Loading

कता जाँदैछ आधुनिक गीत / कालीप्रसाद रिजाल

Nepali Singersमैले थाहा पाएसम्म सात साल पहिले नेपालका शहरी क्षेत्रमा हिन्दी गीतको बोलवाला थियो धार्मिक समारोहमा पनि हिन्दी भजन गाउने चलन थियो स्कूलको प्राङ्गणमा हिन्दी प्रार्थना गरेर मैले एसएलसी पास गरेको हुँ धरानमा पहाडबाट र्झर्ने ढाक्रेहरूले लोकगीत गाउँथे मास्टर मित्रसेनका केही गीत मैले त्यतिबेलै सुनेको थिएँ तर त्यस्ता गीतलाई सम्भ्रान्त शहरियाहरूले हल्का रूपमा लिने गर्थे सात सालमा प्रजातन्त्र रेडियोबाट रानुदेवीका गीत सुन्न पाइयो सेतुराम, मेल्वादेवी, उस्ताद साहिँला, मिस प्रभाका गीत धेरैपछि काठमाडौँमा सुनेको हुँ धर्मराज थापाले ठाउँठाउँमा गाएर लोकगीतको लहर ल्याएपछि नै शहरिया समाजमा लोकशैलीका गीतले प्रतिष्ठा पाउन थालेका हुन्

यो पृष्ठभूमिमा नेपाली आधुनिक गीत सिर्जना गरेर त्यसलाई स्थापित गराउने काम चानचुने थिएन यसका लागि मा. रत्नदास, नातिकाजी, पन्नाकाजी, उही गोविन्दबहादुर, हरिप्रसाद रिमाल, किशोरीदेवी, कोइलीदेवी, जनार्दन सम, भैरवबहादुर, ज्ञानबहादुर जस्ता अग्रजहरूलाई सलाम गर्नुपर्छ उनीहरूले आधुनिक नेपाली गीतलाई मौलिक स्वरुपका साथ स्थापित गराइदिए आधुनिक गीतलाई गहिराइ उचाइ दिने काममा दार्जीलिङका अम्बर गुरुङ, शरण प्रधान, अरुणा लामा, शान्ति ठटाल, ग्याल्मो बराइली बहिनीहरूले आफ्नै ढङ्गले योगदान गरे यता बच्चुकैलाश, पुष्प नेपाली, कुमार बस्नेत, फत्तेमान, गङ्गा राणा, नारायणगोपाल, प्रेमध्वज प्रधान, गोपाल योञ्जन, भक्तराज आचार्य, प्रेमप्रकाश मल्ल, तारादेवी आदि गायक/गायिकाहरूले आधुनिक गीतलाई लोकप्रियताको शिखरमा पुर्याइदिए लेकाली समूह जस्ता अभियानले आधुनिक गीतमा माटोको सुवास भरे शब्दशिल्पीहरूले राम्रा-राम्रा गीत नकथिदिएको भए आधुनिक गीत यो उचाइमा पुग्ने थिएन यस प्रसङ्गमा गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, माधव घिमिरे, नीरविक्रम प्यासी, तारिणीप्रसाद कोइराला, श्यामदास वैष्णव, माधव खनाल, अगमसिंह गिरी, राममान तृषित, केशवराज पिँडाली, लक्ष्मण लोहनीहरूलाई बिर्सन सकिन्न यसपछि भूपी शेरचन, भीमदर्शन रोक्कार्,र् इश्वरवल्लभ, किरण खरेल, चेतन कार्की, रत्नशमशेर थापा, नगेन्द्र थापा, भीम विराग, भैरवनाथ रिमाल, क्षेत्रप्रताप अधिकारी, कञ्चन पुडासैनी, दिनेश अधिकारी, विश्वम्भर प्याकुरेल, रमण घिमिरे, राजेन्द्र थापा, बुद्धवीर लामा, आनन्द अधिकारी जस्ता गीतकारले आधुनिक गीतको श्रीवृद्धिमा विशिष्ट योगदान गरे, अझै गरिरहेका छन् यसरी धेरै-धेरै र्सजकहरूको तपस्या साधनाकै कारण नेपाली गीत यहाँसम्म आइपुगेको हो

फर्केर हर्ेदा तीसको दशकपछि नेपाली गीतले आधुनिकताको नयाँ चरणमा प्रवेश गरेको देखिन्छ नयाँ डिजिटल प्रणाली, अत्याधुनिक वाद्ययन्त्र, विकसित स्वराङ्कन सुविधा आदिका कारण नेपाली गीतले नयाँ कलेबर प्राप्त गर्यो रेडियो, टेलिभिजन, भिडियो चित्र जस्ता श्रव्यदृश्य साधनहरूले गीतको प्रभाव-क्षेत्रलाई व्यापकता प्रदान गरे कुनै बेला स्वराङ्कनका लागि ठूलो खर्च उठाएर विदेश जानुपथ्र्यो, आज त्यो सुविधा आफ्नै शहर टोलमा प्राप्त गायनलाई नै व्यवसाय बनाएर सुविधापर्ूण्ा जीवनयापन गर्न सकिने भएको गीति क्यासेट सीडीले वर्सर्ेे करोडौँको व्यापार गरिरहेका छन् यो क्षेत्रमा वर्सर्ेे करोडौँको अवैध व्यापार समेत भइरहेको पृष्ठभूमिमा प्रतिलिपि अधिकारको विषयले कानूनी मान्यता संरक्षण पाउन सफल भएको र्सजकहरू समेत आफ्नो हकअधिकारप्रति सजग हुन थालेका छन् आधुनिक गीतले निकै ठूलो फड्को मारेको पप, हिपहप, रक, र्याप जस्ता पश्चिमी शैलीका गायन विधिहरूको पनि नेपाली गीतमा प्रयोग भइरहेको खुशीको कुरा के भने विदेशी गीत/गजल बज्ने ठाउँहरूमा आज लोकदोहोरी आधुनिक नेपाली गीत बज्न थालेका छन् यसलाई सकारात्मक रूपमा लिनर्ुपर्छ

