Loading

नौलो बिहानी/ केशवराज आमोदी

उल्लासका पावन स्वर्णद्वारमा

सन्तोषका झिल्मिल काव्यधारमा

नौलो बिहानी म लिई उदाउँछु

हाँस्दै सफा शान्त प्रभा फिँजाउँछु ।

स्वादिष्ट सङ्गीत छ चित्रहारको

आभा छरिँदै छ नयाँ मुहारको

म स्रोतको स्रोत भई सबैतिर

आनन्द खोल्दछु पत्र सुन्दर ।

कुण्ठा निराशादि पछानुपर्दछ

आलस्य शङ्कादि पछानुपर्दछ

दुर्भिक्ष त्रासदि खसाल्नुपर्दछ

बस्ती नयाँ एक बसाल्नुपर्दछ ।

फ्याँकेर कालो भयपूर्ण बादल

फैलेर आलोक छ व्योम निर्मल

सर्वत्र देख्दै छु म रम्य माधुरी

एकान्तमा सुन्दछु दिव्य बाँसुरी ।

नौलो बिहानीमय स्वच्छ भावका

खोजेर सौन्दर्य वसन्त यामका

खोज्दै छु आलोक फिँजाउने कला

धर्ती चुनी सुन्दर शान्त श्यामला ।

Segments: 

Comments