Author
रुन्चे हाँसो हाँस्दै आयो बूढो नव वर्ष
सधैँ रुनेलाई कुनै बिस्मात न हर्ष
घाउजस्तै फुल्न थाले वसन्तमा फूल
मखमली पात पनि सिस्नोको स्पर्श
विचारको शीतॠतु कठ्याङ्ग्रिँदै बित्यो
विवेकको खडेरीमा होला के विमर्श
दोबाटोमा झोक्राएर बसेकी छे आमा
मर्नु मार्नु सन्तानको भएछ आदर्श
संसार नै जिते पनि हार्न भनी आज
नेपालीले आफूसितै गर्दैछ सङ्घर्ष ।
॰[साभार: पलाँस]
Segments
Language
- 2 views