मिथिलामा मदनोत्सव / डा. रामदयाल राकेश

सम्पूर्ण मिथिलाञ्चलमा मनाइने फाल्गुणोत्सवलाई मदनोत्सव पनि भनिन्छ । यसलाई वसन्तोत्सव, कामोत्सव, अर्नगोत्सव र मदन महोत्सव पनि भनिन्छ । मधु उत्सव, चैत्रोत्सव आदि नामबाट पनि यसलाई सम्बोधन गर्ने गरिन्छ । मदन कामको देवता मानिएकाले यस पर्वलाई मदनसित जोडिएको छ । यस पर्वको धेरै लामो परम्परा रहेछ । संस्कृत साहित्य धेरै समृद्धशाली, सम्पन्न र सुरुचिपूर्ण रहेको कुरो पनि र्सवविदितै छ । संस्कृत साहित्यमा यसको राम्रो वर्ण्र्ाागरिएको पाइन्छ । 'शृंगार मञ्जरी कथा' र 'काव्य विवेकमा' यसलाई काम महोत्सव भनिएको छ । 'रत्नावली' र 'भविष्य पुराण'मा यसलाई मदन महोत्सव र चैत्रोत्सव भनेर वर्ण्र्ाागरिएको छ । भविष्यपुराणको एउटा खण्डमा यसलाई फाल्गुणोत्सव भनिएको छ । राघवनले यसलाई होली र वसन्तोत्सव पनि भनेका छन् । फाल्गुणोत्सवलाई फाल्गुण पूणिर्माको सुखद अवसरमा मनाउने एउटा सुदर्ीघ परम्परा छ । यो एक दिनको पर्व होइन, अपितु वसन्त पञ्चमीदेखि फाल्गुण पूणिर्मासम्म मनाउने लामो अवधिको ठूलो चाड हो । महाकवि कालिदासले यसलाई आफ्नो अमर कृति 'शाकुन्तलम्'मा ऋतु उत्सव भनेका छन् । 'रत्नावली' र 'दस चुमोर चरित'मा पनि यसको मनोहारी एवं मनोरम चित्रण गरिएको पाइन्छ । महाकवि वाणभट्टले पनि आफ्नो 'कादम्बरी' अमर कृतिमा यसको राम्रो वर्ण्र्ाागरेका छन् । कवि राग शेखरले 'कार्यमिमांसा'मा यस पर्वको उल्लेख गरेर यसको सांस्कृतिक गौरव गरिएको गौरवपर्ूण्ा वर्ण्र्ाागरेका छन् । यसबाटके प्रस्ट हुन्छ कि, फाल्गुणोत्सवको लामो सांस्कृतिक परम्परा रहेछ ।

मिथिलाञ्चलमा सदियौँदेखि मनाउने यसको गरिमापर्ूण्ा परम्परालाई महाकवि विद्यापतिले पनि उल्लेख गरेका छन्-

'मधुर ऋतु मधुकर पन्थ । मधुर कुुसुम मधुमति,
मधुर वृन्दावन माझ । मधुर मधुर रसराज,
मधुर युवतीगणसँग । मधुर मधुर रसरंग,
मधुर यन्त्र रसाल । मधुर मधुर करताल,
मधुर नतन गति भंग । मधुर नटिनी नट रंग,
मधुर मधुर रसगान । मधुर विद्यापति भान ।

हिन्दूहरूको महानतम चाड फाल्गुणोत्सव फाल्गुण महिना शुक्ल पक्षको पूणिर्मा र चैत्र प्रतिपदाको दिनमा मनाउने परम्परा छ । काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा फाल्गुण पूणिर्माको दिनमा यसलाई विशेष अभिरुचिका साथ मनाइन्छ भने सम्पूर्ण मधेसमा यसको भोलिपल्ट मनाइने परम्परा छ ।

पूराकथाः हिरण्यकश्यपु राक्षसहरूका राजा थिए । उनका छोरा प्रह्लाद भगवानभक्त थिए । हिरण्यकश्यपु आफूलाई नै भगवान ठान्दथे । तर्सथ, अरू कसैलाई भगवान नमान्ने अहंकारी राजा थिए । प्रह्लाद भगवानको परमभक्त भएको हुनाले उनलाई मार्ने एउटा षड्यन्त्र रचे । आफ्नी बहिनी होलिकाको काखमा प्रह्लादलाई राखेर आगो लगाउन लगाइदिए । यस विश्वासमा कि होलिकालाई आगोले केही बिगार्न सक्तैन भनेर । तर, परिणामचाहिँ उल्टो भइदियो । होलिका आगोमा जलेर मरिन् तर प्रह्लाद भगवानको कृपा र आशर्ीवादले बाँचे । यो असत्यमाथि सत्यको विजय थियो । पापमाथि पुण्यको विजय थियो । त्यस दिनदेखि होलिकोत्सव मनाउने परम्परा प्रारम्भ भयो ।

