Loading

मृत लेखकको कथन / खगेन्द्र संग्रौला

Khagendra Sangraulaटारेर नटारिने क्रुर नियतिसित सम्झौता गर्दै एकरत्ती पश्चात्ताप नगरी निस्पृह भावले स्वीकार गर्छु- एक मृत लेखक हुँ। लेखनमा जिउँदो छँदा वा जिउँदो छु भन्ने व्यर्थको अभिनय गरिरहँदा मेरो सादानाम खगेन्द्र संग्रौला थियो। त्यो अब मृत खगेन्द्र संग्रौला भयो। मेरो मृत्यु रोलाँ बार्थका दृष्टिमालेखकको मृत्युमा ठूलो अन्तर छ। बार्थको लेखक रचना टुङ्गिएपछि मर्छ। , त्यो मृत लेखक आफ्नोरचनाको व्याख्या प्रतिरक्षा गर्ने हक हुतीबाट च्यूत हुन्छ। रचनाको नियतिको निर्धारण पाठकलेगर्छ, मृत लेखक केवल मूक दर्शक बन्छ। तथापि रोलाँ बार्थ दयालु छन्। उनी लेखकलाई किस्ताकिस्तागरेर मर्ने छूट दिन्छन्। एउटा रचनामा मृतक भएको लेखक अर्को रचना गर्न जीवितै रहन्छ। तर मेरोमृत्यु आंशिक होइन। यो थोक मृत्यु हो, यो समग्र मृत्यु हो, यो अन्तिम मृत्यु हो। मृतकबाट अबकेही पनि लेखिने छैन। कदाचित् लेखियो नै भने पनि त्यो स्वर्गीय स्वप्निल स्मृतिको जस्तै स्वर्गीयविप्निल विस्मृतिको नाममा लेखिने छ।

नयाँको जन्म पुरानोको मृत्यु सततः परिवर्तनशील जगत्को अकाट्य नियम हो। पुरानो मरेर आफूलेओघटेको ठाउँबाट नपन्छिई नयाँलाई उभिने ठाउँ हुँदैन। नयाँ झर्झराउँदो लेखकले जन्म लियो, मपुरानो रुग्ण लेखकलाई मार्यो खाली ठाउँमा सगर्व विराजमान भयो। यो कालातीत सनातनकोविस्थापन कालजयी नूतनको स्थापना हो। विजयोत्सवको दुन्दुभी बजाउँदै अस्तित्वमा आयो रशंखको एकोहोरो टुँसँगै उसले मलाई अनस्तित्वतिर चलान गर्यो। आखिर जीवन भन्नु नै आउनु रजानुको अनन्त कथा हो।

जन्मिनुअघि नै मलाई कसोकसो आफ्नो मृत्युको पूर्वाभाष भइसकेको थियो। इन्द्रियहरु शिथिल हुँदैगएका थिए। संवेगहरु शुष्क हुँदै थिए। संवेदन ग्रन्थीमा लय लचकताको पारो झर्दै थियो। , स्मृति-शृंखला क्षतविक्षत भइरहेको थियो। मेरो चिन्तनमा नवीनता बाँकी थियो सिर्जनामा स्पन्दननै। , केवल जिउँदो हुनुको वृथा अभिनय गरिरहेको थिएँ। मलाई कतै शून्यमा सुस्ताउन रविस्मृतिको गर्तमा विलीन हुन उत्कट इच्छा थियो। तर आफूमा इच्छा मरणको सामर्थ्य नहुँदाकालातीत लेखकको औतारमा घिटीघिटी निरर्थक जीवन बाँचिरहेको थिएँ। भाग्यवश जन्म्यो रमेरो जराजीर्ण लेखकीय जीवनको टन्टै खलास भयो।

को हो? कसरी जन्म्यो? उसको अन्वेषण, उसको आविष्कार, उसको कृति उसको कीर्तिकोकथा गाथा के हो? प्रिय पाठकगण, जीवनको नाटकमा घटित यो चामत्कारिक विषयलाईनाटकीकरणको पोयोमा बुन्दै अब भन्दै जान्छु। 

मृत औतारमा आफ्नो पूर्व जुनीको पिँडीमा बसिरहेको थिएँ। अगाडि टेबुलमा नयाँ युगान्तकारीपुस्तक थियो। भनुँ भने भूतो भविष्यति खालको अनुपम पुस्तक ! पुस्तक हेर्दै कृतज्ञता प्रकटगरिरहेको थिएँ- हे नवजात पुस्तक ! धन्य हो तेरो स्रष्टा जसले मलाई क्लेशपूर्ण जीर्ण अस्तित्वबाटमुक्त गरिदियो। यस्तैमा एउटा युवक आइलाग्यो। उसले मेरा चरण स्पर्श गर्न खोज्यो। हत्तपत्ततर्किएँ। 

'को हौ यो मृत लेखककको पिँडीमा के कति कामले आयौ?' युवकलाई विना भलाकुसारी मैले सोधेँ।

' हजुरको दर्शनार्थी भिक्षार्थी हुँ।' दासवत् लबजमा युवकले भन्यो।

'युवक, यो मृतकको दर्शन गरेर केको भिक्षा?' टकटकिएँ।

युवकले कारुणिक स्वरमा दर्शन भिक्षाको अभिप्राय खुलायो। रहेछ बरा शिक्षाको डिग्रीधारी एकबेरोजगार युवक। , सम्पादकद्वारा उपेक्षित प्रकाशकद्वारा तिरष्कृत एक अप्रकाशित लेखक। उसकोकष्टसाध्य यत्नबाट अनेक पाण्डुलिपि तयार भएछन्। तर छापिदिने उदारमना गुणग्राही कोही भएनछ।लेखेर बाँचुन्जेल शानदार नाम लक्कु दाम अनि मरेपछि अमरत्व प्राप्त गर्ने उसको दुर्दम धोकोरहेछ। तसर्थ आफ्ना दमित इच्छाहरु पूरा गर्ने जादूगरी सूत्रको खोजीमा मेरा चरण स्पर्श गर्न आएकोरहेछ ऊ।

'तिमी गलत ठाउँमा आयौ, युवक !' मैले सम्झाएँ। 'जो आफैँ मृतक हो उसले भिक्षार्थीलाई केदिनसक्छ?'

'मृतक' शब्द सुनेर त्यसैत्यसै चकित विस्मित भयो। उसले ट्वाँ परेर मृतकलाई अलिबेर अपलकहेर्यो। अस्तित्वमा सशरीर उपस्थित खुरुखुरु बोल्दैछ। तैपनि भन्छ- मृतक हुँ ! झनै जिल्पर्यो। मृतकले भनेँ- 'कुरो साँचो हो। मर्नु तैपनि सशरीर देखिनु बोल्नु उत्तरआधुनिक रहस्यहो। मृत आधुनिकहरुबाट यो रहस्यको अर्थ कदापि खुल्दैन।'

युुवकले हडबडाउँदै पुनः मेरा चरण स्पर्श गर्न खोज्यो।

'युवक !' मैले पुनः सम्झाएँ, ' मृतकका चरण स्पर्श गर्नु व्यर्थ छ।'

'तब कसका चरण स्पर्श गरुँ ज्यू?' याचक मुद्रामा युवकले हात मल्यो।

'जिउँदा लेखकका,' मैले भनेँ।

'को हुन् ती जिउँदा लेखक, दाज्यैज्यू?'

'ती हेरु यी हुन्।' जिउँदा लेखकको नाम मैले देखाएँ। त्यो गरिमामय नाम हो श्री राजेन्द्र थापा। 'सुनयुवक !' मैले भनेँ, 'यी जन्मे मरेँ।'

'यी केमा जन्मे ज्यू?' युवकले खुल्दुली पोख्यो।

'यी खेलौनामा जन्मे।'

युवकले टेबुलबाट खेलौना टपक्क टिप्यो। उसले बाहिरी गातामा अङ्कित देखाउन देखिनका लागिस्तन भगसिवाय केही नभएकी सुभगेको तस्बिर एकाग्र दृष्टिले हेर्यो। , मुग्ध दृष्टिले एक टकले हेरीनै रह्यो। अनि सोध्यो, 'यो खेलौनामा के ज्यू?'

'नवीन दृष्टि उत्तम कृतिको परख गर्ने अद्वितीय प्रतिभा भएका भूमिका लेखक जगदीश घिमिरेलेभनेका छन्- यसको सौन्दर्य मर्म बु यो पढ्नैपर्छ। सुन युवक, तिनको दिव्य कथनमाथि मेरोअगाध विश्वास छ। तैपनि किञ्चित् धृष्टतासाथ भन्छु- यो खेलौनामा रस छ।'

'कस्तो रस?'

'लिङ्गरस भगरस।'

'नवरसमध्ये यो कुन रस हो ज्यू?'

'जिज्ञासु युवक, रस जगत्मा यो नवीनतम एवं अनुपम आविष्कार हो। यो दशरस हो। योजाज्ज्वल्यमान् रसका मुखेन्जी नाथे नवरसहरु मिति गुजि्रएका ओखतीतुल्य हुन्। ती कालातीत रसहुन्।'

बालकले मनमोहक खेलौना खेलाएझैँ युवकले मुसार्दै सर्सरी पाता पल्टाउँदै खेलौना खेलायो। ,मुहुनीमय खेलौनामा दृष्टि स्थिर गरेर उसले घुटुक्क थुक निल्यो।

'दाज्यै, यसमा अरु के ?' युवकले कौतुकमय प्रश्न मतिर तेर्स्यायो।

'यसमा लिङ्गको भयानक नर्तन भगको उत्पात चुरिफुरी। कर्पोरेट बजारमा नै योमारामार बिकिरहेछ।'

'अनि यसको प्रयोजन?' खेलौना छातीमा टाँसेर युवक बोल्यो।

'प्रयोजन उदात्त छ।' मैले बुझाउन खोजेँ। 'विरलाकोटी लेखक राजेन्द्र थापामा नारी जीवनप्रति असीमसहानुभूति छ। पितृसत्ताद्वारा खेलौना बनाइएकी नारीको दुरावस्था देखेर लेखकको द्रवीत हृदय सहस्रचिरा परेको छ। नै बडो मङ्गलकारी मुद्रामा लेखक भन्छन्- यो खेलौना सेक्सको न्यायोचित एवंमनोवैज्ञानिक व्यवस्थापनको अचुक अस्त्र हो। हो यो सेक्स शिक्षाको अत्युत्तम पाठ्यसामग्री पनि।लिङ्गको बेलगाम नर्तन भगको असह्य तृष्णाको उत्पाती चित्र खिचेर लेखक यी सबै प्रयोजनलाईसाकार रुप दिन कटिबद्ध छन्। बुझ युवक ! नवीन युगको महान् लेखकमा हुनुपर्ने दृढ लेखकीयप्रतिबद्धता यस्तो पो हो ! हेर , साधन कस्तो अनि साध्य कस्तो !'

युवक मृत लेखकको मृत कथन सास रोकेर सुनिरहेछ। उसमा श्री थापाजस्तै नवयुगको भव्य लेखकबनेर नाम, दाम अमरत्व आर्जन गर्ने लालसा बढ्दो छ। सोध्छ, 'दाज्यै, लिङ्गरस भगरसको योअजस्र प्रवाहमा अरु विशिष्टता के ?'

'युवक ! दशौँ रसको विशिष्टताको ज्ञाता होइन। केवल मृतक हुँ, प्रेततुल्य कालातीत रअप्रासङ्गिक। यसका ज्ञाता लिङ्गरस भगरसका प्रखर एवं मुखर पारखी भूमिका लेखक जगदीशघिमिरे यी रसद्वयका गुणग्राही अनुमोदक बैरागी काइँला हुन्। जाऊ तिनलाई सोध।'

'दाज्यै !' खेलौनालाई म्वाइ खान खोज्दै युवकले बिन्ती बिसायो, 'यो खेलौनाको महत्तामाथि यी दुईमहारथीले पारेको प्रकाश हेर्न पाए कस्तो हुन्थ्यो !'

