Loading

मिस रश्मी / झलक सुवेदी

आदरणीय सन्तोष सर,

नमस्कार ।

मजस्ती धोका दिएर हिँडेकी स्त्रीले ‘आदरणीय’ शब्द प्रयोग गरेकोमा तपाईंंलाई आश्चर्य लागेपनि म तपाईंंलाई आदरणीय नै मान्छु । मैले तपाईंंबाटै जीवनका मूल्य र स्वतन्त्रताको शक्तिको ज्ञान प्राप्त गरेकी हु“ । सायद तपाईंंस“ग भेट नभएको भए, तपाईंंस“ग त्यति वर्ष सहधर्मिणीका रुपमा नबिताएको भए म आज ‘म’ हुन वा अहिलेको ठाउ“मा आउन सक्दिनथें । म कतै कुनै तपाईंं वा तपाईंंजस्तै पुरुषको बिस्ताराको निष्क्रिय सहभागी वा दुई–चार थान बच्चाकी आमाका रुपमा सीमित हुन्थें । त्यसैले आज म जे छु, त्यसका लागि म तपाईंंप्रति ऋणी छु ।

मैले तपाईंंस“ग छुट्टिने कसम खाएको भएर छोडेकी पनि होइन । तर मभित्र जागेको आकांक्षाको पूर्ति तपाईंंबाट सम्भव भएन र परिस्थिति पनि त्यसरी नै निर्माण हु“दै गयो । छोरीहरुलाई छाडेर हिँड्नु परेकोमा मलाई दुःख छ । सकें भने पछि केही सहयोग अवश्य गर्नेछु । अहिले त म आम्स्टर्डाममा सोसियोलोजीमा मास्टर्स गर्दैछु र सकेसम्म यतैबाट पिएचडी सकेर फर्कने विचारमा छु । र, म यसमा सम्पूर्ण रुपले खुसी छु । छोरीहरुको ख्याल गर्नुहोला । अनि अब यसै भौंतारिनुभन्दा एउटा बिहे गरेर आफ्नो जीवनलाई व्यवस्थित गर्नुहोला । तपाईंंको जीवनलाई सरल बनाइरहने कत्र्तव्यको दास भएर मैले आफूलाई नाशिन दिन चाहिनँ । सक्नुहुन्छ भने मलाई माफ दिनुहोला । नसके बिर्सिदिनुहोला ।

उही

रश्मी

८ मार्च २०००, आम्स्टर्डाम

जिन्दगीमा प्राप्त हुने यति साना लेखोटको महत्व वा शक्ति के नै हुन्छ र ? तर यो पत्रले मेरो सारा नैतिक शक्ति र चिन्तन प्रणालीमाथि यति ठूलो चोट पा¥यो कि मैले त्यसलाई थेग्न पा“चवटा अनिँदा रातस“ग बिताउनुप¥यो । मेरो सरल जीवनका सूत्रहरु त धेरै पहिले फाटिसकेकै थिए । तिनले मलाई जीवनको अ“ध्यारो गल्लीबाट निस्कन कुनै सहयोग नै गरेनन् । मैले जीवनमा दुईवटा कुरालाई मात्र आफ्नो ठानेर प्रेम गरेको थिए“ । पहिलो प्रेम आफू लागेको पार्टी र त्यसका विचारलाई । अनि दोस्रो, यही धोखेबाज आइमाईलाई । प्रेम पनि साला आफूलाई पूरै सुम्पेर गरिएको थियो । तर आज म दुवैथोकबाट पानीबाट निकालेर बालुवामा मिल्काइएको माछाझै मिल्काइएको छु । मैले जीवनका नया“ मूल्यस“ग सम्झौता गर्न पनि सकेको छैन र पुराना आदर्शहरु आफै किनारामा बसेर मलाई जिस्काइरहेका छन् । म, हामीले बिताएको जीवनका सुखद् क्षण सम्झेर भावी दिन गुजार्न सक्दिनँ र नया“ बाटोको कुनै प्रष्ट रेखा पनि मस“ग छैन । एउटामात्र प्रष्ट छ, मैले नया“ जीवनमूल्य स्थापित गर्नै पर्नेछ र म त्यसकै खोजीमा छु । तर विगतलाई बिर्सेर नया“ बाटो कसरी निर्माण हुन्छ र !