यर्सथ, हिन्दू धर्मावलम्बीहरूले यस पौराणिक परम्परालाई आज पनि निरन्तरता दिँदै आएका छन् र यस पर्वलाई मनाउने गर्दछन् । सम्पर्ूण्ा मधेस र छिमेकी भारतवर्षा पनि यस पर्वलाई चैत्र प्रतिपदाको दिनमा मनाउने लामो परम्परा रहेछ । फाल्गुण पूणिर्माको राति होलिकोत्सव मनाइन्छ । अर्थात्, होलिकाको पुतलालाई दहन गरेर भोलिपल्ट यस पर्वलाई मनाइन्छ । यही पौराणिक कारण छ कि, सम्पर्ूण्ा मधेसमा होलिकोत्सव गरेर भोलिपल्ट यस पर्वलाई मनाउने गरिन्छ ।
विधि ः होलिकोत्सवमा अहिले के गरिन्छ भने गाउँभरिको कुडाकर्कट र झारपातलाई एउटा र्सार्वजनिक ठाउँमा थुपारेर यसलाई आगो लगाएर जलाइन्छ, जसलाई स्थानीय भाषामा 'सम्मत' भनिन्छ । यसबाट गाउँको सफाइ पनि भइहाल्छ । पर्यावरण सफा सुग्घर राख्ने यो एउटा राम्रो परम्परा छ । मधेसीहरूमा पर्यावरणको चेतना रहेछ भन्ने यसबाट प्रमाणित हुन्छ, प्रस्ट हुन्छ । यसको खरानी दलेर ढोल, मृदंग र झालको नादसँग होली लोकगीत गाउँदै होलैयाहरू (होली गीत गाउनेहरू) घर-घर जाने गर्दछन् र यिनीहरूलाई भव्य स्वागत गरिने परम्परा छ । रंग, अबिर, पान, सुपारीबाट यिनीहरूको स्वागत सत्कार गाउँभरि गरिन्छ । होलीको लोकगीतलाई फगुवा गीत पनि भनिन्छ । यसमा शास्त्रीयताको पनि समावेश स्वतः समाहित भएको हुन्छ ।
यस्ता धेरै लोकप्रिय र कर्णप्रिय लोकगीतहरूबाट सारा गाउँ गुञ्जित हुन थाल्छ । एकाबिहानैदेखि रातिसम्म यस्ता मधुर गीतहरूबाट गाउँको वातावरण संगीतमय भइहाल्दछ । यो एक दिन मात्र गाइने गीत होइन, वरण वसन्त पञ्चमीदेखि नै यसको गायन प्रारम्भ हुने परम्परा छ । वसन्त पञ्चमीदेखि चैत्र प्रतिपदासम्म यस गीतको गाउने लौकिक परम्परा छ र गाउँवासीहरू यसबाट धेरै प्रभावित एवं प्रेरित पनि हुन्छन् । यस सुखद् अवसरमा गाइने लोकगीतहरूको गेडा लोकगीत प्रेमीहरूको लागि यसरी अग्रसारित गरिन्छ ः

१.जनकपुर रंगमहल होरी
किनका हाथ कनक पिचकारी
किनका हाथ अबिर झोरी
राम के हाथ कनक पिचकारी
लक्ष्मण हाथ अबिर झोरी
जनकपुर रंगमहल होरी ।

२. शिव मठपर सोमे लाल धजा
शिव मठपर (टेक) ।

३. यमुना तर श्याम खेले होली
यमुना तट (टेक) ।

होली या फागुको अवसरमा भाङ र मदिरा खाने पनि परम्परा प्रचलित छ । मिथिलावासीहरू भाङलाई विशेष किसिमले तयार गर्ने गर्छन् । यसमा दूध, काजु, किसमिस र नरिवल मिसाएर पेयपदार्थ बनाएर पिउने गर्दछन् । यसको स्वाद पनि राम्रो र नशा पनि गजबको दिने गर्दछ र बेहोस हुने गरी खानु हुन्न ।

बेहोस हुनेगरी खाने एक जनासँग उसकी श्रीमतीले गरेको सिकायत निम्नलिखित गीतको गेडामा अभिव्यक्त भएको पाइन्छ ः

'नकबेसर कागाले भागा, सयौं अभागा न जाना'

