Loading

मृत्यु सृष्टिको एउटा प्रक्रिया हो/ कृष्णचन्द्रसिंह प्रधान

सबैभन्दा अप्रिय केही छ भने त्यो मृत्यु हो । सबैभन्दा ठूलो शाश्वत सत्य पनि मैले हेर्दा मृत्यु नै लाग्छ ।

मृत्यु कहिले हुन्छ थाहा छैन । कसरी हुन्छ भन्न सकिन तर हामी मर्छौं चाहेर पनि मर्छौं नचाहँदा नचाहँदै पनि मर्छौं । यस सत्यप्रति कोही अनभिज्ञ छैनौँ । त्यसैले हाँसेर बाँचौँ, हाँसेर मृत्युलाई अँगालौँ ।

मृत्यु एक्लै आउँछ । खबर नगरिकनै आउँछ । अकस्मात आउने मृत्युसँग फगत एउटा कोलाहल हुन्छ, एउटा उत्पति हलचल, एउटा अशान्त पीडा र कल्पनातित विजोग, विचल्ली, हाहाकार हुन्छ ।

जिन्दगीको सबैभन्दा ठूलो दुर्घटना भन्छु यसलाई जो .......... छ र सुनिश्चित । यो हाम्ो नियति नै हो ।

धेरैलाई लाग्दो हो मर्नु नपरेको भए हुन्थ्यो । साँच्चि मर्नुनपर्ने भएको भए शायद यसभन्दा ठूलो दुर्घटना अर्को हुनेथिएन । मृत्युभन्दा पनि डरलाग्दो जोखिम भन्छु यसलाई । मर्नलाई हामी बाँचेका हैनौँ, बाँच्नलाई भने नमरी हुन्न । यो भनेको नमरिकन बाँचिदैन भन्नु हो ।

मृत्यु र जीवन एक अर्कोको विकल्प होइन । एक अर्कोको शत्रु पनि होइन । मृत्युसँग जीवन गाँसिएको हुन्छ, जीवनलाई मृत्युले लय, छन्द गीत दिन्छ । जहाँ जीवन छ त्यहाँ मृत्यु हुन्छ, जहाँ मृत्यु छैन त्यहाँ जीवन पनि हुँदैन । एउटाको उपस्थिति नै अर्कोको आसीत्व गुरूत्वाकर्षणमा विपरीतीय सापेक्षमा छ ।

नमर्ने भइदिएको भए जिन्दगी कति खल्लो लाग्ने थियो । ओह, त्यसबेलाको कल्पनातीत भयावहता सोच्नै सक्तिन । हामी अस्तीत्वविहीन हुन्थ्यो न मूल्य हुन्थ्यो, न मर्यादा, न प्रतिस्पर्धा, न यसप्रति अहिलेझैँ मोह न आस्था । न आकषिर्त हुन्थ्यौँ न त सङ्घर्ष गरिरहनु पथ्र्यो । एउटा निस्त्रिmयता व्याप्त हुन्थ्यो र हलचलरहित ।

क्या खल्लो लाग्नेथ्यो यो जीवन, त्यत्तिकै बेस्वालिलो, अर्थहीन Û बाँचिकन बाँच्नु कुन ठूलो कुरा हो ? शेषपछिको जीवनको म कुरा गर्दैछु । जन्म, मृत्यु, अनि पछि के हुन्छ मनन गर्दै आइरहेको आधारभूत जीवनको कुरा गर्दैछु । आजीवन सिर्जनारत यही आविष्कार गर्ने स्रष्टा, वैज्ञानिकहरू आˆनै किसिमले परिभाषित गरिरहेका छन् ।

हामी अभिमन्त्रित झैँ बाँच्नुभन्दा पर पनि जीवन छ, बाँच्दा रहेछौँ । आध्यात्मिक र ऐतिहासिक महत्ताद्वारा प्रतिपादित मुक्ति र आवरणको चाहना तथा पारलौकिकताप्रति आस्था नराख्दा हौँ ता शायद जीवनको दर्शन आर्कै हुन्थ्यो, हाम्रो विश्वास अर्कै हुन्थ्यो ।

मरेपछि बाँच्दाको स्वाद मर्नेलाई थाहा हुँदैन । मरेपछि कहाँ पुग्छौँ यसको पनि उत्तर छैन । प्रतिप्रश्न विना विश्वास गर्नेहरू अन्धविश्वासी हुन्छन् । अमूर्त व्यर्थको भावनात्मक प्रतिफलका पछि म लाग्दिन म इहलोकको कुरा गर्दैछु । सुकर्मको कुरा गर्दैछु । म मान्छे भएर बाँच्नेहरूको कुरा गर्दैछु । ठूलो हुन नसके पनि असल मान्छे त हुनसक्छौँ तर असल हुनु झनै गाह्रो रहेछ । कसैलाई असल नदेख्नु आफू असल मान्छे हुन नसक्नु पनि हो । मृत्यु आफैँमा न सुखद हुन्छ न दुःखद । सृष्टिको एउटा प्रक्रिया हो ।

मृत्युपछिको जिज्ञासाले काल्पनिक समाधान खोज्ने अवैज्ञानिक प्रयासमा अर्को भ्रम सिर्जना गर्छांै । यो झन् ठूलो भूत लाग्छ एउटा अर्थहीन प्रयास ।

अनिणिर्त रहस्यले प्रमित भएरभन्दा कसैको भरविना बाँच्न नसक्ने कमजोर र आफैँप्रतिको अविश्वासले सिर्जना गरेको अन्धविश्वासमा हामी बढी दिग्भ्रमित छौँ ।