'सुन,' बिन्तीको प्रत्युत्तरमा मृत लेखक बोल्यो, 'प्रकाश प्रस्तुत छ। रसपारखी भूमिका लेखकलेखेलौनालाई क्रान्तिकारी डकुमेन्ट्री उपन्यास भन्ने अलङ्कारले विभूषित गरेका छन्। अनि उनलेयसलाई सेक्स जगत्मा नयाँ मान्यताको क्रान्तिकारी प्रतिपादन भन्न पनि भ्याएका छन्। उता झनैरसपारखी बैरागी काइँलाले यसलाई मनोविश्लेषणात्मक आख्यानमा वीपी कोइरालापछिको भयंकरआँटिलो चेष्टा भन्ने दामी पगरी गुथाइदिएका छन्।'

'..' कुरा घत परेर होला, युवकले ल्याप्प ओठ चाट्दै मुन्टो हल्लायो।

यहाँनेर युवकलाई मृतकले सोधेँ, 'युवक, जगदीश बैरागीलाई तिनका दुर्लभ उपाधिसहित तिमीचिन्छौ?'

युवकले दुईचोटि सकारसूचक दुईचोटि नकारसूचक भावले मुन्टो हल्लायो। तसर्थ युवकका चित्तकोअन्यौलको कुहिरोलाई पन्छाइदिन मैले फर्माएँ, 'सुन, लेखकको तहगत सोपानमा यी दुई मनीषिउपल्लो दर्जामा पर्छन्।'

'मतलब, दाज्यै?'

'मतलब के भने युवक, मदन पुस्कार विजेता जगदीश लेखकीय सोपानका खुट्किलामा साहित्यिकासेक्सन अफिसर हुन्। , बैरागी काइँला हुन् समस्त साहित्यिक कुलका कुलपति लेखकीय सोपानकाखुट्किलामा साहित्यका मुख्य सचिव। लेखनाथीय नीति वचनलाई थोरै संशोधन गरेर भन्ने हो भनेयुवक, बडाले जो दियो वाणी हुन्छ त्यो सर्वसम्मत। उसो भूमिका लेखकले यो रसदार खेलौनासर्वग्राह्य हुनसक्ने भविष्यवाणी नै गरेका छन्।'

'......' कुराको रसमय चुरो बुझेर होला, युवक मुसुक्क हाँस्यो। , उसले अर्को जिज्ञाषा टेबुलगर्यो, 'अनि दाज्यैज्यू, उबेलाका बीपी अचेलका थापाको दाँजो कसरी सम्भव भयो?'

यहाँनेर मृत लेखकलाई सीके लालको टिप्पणीको याद आयो। कुलपति बैरागीको मन्तव्य पढेर मुखबिगार्दै तिनले भनेका थिए, 'यी बैरागीले कि बिपीका मनोविश्लेषणात्मक आख्यान पढेकै छैनन् वापढेर बुझेका छैनन् वा खेलौना पढ्दै नपढी यिनले कुलपतिको व्यासासनमा बसेर अन्तर्यामी दृष्टिलेबिपी राजेन्द्रका कुम जोडिदिएका हुन्। यो एउटाको उग्र अवमूल्यन अर्काको उग्र अधिमूल्यन हो।'

लालवाणी सुनेर मृत लेखक झसङ्ग भएँ। लाग्यो, यिनको टिप्पणीमा केही दम पो कि? तरतत्क्षण मलाई ज्ञानोदय भयो, सीके लाल पनि आखिर मृत लेखकै हुन्। यी मृतक आख्यानलाईआदर्श मर्यादाको मानकले जोख्न खोज्छन्। त्यो बित्थाको कालातीत मानक हो, उपयोग मूल्यनिखि्रएर पत्रु भएको मानक।

लालवाणीबाट पन्छिन खोजेँ तर त्यसले आफ्नै छायाँले झैँ मलाई पछ्याइरह्यो। , पूर्व जुनीको स्मृतिमलाई गाँज्न आइलाग्यो। त्यो स्मृतिले भन्यो- बिपी लज्जालुु थिए। त्यसैले तिनले यौनमनोविश्लेषणलाई सामाजिक मर्यादाको आवरणभित्र राख्न खोजे। तिनले यौनप्रधान साहित्यमा सौन्दर्यरसको जलप लगाउन यथाशक्य यत्न गरे। तिनमा रमरम नै भए पनि साहित्यको आत्मिक उन्नयन ररुचि परिष्कारको भूमिकाको आग्रह थियो। तर यी उहिलेका कुरा हुन् जो खुइलिएर गइसके। रसमहलका पारखी दृष्टियुक्त जगदीशद्वारा 'क्रान्तिकारी' घोषित राजेन्द्र थापा मानक भञ्जक हुन्। लज्जार मर्यादा एवं सौन्दर्य सुवासजस्ता साहित्यका कालातीत मानकको एक्काइसौँ शताब्दीमा के काम?काम केवल ताण्डवकारी लिङ्ग गाथाको अराजक भग गाथाको। मृत लेखक भन्छु, मृतबिपीका मनोविश्लेषणात्मक आख्यानहरु स्वयं मृतक हुन्। जे जीवन्त त्यो केवल खेलौना हो।खेलौना मानक भञ्जनको गर्भबाट जन्मेको जीवनको कुरुपीकरण, विरुपीकरण विद्रूपीकरणकोउत्कृष्ट नमूना हो। यौन साहित्य सिर्जनाको साधनामा निजामति लेखक बिपी उर्ध्वमुखी थिए, जङ्गीलेखक राजेन्द्र अधोमुखी हुन्। तसर्थ बिपी आफ्ना कृतिसहित सर्वाङ्ग मृतक हुन्, राजेन्द्र खेलौनाकोजाज्वल्यमान रसप्रवाहमा चम्किएका युगान्तकारी लेखक हुन्। यसको अकाट् प्रमाण जगदीशद्वारा प्रदत्तशानदार अलङ्कार बैरागीद्वारा प्रदत्त उदारतायुक्त अनुमोदन हो। भाग्यमानीका भुतै कमारा भनेकोयही होला।

लालवाणीमा झुन्डिएर अतीतको स्मृतिमा मृतक बहिकिएँछु। यो मौका छोपेर भिक्षार्थी युवकखेलौनामा डुबेछन्। यसो हेर्छु मेरीबास्सै, युवकको अनुहार खेलौनाको आभाद्वारा एक तमासलेआलोकित पुलकित छ।

'कस्तो लाग्दैछ, युवक?' ठट्ट्याइलो स्वरमा सोधेँ।

'रस अमृततुल्य , दाज्यै।' मुख मिठ्याउँदै युवकले भन्यो।

भन्ने सुन्ने कुरा सकिएझैँ मेरो पूर्व जुनीको पिँडीमा अलिबेर सन्नाटा छायो। अनि निधार मुजा पार्दैयुवकले जिज्ञासाको अर्को पत्र पल्टायो। 'खेलौनाबारे अरु केही मीठो-मसिनो कुरा बाँकी किदाज्यैज्यू?'

'युवक, यो दिव्योपदेशको क्रान्तिकारी कथा अमर गाथा भनेर कहिल्यै सकिँदैन।'

'तथापि थप केही अमूल्य सुन्नपाए हुँदी..' युवकले हात जोड्यो।

'सुन युवक,' मृतक भन्न थालेँ, 'जेको पनि पृष्ठभूमि इतिहास हुन्छ। खेलौनाको पनि छ।'

'त्यो पृष्ठभूमिमा के दाज्यैज्यू?'

'त्यो पृष्ठभूमिमा नीलोचोली आगो छ।'

'यी चोली आगो के हुन् ज्यू?'