संवत् दुई हजार छयालीस सालको भदौतिरको कुनै दिन म क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको कार्यालयमा मिखाइल सोलोखोवको प्रसिद्ध उपन्यास ‘शान्त दोन’को खण्ड दुई पढेर बसिरहेको थिए“ । म स्ववियुमा निर्वाचित पदाधिकारी थिए“ । अनि त्यतिबेला प्रमाणपत्र तहमा भर्ना हुने क्रम चलिरहेको थियो । हामीहरु ग्रामीण भेगबाट आउने बढीभन्दा बढी विद्यार्थीलाई भर्नालगायतका काममा सुविधा पु¥याएर उनीहरुको विश्वास जित्न र संगठन विस्तार गर्न चाहन्थ्यौं । पृथ्वीनारायण कलेज त्यस क्षेत्रमा हाम्रो पार्टी कामको केन्द्र नै थियो । त्यहीँबाट उत्पादित सयौं कार्यकर्ता र समर्थकका कारण पार्टीको शक्ति तीब्र रुपमा विकास भएको थियो । त्यसैले भर्ना, छात्रावास तथा अन्य सुविधाको हामी राम्रो प्रयोग गथ्र्यौं । र, नया“ विद्यार्थीलाई विस्तारै संगठित गरिहाल्थ्यौं । गाउ“बाट पार्टीको सूत्रले पनि त्यसरी आउने विद्यार्थीमध्ये समर्थकहरुको सूची पठाउने गथ्र्यो ।

त्यही बेला ‘सर, नमस्कार !’ भन्दै एकजना अधवैंसे पुरुष र एउटी सलसलाउ“दी केटी ढोकामा देखापरे । ढोकाबाहिरै चप्पल खोलेर भित्र प्रवेश गर्न खोजेपछि ‘मैले चप्पल लगाएर आउनुस्, केही हुन्न’ भनेर सम्झाउ“दै तिनीहरुलाई नियालें । हेर्दा बाबु–छोरी लाग्ने तिनीहरुमा जीवनका ग्रामीण चरित्रहरु प्रष्टस“ग देखिन्थे । दाह्री खौरिँदा ब्लेडले ठाउ“ कुठाउ“ निकालेको रगतका टाटा लिएर आएको बाबुको अलि दुब्लो अनुहारमा उत्सुकता र अलमल स“गस“गै टा“सिएका थिए । ढाका टोपी, इष्टकोट, का“धमा भिरेको झोला र छाताले ऊ गाउ“मा शिक्षक छ भनेर ठम्याउन कुनै गाह्रो पर्दैनथ्यो । उसले खोलिसकेका चप्पल आफ्ना खस्रा खुट्टामा फेरि उन्यो र हात जोड्दै भित्र पस्यो । छोरीचाहिँले चप्पल फेरि लगाउने आ“ट गरिन र बाबुको पछि छेलिँदै र कार्यालयभरि बालसुलभ उत्सुकताले हेर्दै छेउको कुर्सीमा आफ्नो फ्रक स्याहार्दै बसी । केटीको सुन्दरता भने उसको तेल हालेर कोरिएको कपाल अनि पुरानो स्कुल ड्रेसको कमिज र फ्रकलाई पन्छाउ“दै प्रस्फुट भइरहेको थियो । उसका आ“खामा रहेको आक्रामक निरीक्षण–शक्ति पनि छोपिएको थिएन । म झण्डै टोल्हाइरहेको बेला बाबुचाहिँले इष्टकोटको भित्री खल्तीबाट पत्र निकालेर भन्यो, ‘सन्तोष सर हुनुहुन्छ होला ? यो पत्र दिनु थियो ।’ मैले आफ्नो परिचय दिँदै पत्र लिए“ र स्टीच खोल्न थालें । मेरा आ“खा भने त्यो केटीबाट पन्छिन अटेर गरिरहेका थिए । पत्र पर्वतको पार्टी नेता तथा मेरो मित्र कमरेड पावेलको थियो ।

प्रिय क. चन्द्र

लाल सलाम !

