राष्ट्रिय कविता महोत्सव-२०६८ मा भोजपुरकी रीता प्रथम/ डब्बु क्षेत्री

काठमाडौं, ९ असार /
'भीरमा फुलेका छन्
सपनाका गुराँसहरू
कसरी टिप्छौ र सिउरिन्छौ
समयको सल्लेरी चुल्ठोमा !' 

राष्ट्रिय कविता महोत्सव २०६८ मा रीता खत्रीले यो कविता वाचन गर्दा धेरैले प्रशंसा गरेका थिए । तर, त्यो प्रशंसा खेर गएन । किनकि, सो महोत्सवमा सहभागी ३ सय ५१ कवितालाई पछि पार्दै भोजपुरकी रीताको यो कविता प्रथम भएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानको ५४औं जन्मजयन्तीको अवसरमा बिहीबार प्रतिष्ठानले यस पटकको राष्ट्रिय कविता महोत्सव आयोजक गरेको हो । 

महोत्सवमा ३ सय ५२ कविता समावेश भएका थिए । तीमध्ये अन्तिम प्रतिस्पर्धामा २९ कविता चयन भए । तिनै २९ कविताबाट रीताको 'फूल, काँडा र देश' प्रथम भएको हो । प्रथम भएबापत उनले १५ हजार रुपैयाँ पाउनेछिन् । 

महोत्सवमा दोस्रो पुरस्कार भने धादिङका कवि हेम प्रभासको कविता 'बाटोको बाछिटा'ले प्राप्त गर्‍यो । द्वितीय कवितालाई १० हजार रुपैयाँ प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । आफ्नो सो कवितालाई हेमले बिहीबार महोत्सवमा निकै उत्साहका साथ वाचन गरे, जुन यस्तो थियो,

'म सोचिरहेछु
घरका आँखीझयालहरूबाट 
ओर्लिरहेका सपनाहरूलाई
रहरका झोलाहरूमा बोकेर दौडिरहने यो बाटो
कहाँ पुगेर बिलाउला । 

यस्तै, यस पटकको महोत्सवमा तीन कविता तृतीय भएका छन् । जसमा नवलपरासीका बाबु त्रिपाठीको 'बासँग', नुवाकोटका रावतको 'देश' र तिम्मा-४ भोजपुरका बलिराज खम्बूको 'नयाँ अनुहारको घेरामा योगमाया' शर्ीष्ाकका कविता रहेका छन् । यी तीनओटै कविलाई तृतीय पुरस्कारबापत जनही ५ हजार रुपैयाँ प्रदान गरिने प्रतिष्ठानले जानकारी गराएको छ । 

सो महोत्सवको अवसरमा प्रतियोगितामा परेका २९ कविले आ-आफ्ना कविता वाचन गरे । यस्तै, १५ भन्दा बढी अग्रज कविले पनि अतिथि कविका रूपमा आफ्ना कविता वाचन गरे । 

प्रतियोगितामा २९ भित्र परेका अन्य कविमा असीम मगर, कमला रिजाल, नारायणप्रसाद पोखरेल, लक्ष्मी तिवारी, चिन्तु गिरी, मणिराज सिंह, सविना सिन्धु, हरिदत्त खनाल, बम बानियाँ प्रभात, मोतीलाल भुसाल, रमा अधिकारी 'कादम्बिनी', अर्जुनकुमार ढकाल छन् । यस्तै, तारा सुवेदी, सुदेश सत्याल, ताराजी, केशवराज जोशी, समीर गौतम, रमेश सायन, निसान निष्कर्ष दीपेन्द्र सिंह थापा, जानुका कट्टेल, ओमप्रकश खनाल, नारायण निराशी र धर्तीचन्द्र यात्रीका कवितमा महोत्सवका लागि अन्तिम प्रतियोगितामा परेका थिए । यीमध्ये अधिकांश कविले महोत्सवमा आफ्ना कविता वाचन गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले महोत्सवमा राष्ट्रिय कविता महोत्सवले नेपाली कविता क्षेत्रमा पुर्‍याएको योगदानबारे चर्चा गरे । महोत्सवमा सहभागी कविताको निर्ण्ाायकमा डा. बेञ्जु शर्मा, मञ्जुल, पुरुषोत्तम सुवेदी, नर्मदेश्वरी सत्याल र डा. ज्ञानु पाण्डे थिए । 

सो कविता महोत्सव दिनभर कवितामय भएको थियो । अग्रजदेखि तन्नेरी पुस्तासम्मका कविले अतिथि बनेर महोत्सवमा कविता प्रस्तुत गर्दा दर्शकहरू निरन्तर ताली बजाउन पछि परेनन् ।

अग्रज पुस्तका श्यामदास वैष्णवले पनि त्यहाँ कविता सुनाए । त्यसपछि अर्काे पुस्ताका कविहरू अमर गिरी, मातृका पोखरेल, निर्मल रिमाल, रामप्रसाद ज्ञवालीलगायतले त्यत्तिकै मीठा कविता सुनाएका थिए । नयाँ पुस्ताका अतिथि कविताले सबैभन्दा बढी ताली सो कार्यक्रममा पायो । महोत्सवमा यस पटक छन्द कविता त्यति सुन्न पाइएन । तर, अतिथि कवि नवराज लम्सालको शार्दूलविक्रीडित छन्दको 'देशहरू' शर्ीष्ाकको यो कवितामा भने निकै मिठास पाइन्थ्यो,

'माटो प्रेम सप्रेम मातृ ममता र्सलक्क भिज्दै ममा
ज्यूँदो ज्यान जवान अर्पण गरुँ नेपालको पाउमा'

युवा पुस्ताकै कवि ठाकुर बेल्बासेको 'प्रिय मान्छे' शर्ीष्ाकको यो कवितालाई पनि कविताप्रेमीले निकै मन पराए,

'आज पनि छैन
मेरो घरको धुरीमा घामको र्स्पर्श
मेरो घरको आँगनमा 
एउटा आदिम दुःख अग्लिरहेको छ'

अर्का कवि मणि लोहनी पनि महोत्सवमा निकै उत्साहित कविता लिएर प्रस्तुत भए । उनले 'अँध्यारोविरुद्धको...' शर्ीष्ाकमा यस्तो कविता वाचन गरे,

'जलेर अँगार हुनू र्सर्ूय
या थाकेर आँखा चिम्लनू तिमीले
अँध्यारोका लागि यी दुवै र्सत मञ्जुर छ ।' 

॰[साभार: राजधानी दैनिक]

Segments: 
Author: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom