Loading

नटाँगिएको चित्रकला/ रामकृष्ण भण्डारी

कलाकार कुलमानसिंह भण्डारीले जनआन्दोलनका विषयमा रचना गरी बनाएको चित्र (कला) प्रदर्शनीमा किन टाँगिएको थिएन ? अहिले पनि मेरा मनमा नबिर्सने छाप रहेको छ । बुबाका मनमा त यस्ता घटना धेरै सँगालिएका थिए होलान् । मैले अनुमान गरिरहेका छु । बुबाको चित्रलाई क्रान्तिकारी चित्रकला भनेर त्यस प्रदर्शनीमा नटाँगिएको होला । उहाँले अनुमान गर्नुभएको थियो । बुबाले दर्शन र सिद्धान्तका अनेकौँ चित्रकारितामा आफूलाई समर्पण गर्नुभएको थियो ।

वि.सं. २०५५ चैत्र १९ गते रंगलाल वाङ्देल स्मृति पुरस्कार नेपाल आर्ट काउन्सिलद्वारा आयोजित वृहत् नेपाली कला प्रदर्शनीमा कलाकृति पठाएर सहभागी हुन आउनु भन्ने खबर प्राप्त हुँदा मेरो मूर्ति दुई थान र बुबाको चित्र दुई थान कलाकृति मैले सो स्थानमा पुर्‍याएको थिएँ । लैनसिंह वाङ्देल महासचिव र कीर्तिनिधि विष्ट अध्यक्ष रहेको सो प्रदर्शनीमा सहभागी कलाकारहरूलाई प्रमाणपत्र पनि दिइएको थियो । त्यस कार्यक्रममा बुबा कुलमानसिंह भण्डारीलाई पनि प्रमाणपत्र दिइएको थियो । बुबाको चित्र चाहिँ सो प्रदर्शनीमा टाँगिएको थिएन । उनीहरूका निम्ति त्यस चित्रबाट प्राविधिक समस्या परेको पनि हुन सक्छ ? मैले त्यहाँ पुर्‍याएको कलाकृति पछि फिर्ता ल्याएको थिएँ । अहिले ती चित्रहरू मेरै ग्यालरीमै दर्शकहरूलाई प्रेरणा दिएर सजिएका छन् । धेरै चित्रकलाका पारखीहरूलाई त्यो चित्रकला हेरेपछि चित्रका माध्यमबाट जिज्ञासा र कौतुहलता बढाएको छ । दर्शकले ती चित्र हेरेपछि भन्ने गरेका छन् "यस कलाकृतिमा जनताको गणतन्त्रको चित्रण गरिएको छ । हेर्ने दर्शकबाट सधैँ सकारात्मक अभिव्यक्ति दिने गरेको चित्र प्रदर्शनीमा भने पर्न सकेको थिएन ।

मेरो बुबा कुलमानसिंह भण्डारी दुःखी गरिब जनताको कलाकार हुनुहुन्थ्यो । उहाँले धेरै सुन्दर चित्रहरू बनाएर देश र जनताको निम्ति दिएर जानु भयो । उहाँले दर्शन, सिद्धान्त, मुक्ति, प्रगति, शोषण, सङ्घर्ष, सृष्टि, शिक्षा, जस्ता अमूल्य कलाकृति बनाउनु भएको छ । ती चित्रहरू मार्फत् प्रगतिशील विचार 'दर्शन’ दुःखी गरिव संसारभरिका न्यायप्रेमी जनतालाई आˆनो सन्देश दिनु भएको छ ।

त्यसै प्रदर्शनीमा राख्नका लागि मेरा बुबा कुलमानसिंह भण्डारीबाट 'प्रजातन्त्रको आन्दोलन' र 'मुटुको ज्वाला' शीर्षकमा चित्र तयार पार्नु भयो । मैले पनि दुई थान मूर्ति तयार पारेको थिएँ । एकजनाको दुई थान कृति ल्याउने कुरा भनिएको थियो । त्यसैले बुबा कला सिर्जनामा निरन्तर लाग्नु भएको थियो । जनभावनाको विषयमा आˆनो छुट्टै किसिमको भावपूर्ण कृति तयार गर्नुभएको थियो ।

उहाँले चित्र बनाउँदा आˆनो भावनालाई द्वन्द्वात्मक भौतिकवादी दर्शनका आधारमा परिमार्जन गरी बनाउनु पर्दछ भन्नु हुन्थ्यो । बुबा चित्रकलाका माध्यमबाट पनि दुःखी जनताको चेतना उठाउन सकिन्छ र त्यस किसिमको जनताको सन्देश बोकेको चित्र बनाउनु पर्छ भन्नुहुन्थ्यो । उहाँले यस किसिमबाट महत्त्व भएका निकै चित्रहरू आˆना जीवनकालमा बनाउनुभयो । अहिले हामीले ती चित्र हेरी व्याख्या विश्लेषण गरी प्रचारमा ल्याउनु नितान्त खाँचो छ । उहाँले भन्नुभए मुताविक चित्रका बारेमा मैले पनि बुझ्ने प्रयास गरिरहेको छु । अहिले यहाँ उहाँकै विचार र उद्देश्य अनुसार मैले प्रजातन्त्र, जनताको लोकतन्त्र, गणतन्त्रको विषयमा रचित चित्रका बारेमा विचार प्रस्तुत गर्न पाएको छु ।