पत्रबाहक कमरेड रामचन्द्र हाम्रो आश्रयदाता र शिक्षक संगठनका कार्यकर्ता पनि हुनुहुन्छ । उहा“की छोरी रश्मीले यसपालि एसएलसी पास गरेकी र क्याम्पस पढ्ने विचार गरेकीले त्यहा“ पठाएको छु । आवश्यक सहयोग गर्नु नै हुनेछ । नेता बन्ने सम्भावना त कमै छ । तर सामान्य कार्यकर्ताका रुपमा काम गराउनुहोला । नानी असल छिन् ।

यताको पार्टी काममा व्यस्त छु । यसपालि दसैंअगाडि केही दिनको छुट्टी लिएर पोखरा आउ“छु । ‘शान्त दोन’ पढिसकेको भए मलाई राखिदिनुहोला । बा“की भेटमा । हार्दिक अभिवादनसहित !

कमरेड पावेल

पातीचौर, पर्वत

पत्र पढेपछि मैले एसएलसीको मार्कसिट र चारित्रिक प्रमाणपत्र मागें । र, के विषय पढ्न चाहेको हो, कहिले भर्ना गर्न आउनुपर्छ, पैसा कति लाग्छ, कहा“ बस्ने विचार छ भन्ने विषयमा कुरा गरें । त्यसपछि क्याम्पसको क्याफ्टेरियातिर शिक्षक रामचन्द्र र उनकी छोरीलाई चिया खुवाउने निहु“ले लिएर गए“ ।

आज यो के भएको हो, मलाई नै थाहा थिएन । तर क्याम्पसमा देखिने हजारौं केटीतिर कमै लोभिने मेरो मनलाई यो केटीस“ग केहीबेर बढी समय बिताउने लोभले डो¥याइरहेको थियो । क्याफ्टेरियामा कृष्णस“ग चियाका लागि अर्डर गरेपछि मैले ती बाबुछोरीस“ग गाउ“को हालचाल र राजनीतिबारे केहीबेर कुरा गरें ।

यसरी त्यो केटीस“ग मेरो पहिलो परिचय भएको थियो, जसले मेरो भावी जीवनमा ठूलो भुइँचालो ल्याउनेवाला थिई । जीवन आफ्नै गतिमा बगिरहेको थियो । भारतले लगाएको नाकाबन्दी, नेकपा (माले)को भूमिगत रुपमा सम्पन्न महाधिवेशन, कात्तिकमा बस्न लागेको कांग्रेस कार्यसमितिको बैठक चर्चाका विषय थिए । र, विद्यार्थी पंक्ति विस्तारै नया“ आन्दोलनका लागि तयारी गर्दै थियो । क्याम्पसमा हामीजस्ता कार्यकर्ताका लागि भात खानेसम्मको फुर्सद हु“दैनथ्यो । म छात्रावासको कोठा नं. तीसमा बस्थें र घोषित रुपले पार्टीको पेशेवर कार्यकर्ता थिए“ । प्राप्त हुने केही पैसा म पुस्तक र पत्रिकामा खर्च गर्थें । मस“ग फेर्नका लागि प्रायः दोस्रो कपडा पनि हु“दैनथ्यो । सधैं शनिवार वा विदाको दिन पारेर कपडा धोइन्थ्यो र सुकेपछि फेरि त्यही लगाइन्थ्यो । तर जीवन बडो स्वतन्त्र र निस्फिक्रीसँग बितिरहेको थियो ।

त्यस्तै एउटा शनिवार क्याफ्टेरियाअगाडि चौरमा म केही साथीस“ग गफिइरहेको बेला उही रश्मी दुई हात जोडेर नमस्कार भन्दै टुप्लुक्क आइपुगी । तर उसको रुपमा यतिखेर पूरै कायापलट भएको थियो । नया“ सिलाइएका कुर्ता सलवार, एउटा डोरीले बा“धेर खुला छाडेको कपाल अनि कलिलो बाच्छीका जस्ता निश्चल आ“खा । यो एकाध महिनामा ऊ गाउ“की साधारण केटीबाट अर्ध–सहरी मानसिकता र भेषभूषामा बदलिइसकेकी थिई । ‘के छ रश्मी, आराम छौं ?’ मैले उसका छाती र पाखुरामा चिप्लिरहेका आफ्ना आ“खालाई जबरजस्ती उसको अनुहारतिर लतार्दै प्रश्न गरें ।

‘सञ्चै छु सर ।’

‘कहा“ बस्न थाल्यौ त, हामीलाई कोठा–सोठा चिनाउनु पर्दैन ?’

