Loading

नारायण श्रेष्ठको ‘साक्षी'

ललितपुर, जेठ २/ बीबीसी साझा सवालका पत्रकार नारायण श्रेष्ठ कवितासंग्रह ‘साक्षी' लिएर आएका छन्। पहिलो पुस्तक निस्केको सात वर्षपछि उनको दोस्रो पुस्तक आइतबार ललितपुरको मोक्ष क्याफेमा सार्वजनिक भयो।  ‘देशको पछिल्लो राजनीतिक र सामाजिक उथलपुथलको ममात्र होइन करोडौं साक्षी बने,' नारायणले भने, ‘त्यही भोगाइ छन् कविता संग्रहमा।'
Narayan Shrestha Sakchhi
फाइनप्रिन्टले प्रकाशन गरेको कवितासंग्रह चार खण्डमा विभाजन छ- समाज तथा राजनीति, एक्लोपन, प्रेम र २४ वर्षको उमेर अनुभव।

पत्रकार तथा कवि मणि लोहनीसँग मञ्चमा कुरा गर्दै नारायणले आफ्नो कविता पढ्नुपर्ने दुई कारण दिए, ‘यो समयको साक्षी हो र काव्यिक अभिव्यक्तिको कदर हुनुपर्छ।'
पुस्तक कवि तुलसी दिवसले विमोचन गरेका थिए।

(तस्बिर तथा समाचार स्रोत: नागरिक दैनिक)

Segments: 

Comments