'यी पुराना कालजयी कृति हुन्। यिनका छद्मभेषी रचनाकार हुन् गोर्खाल्याण्डका सुवास घिसिङ। यीघिसिङ लिङ्गरसीय एवं भगरसीय लेखनमा राजेन्द्र थापाका जनक, अग्रज प्रेरक हुन्। राजेन्द्रकोआजको क्रान्ति सुवासले पहिल्यै छेडेका थिए। सम्झन्छु, त्यो क्रान्तिले नेपाली शब्द संसारमासानोतिनो उथलपुथल मच्चाएथ्यो। क्रान्तिको यो फाँटमा सुवास शिशु सिकारु हुन्, राजेन्द्र हुन्बयस्क पारङ्गत। सुवासले रसक्रान्ति अधुरै छाडेका थिए। सुवासको बिँडो थाम्दै राजेन्द्रले अहिलेछलाङ मारे। रस जगत्मा सुवास लिङ्गरस भगरसको सपाट वर्णनमा सीमित थिए। राजेन्द्रले यसमानयाँ आयामा थपेका छन् नौलो क्षितिज उघारेका छन्। राजेन्द्रको लेखनमा नवीन रसचेतनाको नूतनउद्घोष , यसमा शानदार शास्त्रार्थ , यसमा घतलाग्दो अर्ती-उपदेश छ। नै यो खेलौना नीलोचोली आगोलाई फिका तुल्याउँदै आफ्ना मौलिक विशिष्टताहरुले विपुल छ।'

घडी हेर्दै युवकले आग्रह गर्यो, 'दाज्यै, सभक्ति राजेन्द्रपथमा लाग्न आतुर छु। नाम, दाम रअमरत्व आर्जन गर्ने तृष्णा तृप्त गर्न चाहन्छु। आज्ञा होस् दाज्यैज्यू, मैले अब के गर्नुपर्ला?' 

'गर्नुपर्ने कुरा तीनवटा छन्,' मृत लेखकका मुखारविन्दबाट आज्ञा फुर्यो, 'युवक, तिमी खेलौनाकोभाग दुई लेख। त्यसमा यीभन्दा सबल, सशक्त, ऊर्जाशील क्रियाशील लिङ्ग भगहरुको निर्माणगर। त्यसमा खेलौना एकलाई माथ गर्ने गरी लिङ्ग नर्तन भग छम्छम्को जादूगरी छटाको चमत्कारसिर्जना गर। बस्, यो हो पहिलो काम।'

'दाज्यै, अनि दोस्रो?'

'दोस्रो काम हो सुयोग्य पात्रका हातबाट भूमिका लेखाऊ।'

'दाज्यै, भूमिका शिरोमणि प्राडा गोविन्दराज भट्टराईबाट लेखाए कसो होला?'

'हुँदैन, युवक। त्यो काम लाग्दैन। खेलौनाको लिङ्ग एवं भगरसीय चेतनाको डसाइबाट सके यीगोविन्दको उत्तरआधुनिक चेतना मूर्च्छा पर्यो होला। यस अर्थमा यी गोविन्द पनि मृत लेखक हुन्।फेरि, यी गोविन्द लेखन जगत्का पृरस्कृत सेक्सन अफिसर हन् यी साहित्यिक कुलका कुनै पतिनै हुन्। तसर्थ यी लेखकीय सोपानका केवल खरिदार हुन्। युवक, खरिदार नाथेको भूमिकाले रसमार्गीकृतिमा केको चमक थप्छ?'

युवकले लामो सुस्केरा हाल्यो। अनि कन्सिरी कन्याउँदै सोधनी गर्यो, 'अनि प्राडा अभि सुवेदीकोभूमिका नि ज्यू?'

