यिक श्रेष्ठताको मूल्यांकन जनतामा परेको अनन्त प्रभाव र र्सवकालीन हृदयस्पर्शितामा निर्भर रहन्छ। भानुभक्तको दार्शनिक अध्ययन, तिखारिएको कलम र महान् प्रतिभाले नेपाली भाषा र साहित्य यति धेरै मौलाउन सकेको हो। सगुण स्वरुप श्रीरामचन्द्रको पवित्र चरित्र व्याख्या भएको अध्यात्म रामायणलाई सरल नेपाली भाषामा श्लोकबद्ध गरी नेपालीहरूका घरघर, झुपडी-झुपडीहरूमा रामचरित्रको धार्मिक सन्देश गायनको रुपमा भानुभक्तले पुर्याए। त्यसैले भानुभक्तीय रामायण नेपाली जनमानसको एकल भूगोल हो। भानुभक्तीय रामायण लेख्नुपूव मातृभाषामा कुनै त्यस्तो प्रख्यात ग्रन्थको रचना भएको थिएन। सोह्रौं शताब्दीमा भारतमा कविकुलशशि सन्त तुलसीदासले रामचरितामानसको रचना गरेर जुन पुण्यकार्यको प्रसारप्रसार गरे त्यही कार्य भानुभक्तले नेपाली भाषा साहित्यको क्षेत्रमा गरे। तथापि यस अर्थमा पनि आदिकवि भानुभक्त आचार्यलाई नेपालका सन्त तुलसीदास भनिएको हो।

तर्सथ, भानुभक्त आचार्यका सरल, सरस र मधुमय नेपाली काव्यवाणीले चिरकालदेखि नै मानव सभ्यता र संस्कृतिको क्षेत्रमा सिर्जन र सिंचन गर्दै आएको सहज पृष्ठभूमिमा नेपाली साहित्यमा आदिकविको समस्या देखाएर हुँदै नभएको विवाद र बहस सिर्जना गर्न खोज्नु अन्धोले हात्तीछामे जस्तै हो। कविको विभाजन गर्दा पनि कवि मोतीराम भट्टले भानुभक्तलाई सहज कवि भनेका छन् भने कतै कवि कुलमुकुटमाणिक्य त कतै कविचक्रचूडामणि भनेर सम्बोधन गरिएको छ। रामभक्तिधारा परम्पराका कविमा पाइने युगबोध नै नेपाली काव्यजगत्मा भानुभक्तको अस्तित्व हो। आŠनो साँघुरो कालखण्डमा भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यलाई जुन उच्चकोटिमा पुर्याए त्यति काम उनका समकालीन र पर्ूववर्ती कविहरूले कदापि गर्न सकेनन् । यसरी आŠना समकालीन र पर्ूववर्ती कविहरूका काव्यकृतिहरूलाई उछिनेर विस्तृत, विकसित र प्रभावकारी बनाउने सम्पर्ूण्ा अभिभारा नेपाली साहित्यमा भानुभक्तलाई मिलेको छ। यस अर्थमा कवि भानुभक्त आचार्यलाई आदिकविको उपाधि सम्मान दिनुको शाश्वत पक्ष पनि यही नै हो।

नेपाली जनमानसमा स्थापित भैसकेको एउटा दरिलो स्तम्भलाई निर्रथक विवादमा ल्याउनुको कुनै पनि अर्थमा औचित्य रहँदैन भने ज्ञानमणि नेपालले नेपाली साहित्यमा ँआदिकविको समस्या’ भन्ने पुस्तक लेखेर बहादुर कार्य गरंे भनेर सोच्नु आञ्चालिक पीडाबोधभन्दा अरु केही पनि होइन। त्यसकारण नेपाली भाषा साहित्य जीवन्त रहेसम्म आदिकवि भानुभक्त आचार्यलाई यस शृृङ्खलाबाट कसैले चाहेर पनि नचाहेर पनि विस्थापित गर्न सम्भव छैन।

[First published in Nepal Samcharpatra]

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom