Muktak

Nepali Muktak मुक्तक

बासनाको खेल खेल्नेहरू प्रेमको अर्थ बुझ्न सक्दैनन्/ सरूभक्त

Rating: 
Your rating: None Average: 3 (1 vote)

बासनाको खेल खेल्नेहरू प्रेमको अर्थ बुझ्न सक्दैनन्
उच्चता अनि महानता के हुन्, मनमा कतै सुझन सक्दैनन्
मौसम बदलिएझैँ गरी प्रेम पात्र बदली हिँडेपछि
बिहानीको चोखो शीत परी ती प्रेमले रुझन् सक्दैनन् ।

Author: 
Segments: 

नसोध मलाई कि म तिमीलाई कति माया गर्छु/ सरूभक्त

Rating: 
Your rating: None Average: 5 (2 votes)

नसोध मलाई कि म तिमीलाई कति माया गर्छु
हृदयको फाँट-गरामा अमूल्य कति सपना छर्छु
जान्नेहरू भन्छन्, प्रेम एक सुन्दर प्रेरणा हो
प्रत्येक क्षण म जीवनका कति जँघार-सागर तर्छु ।

Author: 
Segments: 

बदनाम नगर प्रेमलाई प्रेम महान् र अनन्त हुन्छ/ सरूभक्त

Rating: 
Your rating: None Average: 5 (2 votes)

बदनाम नगर प्रेमलाई प्रेम महान् र अनन्त हुन्छ
धर्तीभरि आकाशभरि सहृदयताको जालो बुन्छ
मान्छेहरू भन्छन् दुनियाँ, स्वार्थमा कति डुबेको छ
तर प्रेम गर्ने मनले सधैँ उत्सर्गलाई मात्र चुन्छ  ।

Author: 
Segments: 

प्रत्येक दिवस प्रेम दिवस हो, यौटा सत्य जानिराख/ सरूभक्त

Rating: 
Your rating: None Average: 1 (1 vote)

प्रत्येक दिवस प्रेम दिवस हो, यौटा सत्य जानिराख
प्रेमभन्दा मूल्यवान केही अरु हुँदैन ठानिराख
सभ्यताको आकाशभरि कति घाम उदाए, जून उदाए
प्रेमको इतिहास चोखो लेखिनुपर्छ मानिराख ।

Author: 
Segments: 

एउटा यस्तो प्रेम गर, मरेर पनि बाँचिरहूँ/ सरूभक्त

Rating: 
Your rating: None Average: 3 (2 votes)

एउटा यस्तो प्रेम गर, मरेर पनि बाँचिरहूँ
मानवताका लागि भनी अमृत केही साँचिरहूँ
समय बग्छ नदीझैँ अज्ञात-अनन्त सागर छुन
तिमी अरुका सम्झनाभरि आस्था बनेर नाचिरहूँ ।

Author: 
Segments: 

प्रेमयात्रा/ सरूभक्त

Rating: 
Your rating: None Average: 4 (4 votes)

सर्जक: सरूभक्त
विधा: मुक्तक संग्रह
प्रकाशक: साहित्यकार सरूभक्त सरोकार केन्द्र
प्रकाशन मिति: २०६७
मुल्य: रु.१००
ISBN ९७८-९९३७-२-२६१८-९
छापाखाना: हिसि अफसेट प्रिन्टर्स प्राली

Author: 
Segments: 
Your rating: None Average: 3 (1 vote)

राति राति भेट्नेहरू, मिल्छन् भन्ने ला'थ्यो
मिले पछि हाम्रा सपना, निल्छन् भन्ने ला'थ्यो
अहिले त्यसै गरे त, के छक्क पर्नु ?
दुखी राख्ने घाउमा नै, चिल्छन् भन्ने ला'थ्यो !

Author: 
Segments: 
Your rating: None Average: 4 (5 votes)

काम चाहन्छौ, गधा भएर मर्छौ !
नाम चाहन्छौ, गाई बनेर दुहिन्छौ ।
माम चाहन्छौ, कुकुर बनेर जुत्ता चाट्छौ !
राम चाहन्छौ, रोई रोई मर्छौ !
अब भन तिमी के चाहन्छौ ?

Segments: 
Your rating: None Average: 5 (3 votes)

कुल्ची हिंड हाँसी-हाँसी यो छाती तिम्रै बाटो हो
मेरो देह त केही होइन केवल एक थुप्रो माटो हो
गालाको पाटाको लामो धर्सो त्यो घाउ होइन
त्यो त झरी सुकेको आँसुको एक थोपा टाटो हो !

Segments: 

एउट विचार

Rating: 
Your rating: None Average: 5 (2 votes)

पश्चिम नभमा लाली छायो, साँझ पर्यो अब आज मर्यो,
समय सिन्धुमा आयु र बलको यौटा सानू बूँद खस्यो ।
के के भई अझसम्म अडेको जीवनको मेरो छेउ
तिमिर घडामा चोपी फेरि नूतन पारी छ निकाल्नु ।

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.