Loading

नेपाली नेपालको माया छ कि छैन ?/ गोपाल योञ्जन

नेपाली नेपालको माया छ कि छैन ?
धेरै खेल्यौ नेपालको तिमी छाती माझ
तिम्रो छातीमाथि पनि नेपाल छ कि छैन ?

हाम्रा पुर्खा सतलजदेखि टिस्टासम्म हाँक्ने
हामी किन बाँच्नलाई अरुको मुख ताक्ने
पानी बिनै बाँच्न सक्ने हाम्रा बैनी आमा
आज छोरी लाज नबेच् एक घुँट मदिरामा

नेपाली नेपालको माया छ कि छैन ?
त्यही पुर्खाको दुईचार थोपा रगत छ कि छैन ?
काँधमा हिमाल बोकी उठ्ने ताकत् छ कि छैन ?

सारा नेपाल नेपालीलाई छाँया दिन सक्ने
पृथ्वीको जत्रो तिम्रो छाती छ कि छैन ?
देशको निम्ति मात्रै लड्ने खुँडा र खुकुरी
खिया पर्‍यो उचाल्न सक्ने हात छ कि छैन ?

नेपाली नेपालको माया छ कि छैन ?
शुक्र, धर्म, दशरथ चन्द, गङ्गालालको जस्तो
हाँस्दै बली चढ्न सक्ने शिर छ कि छैन ?
नेपाली नेपालको माया छ कि छैन ?



Author: 
Segments: 

Comments