तथापि, रचनाकार सङ्गीतकारको अवस्थामा भने खास सुधार आउन सकेको छैन अहिले पनि उनीहरूको कर्म निष्काम स्थितिमै यो क्षेत्रमा केही नकारात्मक पक्ष पनि देखा परिरहेका छन् हिजो सङ्गीत एउटा साधना, तपस्या थियो आज त्यो व्यापार भएको रातारात गीतकार, सङ्गीतकार गायक बन्ने होड चलेको हिजो स्वरपरीक्षामा उत्तर्ीण्ा नभई गायक बन्न सकिन्नथ्यो स्तरीयताको जाँचपास नगरी गीत बाहिर आउन सक्दैनथ्यो आज यी सबको कुनै माने रहेन खल्तीमा पैसा भने जो जे पनि बन्न सक्छ परिणामस्वरुप एउटा राम्रो गीत सुन्नका लागि कम्तीमा बीस वटा नराम्रा गीत सुन्नुपर्ने स्थिति रेकर्डिङका क्रममा ब्रि्रेको ठाउँमा तत्काल सुधार्न सकिने भएकाले गायकहरूमा लापरवाही बढ्दै गइरहेको नियमित साधना, अभ्यास रियाजले महत्त्व पाउन छोडेका छन् लोकगीतको व्यापारीकरणका कारण लोकसङ्गीत, लोकदोहोरीले लोक धरातललाई क्रमशः छाड्दै गएको भान हुन्छ यसरी मौलिक स्वरुप संरचना बिगार्दै जाने हो भने लोकगीत नै विलुप्त हुने खतरा उत्पन्न हुनसक्छ

साथीभाइहरू पप गीतले नेपाली शैलीका गीतलाई विस्थापित गरेको चिन्ता प्रकट गर्छन् पपगीतलाई नकारात्मक दृष्टिले हर्ने पक्षमा छैन समयको हावाले ल्याएको पप गीतलाई पनि मान्यता दिनर्ुपर्छ यद्यपि, नेपाली पप गीतमा पनि नेपालीपन भइदिए हुन्थ्यो भन्ने मेरो आग्रह हो हामीले माधर्ुयले भरिएका राम्रा गीत दिनसक्यौँ भने नेपाली श्रोता त्यतैतिर आकषिर्त हुन्छन् भन्ने मेरो विश्वास

यी सबैभन्दा पनि श्रोताहरूको रुचिको स्तर र्झर्दै गएकोमा बढी चिन्तित छु रुचि बिगार्नमा बम्बैया शैलीका नेपाली चलचित्रको पनि थोरबहुत हात हुनसक्छ त्यसमाथि सञ्चारमाध्यमले ठट्यौला गीतलाई बढी महत्त्व दिएर प्रचारप्रसार गरिदिँदा श्रोताहरूको रुचि नै हल्काफुल्का गीततर्फमोडिएको गीतले पनि बजारमुखी भएर त्यसैलाई पछ्याउँदै जाने हो भने कालान्तरमा गीतलाई साहित्यको विधाभन्दा पनि सस्तो मनोरञ्जनको साधनका रूपमा परिभाषित गर्नुपर्ने हुन्छ आज आँखा छोपी..., यसैगरी बिताइदिन्छु... झरेको पातझैँ ... जस्ता गीत गाउन इच्छुक मान्छे पाउन गाह्रो हुँदै गइरहेको हजार सपनाहरूको..., मलाई नसोध..., लौ सुन भन्छु... मेरो गीत उभेको धूलोले सुनोस्््.... जस्ता गीत खोज्नेहरूको सङ्ख्या न्यून हुँदैछ कि मायाप्रीति कि ठट्यौला गीत रुचाइन्छ माया-प्रीतिको गीत बढी लेखिने गाइने कुरा अस्वाभाविक होइन संसारमा जहाँ पनि अधिकांश प्रेमगीत नै हुन्छन् तर गीति भण्डारमा अरू प्रकारका गीत सुक्दै जानु चाहिँ सोचनीय कुरा हो पनि निरन्तर गीत लेख्दै आएको छु नाम चलेका प्रायः सबै गायक-गायिकाले मेरा गीत गाएका छन् तर फर्केर हर्ेदा नारायणगोपालको अवसानपछि बाहिर आएका मेरा अधिकांश गीत प्रेमकै धुरीमा घुमेको पाउँछु गम्भीर प्रकृतिका गीत मेरो डायरीमा थन्किएर बसेका छन् मलाई मेरो गीतलेखन नै खतरामा परेको अनुभव भइरहेको गम्भीर गीत लेख्नै नसक्ने अवस्थामा पुग्छु कि भनेर डर लागिरहेको तर, रुचि भनेको बनाउन सकिने कुरो हो हाम्रा अग्रजले हिन्दी गीतमा लठि्ठएका श्रोतालाई आधुनिक नेपाली गीतमा डोर्याउन सके भने हामी किन रुचिलाई स्तरीयतातर्फआकषिर्त गर्न सक्दैनौँ ?

 

(Source: Nepal Weekly)

Segments: 

Comments