Loading

नाटयसंगीतको सदस्यसचिव रिक्त

२०६८ असार ९ काठमाडौं/रासस - संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव तर्ीथ श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएपछि केही दिनदेखि सो पद रिक्त रहेको छ । पोखरावासी श्रेष्ठले आफ्नो स्वास्थ्यको कारण देखाई राजीनामा दिएका थिए । 

यतिबेला सो पदका लागि दौडधुप गर्नेहरूको क्रम बढेको छ । प्रतिष्ठानको सदस्य-सचिव बन्न यतिबेला नाटयकर्मी हरिबहादुर थापा, चलचित्र निर्देशक एवं कलाकार तर्ीथ थापा र नयाँ पुस्ताका संगीतकार आभास दौडधुपमा छन् । 

कुलपति गुरुङसँग हरिबहादुर र तर्ीथ थापाले आ-आफ्नो तर्फबाट लबिङ गरिहेको प्रतिष्ठानका एक सदस्यले राजधानीलाई बताए । ती सदस्यका अनुसार कुलपति अम्बर गुरुङ भने आफ्ना चेला आभासलाई प्रतिष्ठानको सदस्य-सचिव बनाउने धुनमा छन् । आभास पछिल्लो समय नेपालय नामको गैरसरकारी संस्थामा पलेटी कार्यक्रम चलाउँछन् । 

तर, प्रतिष्ठानका अधिकांश सभासद्हरूले सदस्य-सचिवका रूपमा अग्रज संगीतकर्मी एवं नाटयकर्मीलाई ल्याउनुपर्नेमा जोड दिँदै आएका छन् । 

सदस्य-सचिव बन्ने चाहना व्यक्त गरेका नाटयकर्मी हरिहर शर्मा, कलाकार निर्देशक नीर शाह, संगीतकार शम्भुजित बाँस्कोटाजस्ता थुप्रै अग्रज स्रष्टाहरू यस क्षेत्रमा क्रियाशील छन् । तर्सथ, संगीत नाटय प्रज्ञा प्रतिष्ठानमा जसलाई ल्याए पनि सम्बन्धित क्षेत्रका अग्रज व्यक्तिलाई ल्याउनुपर्ने उनीहरूको माग छ । यस विषयमा कुलपति अम्बर गुरुङले विचार पुर्‍याउने पनि उनीहरूको विश्वास छ । 

Segments: 

Comments