Loading

कोलोराडोमा कविगोष्ठी

आचार्य प्रभा/ डेन्भर 
जुलाइ ३१/ अ. ने. सा. स. कोलोराडो च्यापटरद्वारा संचालित मासिक कविगोष्ठी कार्यक्रम यो पटक साहित्यकार शैलेन्द्र साकार र वहाँका सुपुत्र अनुरक्त श्रेष्ठको आतिथ्यमा उहाँहरूकै निवास फोर्थ कोलिनमा सम्पन्न भयो । उक्त कविगोष्ठीमा सदा झैं साहित्यनुरागिहरूको बाक्लो उपस्थिति थियो ।USAma nepali kavi gosthi
आ-आफ्ना रचनाहरू बाचन गर्नेहरूमा मनु ब्राजाकी, शैलेन्द्र साकार, ज्ञानेन्द्र गदाल, भुपेन्द्र महत, निर्मल प्याकुरेल, कपिल सुबेदी, पदम विश्वकर्मा, केशब आचार्य, आचार्य प्रभा, नुरेश्वर अधिकारी, भगवती लामिछाने, अनुरक्त श्रेष्ठ हुनुहुन्थ्यो । आगन्तुक कवितामा चन्द्रकला नेवारको कविता कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वकर्माले वाचन गर्नुभएको थियो । अनुरक्त श्रेष्ठको गायनले कार्यक्रममा आकर्षण थपेको थियो ।

Segments: 

Comments