'त्यो पनि काम लाग्दैन।' जीवन्त लेखक बन्न चाहने युवकलाई मृत लेखकले सम्झाएँ। 'हेर, अभिसाहित्यमा जीवनका दृश्य अदृश्य, छूटप्राप्त निषिद्ध, यौन अर्थ, धर्म राजनीति सबै क्षेत्र रपत्रको यथार्थ उजागर हुनुपर्ने उदार आग्रह राख्छन्। अभि साहित्यका विषयहरुमा पर्दाप्रथालाईमान्दैनन्। तर अभि पनि बिपीजस्तै लज्जालु छन्। यी साहित्यमा सौन्दर्य मर्यादाका कुरा गर्छन्। यीपनि आत्मिक उन्नयन रुचि परिष्कारको जिरह गर्छन्। पुरस्कारविहीन पदहीन अभि लेखकीयसोपानका हदै भए नायक सुब्बा हुन्। यी पनि मृत लेखकै हुन्। युवक, मृत लेखकले जीवित लेखककाकृतिको भूमिकामा के लेख्छ?'

युवकले झन् लामो सुस्केरा हाल्यो।

'उसोभए दाज्यै, ती सुयोग्य लेखक को हुन् जसको भूमिकाले कृतिलाई शोभा शान दिन्छ?'

'युवक, ती रसजगत्का क्रान्तिद्रष्टा लेखकीय सोपानका सेक्सन अफिसर श्री जगदीश घिमिरे हुन्। ममृत लेखक ठोकेर भन्छु युवक, खेलौना एकपछि खेलौना दुईमा भूमिका लेख्ने ल्याकत भएका एकमात्रजीवन्त लेखक श्री घिमिरे नै हुन्।'

'ज्यू ज्यू,' कुरा बुझेर युवकले नाक मुसार्दै मुन्टो हल्लायो। 'अनि तेस्रो कुरा दाज्यैज्यू?'

'तेस्रो कुरा हो, साहित्यिक कुलका कुलपतिको अनुमोदन।'

'बस्, बस्।' युवक हौसियो। 'यति भए चीज बन्छ हैन, दाज्यैज्यू?'

'बन्छ युवक। तीन लाखको थैलो लिएर पाण्डुलिपि लिन ङिच्च हाँस्दै रसपारखी प्रकाशक तिम्रोघरदैलोमा धाउँछ। अनि अरु लाखहरु लुतुलुतु आइरहन्छन्। सञ्चारमा प्रचारबाजीको धूलो उड्छ।प्रोफेसर प्राडा, कवि लेखक, नाट्यकर्मी सिनेकर्मी, आदि इत्यादि लिङ्गरस भगरसबाटनिर्मित कृतिको महात्म्य गाउन लाम लाग्छन्। ज्वलन्त उदाहरण राजेन्द्र थपाको खेलौना तिम्रानाकैअगाडि छँदैछ। यो मृतकवाणी ध्यानले सुन युवक, थापाको खेलौनामाथि अव विद्यावारिधीकोलहर चल्नेछ। हेरिराख, यसले सत्यनारायण व्रतकथाको ठाउँ लिन कत्ति बेर छैन। भन युवक,पीडित गोमा ब्राह्मणीहरुको उद्धारकर्ता मुक्तिदाता इहलोकमा योबाहेक अरु के ?'

युवक बाटो लाग्न उठ्यो।

'दाज्यै, मेरो भविष्यबारे एक वचन....'

'क्रान्तिकारी राजेन्द्रपथमा समर्पित होऊ, जगदीशका चरण स्पर्श गरेर भूमिका लेखाऊ, कुलपतिवैरागीको मूल्यवान् अनुमोदन प्राप्त गर। बस्, युगान्तरको कोशेढुङ्गाका निर्माता राजेन्द्र थापापछिकुनै जीवित लेखकको भविष्य उज्ज्वल भने त्यो तिम्रै हो, युवक।'

 

युवकले कृतकृत्य हुँदै निहुरिएर बिदाइ चरण स्पर्श गर्न खोज्यो। तर्किन खोज्दै मृत लेखकले भनेँ, 'आशीर्वाद युवक, रसमय राजेन्द्रपथको सदा जय होस् !'

[साभार: नागरिक दैनिक]

Taxonomy upgrade extras: 

Comments