अर्थात्, लोग्नेले यति नशा गरे कि, उसकी स्वास्नीको नाकमा लगाउने 'नकबेसर' कागले लिएर गए तर उसलाई थाहा भएन । यसको सन्देश के छ भने बेहोस हुने गरी कसैले मादक पदार्थको सेवन फागुमा गर्नु हुँदैन ।

मधेसी समाजको संरचना धेरै सघन र संवेदनशील भएको तर आजको नयाँ संस्कृतिको प्रभाव पनि उत्तिकै परिराखेको हुनाले यसमा पनि धेरै प्रभाव परेको हुनाले यसमा परिवर्तन प्रतिलक्षित हुन्छ । आजको मधेसी समाज पनि नयाँ संस्कृतिअनुसार बदलिनु स्वाभाविक छ । संस्कृति संरचरणशील हुन्छ । स्वस्थ प्रभाव पर्नु स्वागतयोग्य छ तर प्रभावका नाममा विकृति भित्र्याउनु कहिले पनि पाच्य हुँदैन, कुनै पनि संस्कृतिभित्र । आजको मधेसी समाजमा फागुका नाममा कर्जा लिएर पनि फागु मनाउने, आर्थिक भारमा सालभरि पिल्सिनु पीडादायक छ भने अर्कोतिर फागुको सुखद अवसरमा मारपिट गर्नु, हिंसालाई प्रश्रय दिनु जस्ता जघन्य अपराध हुनु भर्त्सनायोग्य कुरा हो ।
फागु प्रेमको पर्व हो । यो सद्भाव, भातृत्व, मित्रता, साम्प्रदायिक सद्भाव बढाउने खालको पर्व हो । यसमा फागु खेलेपछि आफूभन्दा ठूलो मानिसलाई मान्ने परम्परा छ । रंग एवं अबिर लगाएपछि नमस्कार गर्ने, अंकमाल गर्ने, खुट्टा र्स्पर्श गर्ने आदि शिष्टाचारको पालन गर्ने आवश्यक ठानिन्छ । भाउजू र देवरको सुमधुर सम्बन्ध यसमा देखिन्छ तर आदरभावको अभिव्यक्ति पनि अभिनन्दनीय मानिन्छ ।

यस्तो सभ्य र सुसंस्कृत चार्डपर्वलाई पनि केही अनुशासनहीन मानिसहरू उच्छृंखल किसिमको क्रियाकलाप गरेर बदनाम गर्ने गर्दछन् । यसमा छाडापन र्छलर्ंंग देखिन्छ । तरुणीहरूलाई जिस्काउने, उनीहरूको संवेदनशील अंगमाथि लोला हाल्ने, बाटोघाटोमा हिँडदा अश्लील शब्दावली प्रयोग गर्ने आदि विकृतिहरू भित्र्याउने कोसिस गरिन्छ । मिश्रति रंग र अबिर हाल्दा शरीरमा 'एलर्जी' हुने, चर्मरोग हुने आदि खतरा हुन्छ । यसबाट समाजमा नकारात्मक सन्देश जान्छ, फागुको नाममा । तर्सथ, यस्तो गतिविधि तुरुन्त बन्द गर्नुपर्छ ।

फागु प्रेम, स्नेह र सद्भावको ठूलो पर्व हो । यो एकदम प्रजातान्त्रिक पर्व हो । किनभने यसमा जातजाति र वर्गको भेदभाव हुँदैन । धनी-गरिब, उच्च-नीच सबै मिलेर यस पर्वलाई मनाउने परम्परा सदियौँदेखि जीवित छ । यहाँसम्म कि अचेल हिन्दू र मुस्लिम सँगै मिलेर अबिर एक आपसमा दलेर, अंकमाल गरेर यस पर्वमा सहभागी हुन्छन् । रंगसँग अवश्य मुस्लिमलई परहेज छ तर अबिर सहज स्वीकार्य छ ।

आज भ्यालेन्टाइन चाडलाई भित्र्याउने कोसिस भइराखेको छ र युवा वर्ग यसको पछाडि पागलजस्तो लागेको देखिन्छ तर फागुमा प्रगाढ प्रेमको प्रकटीकरण सहज रूपमा प्रदर्शित भएको देखिन्छ । यदि फागुलाई यसको परम्परित रूपमा मनाउने गरियो भने भ्यालेन्टाइन पर्व यसका अगाडि फिका पर्न सक्छ किनभने यसमा प्रेमको पावन रूप प्रस्ट रूपमा देखिन्छ ।
(साभार: राजधानी दैनिक)

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom