Muktak

Nepali Muktak मुक्तक

जहाँ प्रेम हुन्छ त्यहाँ धोका र छलछाम हुँदैन/ सरुभक्त

Rating: 
Your rating: None Average: 5 (2 votes)

जहाँ प्रेम हुन्छ त्यहाँ धोका र छलछाम हुँदैन
प्रेमभन्दा पवित्र यहाँ कतै कुनै तीर्थधाम हुँदैन
जिन्दगीको प्रत्येक सासमा आफैंसँग सोधिहेर
प्रेममा व्यर्थ अहंको पनि कुनै राम हुँदैन ।

Author: 
Segments: 

प्रेम अन्धो हुन्छ, प्रेम नगर्नेहरू भनिरहन्छन्/ सरुभक्त

Rating: 
Your rating: None Average: 3.5 (2 votes)

प्रेम अन्धो हुन्छ, प्रेम नगर्नेहरू भनिरहन्छन्
प्रेमको इतिहासका अध्येताझैं बनिरहन्छन्
म कसरी सम्झाऊँ प्रेम आफैंमा एक दृष्टि हो
तर हरे ! अबुझहरू अँध्यारोका दीप गनिरहन्छन् ।

Author: 
Segments: 

विश्वविजेताहरू धर्ती लुट्न सक्छन्, माया लुट्न सक्दैनन्/ सरुभक्त

Rating: 
Your rating: None Average: 5 (1 vote)

विश्वविजेताहरू धर्ती लुट्न सक्छन्, माया लुट्न सक्दैनन्
अरुका अधिकारहरू घुत्न सक्छन्, माया घुत्न सकदैनन्
उन्मादले ग्रस्त भै जति विशाल सेना खडा गरे पनि
मायालाई पराजित गर्न मायालु मनभित्र जुट्न सक्दैनन् ।

Author: 
Segments: 

जब प्रेम हुन्छ, मनको मनसित साइनो जोडिन्छ/ सरुभक्त

Rating: 
Your rating: None Average: 5 (1 vote)

जब प्रेम हुन्छ, मनको मनसित साइनो जोडिन्छ
जीउमा भए बन्धन कति, एक-एक गरी छोडिन्छ
ए ! रूपको बजारमा आफैलाई बेची हिँडनेहरू !
प्रेममा सक्रान्ति भै जीवनको बाटो मोडिन्छ ।

Author: 
Segments: 

अर्ती-उपदेशहरू सुनेर मनमा प्रेम पलाउँदैन/ सरूभक्त

Rating: 
Your rating: None Average: 5 (1 vote)

अर्ती-उपदेशहरू सुनेर मनमा प्रेम पलाउँदैन
समय आउँछ, समय जान्छ, कसैलाई छलाउँदैन
प्रेमपथमा लाग्ने भए समर्पणको बाटो चुन
हृदयलाई पत्थर पारे कुनै बाली फलाउँदैन ।

Author: 
Segments: 

प्रेम पवित्र पागलपन हो, म सद्देहरूलाई भन्दै हिँड्छु/ सरुभक्त

Rating: 
Your rating: None Average: 3 (1 vote)

प्रेम पवित्र पागलपन हो, म सद्देहरूलाई भन्दै हिँड्छु

तिनका नजरमा सायद कसिङ्गरजस्तो बन्दै हिँड्छु

समय साक्षी छ, प्रेमको नाममा बदनामीहरू कति हुन्छन्

Author: 
Segments: 

प्रेम नसा होइन प्रत्येक क्षण पिइरहन्छु/ सरुभक्त

Rating: 
Your rating: None Average: 5 (1 vote)

प्रेम नसा होइन प्रत्येक क्षण पिइरहन्छु

मनमा लागे हजार चोट प्रत्येक क्षण सिइरहन्छु

जिन्दगीको तपस्यामा दिव्य वर पाएपछि

मृत्युञ्जली भएर म प्रत्येक क्षण जिइरहन्छु ।

Author: 
Segments: 

बुझ्नु मान्छे राम्रो गरी हृदयमा प्रेमको राज छ/ सरुभक्त

Rating: 
No votes yet

बुझ्नु मान्छे राम्रो गरी हृदयमा प्रेमको राज छ

मधुर धुन बजिराख्ने एउटा यस्तो साज छ

जिन्दगीको मुल्य खोज्दै बाहिर किन भौंतारिनु

प्रेम भए आफै भित्र दिव्य-अनमोल ताज छ ।

Author: 
Segments: 

जब मनमा प्रेम आउँछ, विषालु कुनै वाण दाग्दैन/ सरुभक्त

Rating: 
Your rating: None Average: 4 (1 vote)

जब मनमा प्रेम आउँछ, विषालु कुनै वाण दाग्दैन

बसेपछि मनमा त्यसले सौभाग्यको सीमा नाघ्दैन

जिन्दगीको प्रत्येक मोड ढुक्ढुकीहरूले भन्छन् यहाँ

प्रेम यस्तो बहार हो जुन आइ फेरि कतै भाग्दैन ।

Author: 
Segments: 

यस्तो दिन आओस यहाँ, मायैमायाको बास होस्/ सरुभक्त

Rating: 
Your rating: None Average: 3 (2 votes)

यस्तो दिन आओस यहाँ, मायैमायाको बास होस्

रिस, द्वेष र घृणाहरू सबै सबैको नाश होस्

मानवताको अंश भै म यस्तो सपना देखिरहेछु

मेरो सुन्दर धर्ती भोलि स्वर्गभन्दा पनि खास होस् ।

Author: 
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.