असङ्ख्य ग्रहमण्डित ब्रहृमाण्डमा स्वर्ग कुन ग्रहमा पर्छ अविदित नै छ । कुन ग्रहलाई औँल्याउँछ यसले अनभिज्ञ छौँ । मरणोपरान्तको गन्तव्य भने हाम्रो त्यही भइदिएको छ । त्यही जान लक्षित हामी र त्यसै यात्राको तयारीमा हामी जिन्दगीभरि प्रयासरत छौँ ।

मेरो न स्वर्ग छ कतै न नर्क । जे हो यही पृथ्व हो जहाँको माटो, जल, वायु, तेजले निर्मित शरीर कसैलाई सुम्पेर अनारलीन हुन चाहन्छु ।

यसर्थ म चाहन्छु मेरो मृत्युपछि भूमिसात हुँदाको मेरो शरीर यहीँको माटोमा विसर्जित भई ऊर्जामा परिणत होस् । म चाहन्छु मैले फेर्ने गरेको श्वास प्रश्वास यहीँको वायुमण्डलमा फैलिएर एकाकार हुनेछ र प्राणीहरूलाई शीतलता प्रदान गरोस् ।

जीवित हुनाको जुन मेरो चैतन्य हो म चाहन्छु मेरो मृत्युपछि यहीँको उज्यालोमा समाहित भई अँध्यारो उन्मूलन गर्ने काममा सघाउ पुर्‍यावस् ।

म पृथ्वीको नासो हुँ । यहीँको भौतिकतामा विसर्जित हुनुलाई आˆनो मुक्ति ठान्छु । समय, परिस्थिति बदलिसक्यो । कसैलाई फुर्सद छैन । पहिले झैँ जीवन स्थिर रहेन । तीव्र गतिले अकासिँंदै गरेको यस परिवेशमा सामाजिक, सांस्कृतिक परम्पराहरू, संस्कारजन्य प्रचलन र त्यस्तै क्रियाकर्ममा आस्था राखेरै पनि यथावत् अंगीकार गर्न गाह्रो हुँदै गएकोले बेलाबखत सुधार्दै आएको आˆनै गुठीका भैदारहरूमा पनि अवगत छ । तसर्थ समयअनुसार सुधार, संशोधन, परिमार्जन भइरहनुपर्छ । यसरी अनुकुलन गर्ने प्रक्रियामै परम्परा जीवित रहने र यसले गति लिने हुँदा यसप्रति उदार हुनु आवश्यक छ । हैन भने क्रमशः त्यसप्रति विकर्षण मौलाउनेछ, अनावश्यक बोध सम्भिmनेछ पछिका पुस्ताले र यसको उपेक्षा गर्नेछन् ।

यस सन्दर्भमा कतिपय कुरा सुधार्नुपर्ने छ । यहाँ त्यसबारे क्यै भन्न चाहेको होइन । यो मेरो व्यक्तिगत इच्छाको कुरा गर्दैछु । यसको अनुसरण गर्न भनिरहेको होइन, कसैलाई आग्रह गर्न चाहेको पनि होइन । तर यसबारे सामूहिक छलफल गरेर समय सुहाउँदो परिवर्तन गरी आधुनिक हुन मेरो सुझाव र अनुरोध छ ।

कहिले र कसरी मर्छु भन्न सक्दिन तर मरेपछि यसको सूचना तत्काल गुठीको थकाली र सूचना गर्ने सम्बन्धित व्यक्तिलाई दिने । दाहसंस्कारका लागि आर्यघाट वा पायक पर्ने कुनै घाटमा लैजाने । समयमै एकाध घण्टाभित्र उपस्थित नभएमा आएका गुठियार जतिले अथवा बाहुनबाट भए पनि दाहसंस्कारको काम सम्पन्न गर्ने ।

मृत्युपछि जसले जे भने पनि नेपाल प्रज्ञाप्रतिष्ठानको भवनमा मेरो मृत शरीर राखेर प्रदर्शन गर्ने काम नगर्नु । बरू निकटतम केही लेखक मित्रलाई यसको सूचना गर्दा हुन्छ ।

बागमती, विष्णुमती आफौ फोहर भइसके । त्यहाँ गई चोख्याउनुको कुनै अर्थ देख्दिन । दस दिनका दिन घाटमा चोख्याउन गएर पनि नुहाउनु नपर्ने भइसकेपछि त्यहाँ गएर धाराको पानीले नुहाउनु छ भने घरमै चोख्याए पनि हुन्छ । घाट जाने दुःख नदिनु मनासिव हुन्छ ।

एघारौँ दिनको ................ गर्दा सो शुद्धिकरणमा सम्मिलित हुने दाजुभाइहरूलाई श्रद्धापूर्वक जलपान गराउने । बाह्रौँ तेह्रौँ दिनको श्राद्धपछि गरिने मासिक तथा अर्धवाषिर्क र वाषिर्क श्राद्धहरू गर्नुपर्दैन । तर बाह्रौँ र तेह्रौँ दिनदेखि वाषिर्क श्राद्ध गर्दा दान गर्ने वस्तुहरूको सट्टा एकमुष्ठ नगद भेटी नै तेह्रौँ दिनकै श्राद्धको दिन पुरोहितलाई अपि्रत गर्ने ।

[सौजन्य ः उहाँको अन्तिम डायरीबाट/ साभार ः अ. पुस्तुन प्रधान
First published in Gorkhapatra daily]

Segments: 

Comments