संसारभरिका न्यायोचित दुःखी गरिब जनताले न्यायको निमित्त आन्दोलन गर्दा देशभक्तिका लागि आˆनो जीवन हत्केलामा लिएर आन्दोलनमा जाने गरेका छन् । उनीहरूको शिर आˆनै हत्केलामा बोकेर आन्दोलनमा जानु पर्छ । आन्दोलनमा जानु भनेको मारिन सकिन्छ । तर, सहिदको रगतले लेखिएको प्रजातन्त्र, गणतन्त्रलाई हामीले माया गरी जोगाउनु पर्छ भन्ने सन्देश भएको चित्रकला उहाँले बनाउनु भएको छ । बुबाले परी आयो भने आˆनो ज्यान गए पनि जनताले राम्रो समाजको लागि जीवन अर्पेर आन्दोलनमा जाने गरेका छन् भन्ने विचार सो चित्रमा प्रस्तुत गर्नु भएको छ ।

यस चित्रले २०६२-०६३ को जनआन्दोलन र १० वर्षको संघर्षलाई सम्झना दिलाएको छ । जनगणतन्त्रको निम्ति पनि त्यतिकै सान्दर्भिक हुन्छ । यो चित्रले भविष्यमा आउने जनताको आन्दोलनमा मार्गनिर्देश गरिरहेको छ । उहाँले तत्कालीन समयको जनआन्दोलनमा प्रतिनिधित्व हुने भावपूर्ण चित्र लेख्नु भएतापनि यो चित्र अहिलेको सन्दर्भमा पनि मिल्ने समसामयिकनै छ । यसरी उहाँले आˆनो भौतिकवादी विचारलाई कलाका माध्यमबाट उत्कृष्ट चित्र सिर्जना गर्नु भएको छ ।

"प्रजातन्त्र जिन्दावाद" रगतको धाराले लेखिएको व्यानर सहित जुलुस अगाडि बढ्दै गर्दा आगो भएर गोलीका छर्रा आएका छन् । बाटामा धेरै सहिदहरू ढलिरहेकै अवस्थामा छन् । अगाडि बढिरहेको मानिसले आˆनो शिरलाई हत्केलामा लिएर अगाडि बढिरहेको छ । खुट्टा काटिएर रगतको धारो बगेपनि पर्वाह नगरी लम्किरहेको छ । हात मुट्ठी कसेर नारा लगाइरहेको छ । सहिदको पाउको सपथ खाँदै जुलुस अगाडि बढ्दै छ । यसरी विचारले भरिपूर्ण उहाँको चित्र अहिले आकर्षणको विषय बन्दै गएको छ । उहाँले नीलो, रातो, पहेँलो रङ्गले बनाउनु भएको चित्रमा टाउको झट्ट हेर्दा बुद्धको होकि जस्तो देखिन्छ । मानौँ सहिदहरू मिलेर फेरि उनीहरूका हात खुट्टा आँखा मिलेर आन्दोलनमा तयार भएको दृश्य देखिन्छ ।

यसरी उहाँले दुःखी गरिब जनताको पक्षमा चित्रकलाका माध्यमबाट विचार प्रस्फुटन गर्नुभएको देखिन्छ । इतिहासमा यस्ता कार्यलाई हामीले माया दिएर आˆनो हृदयमा सजाएर राख्नुपर्छ । यो मेरा लागि पनि गौरवको विषय हो ।

कला ग्यालरीमा टाँगिएका चित्रहरूलाई दर्शकले अवलोकन राम्ररी गर्न पाउन भनी यसरी चित्रकला मूर्तिकला प्रदर्शनी विभिन्न आयोजकबाट बराबर गरिँदै आएका छन् । धेरै दर्शकले प्रदर्शनी हेर्न आउन् भनी यसरी विभिन्न समय र स्थानमा कला प्रदर्शन हुने गरेको छ । चित्रकला मूर्तिकलाका पारखीहरूले पनि कलाकारिताको महत्त्व बुझेका हुन्छन् । धेरैभन्दा धेरै मानिसबाट प्रदर्शनी हेर्ने गरियो भने कलाका बारेमा छुट्टै इतिहास हुन्छ । चित्रकला र मूर्तिकलाको विकास र महत्त्व यसरी नै बढ्दै जान्छ ।

कलाकारले पठाएको मूर्तिकला चित्रकलालाई आयोजकबाट के कारणले नटाँगिएको हो । हुन सक्छ, त्यस्ताका चित्रको विचारदेखि डराएका पो हुन् कि ? नारा र क्रान्तिदेखि आयोजकलाई दोष लाग्ला भन्ने थियो कि ? मानिसको रगत देखेपछि यस्तो चित्र प्रदर्शनीमा राख्यो भन्ने आरोपबाट बच्नको लागि बाको चित्र नटाँगिएको पो हो कि ? भन्ने विचार मेरा मनमा आएको छ । त्यस प्रदर्शनीमा नराखिँदा बुवाको चित्र त्यस समयमा धेरै दर्शकले हेर्न पाएनन् ।

[First Published in Gorkhapatra Daily]

Comments