‘त्यहीँ पारि दिपमा बस्न थालें सर । मैले सरलाई कतिपटक भेट्न खोजें, भेट भए पो ?’

‘अनि म मङ्गल ग्रहतिर घुम्न गएको बेला यहा“ कहा“ भेटिन्छु त ?’

‘हें ... सर पनि !’

‘कस्तो लाग्यो त क्याम्पस लाइफ ?’

‘हामी गाम्का मान्छेलाई अलि अप्ठ्यारो र बिरानोजस्तो लाउदो रच सर ।’

‘अनि साथी बनाइनौ त यत्तिका दिनसम्म ? यसो संगठनका कामतिर पनि आउने गर । साथी भेटिइहाल्छन् नि ।’

‘अ“ हुन्छ सर । पावेल कमरेडले सरस“ग अलि अलि साहित्यका पुस्तक मागेर पढ्न भन्नुभथ्यो ।’

‘कस्ता किताब पढ्छ्यौं त । लभसब गर्ने खालका कि अलि गम्भीर खालका खोजिदिऊ“ ?’

उसको अनुहार एक्कासी बाटोमा हान्ने रा“गो भेट्टिएर तर्सेकोजस्तो अ“ध्यारो भयो । केहीबेर त ऊ तंग्रिन नै लाग्यो । अनि विस्तारै सम्हालिएर भनी, ‘कस्तो मात्तेको वाइ तपैंंं त । त्यस्तो कुरा गर्ने हो भने म त जान्चु ।’ ऊ सा“च्चै उठ्न थाली ।

‘ए ! यी ठिटी त केटाकेटीजस्ती पो रै’छन् । ल भैगो, मस“ग हिन । म एउटा किताब दिउ“ला । एउटी क्रान्तिकारी केटीको जीवनी छ । पढेर मलाई फिर्ता गर्नू ।’

उसलाई छात्रावासको गेटबाहिर कुर्न लगाएर मैले ता थि क्यूको जीवनी ल्याएर दिए“ । र, कुनै दिन उसको कोठा चिनाउन कबोल गराउ“दै विदा गरें । केटीको पछाडि लर्किरहेको लामो कपाल र उसको हिँडाइको चाल हेरेर मेरा आ“खा टोलाइरहे । त्यसपछि ऊ प्रायः मबाट पुस्तक लाने र पढेर फर्काउने गर्न थाली । अग्निदीक्षा, मेरो विश्वविद्यालय, युवाहरुको गीतजस्ता उपन्यास र केही अनूदित चिनिया“ कथाहरु उसले पढी । ऊ अखिलको कार्यक्रममा पनि आउन थालेकी थिई ।

यो समय थियो, छयालीस सालको माघ महिनाको, जो हाम्रा लागि आशा र उत्साहका तथा हतासा र आत्मग्लानीका दिनहरु लिएर आएको थियो । वाममोर्चाको गठन, कांग्रेसको चाक्सीबारी सम्मेलन, चन्द्रशेखरको विचारोत्तेजक भाषणजस्ता घटनाले भावी जनआन्दोलनका लागि तीब्र सग्बगाहट पैदा गराएका थिए । देश परिवर्तनको संघारमा थियो । तीस वर्षदेखि देशमा लादिएको अव्यवस्था मक्किएको थियो । गरिबी, बेरोजगारी र उकुसमुकुसपूर्ण व्यवस्थाबाट जनता मुक्ति चाहन्थे । बुद्धिजीवी, विद्यार्थी, वकिल, प्राध्यापक र राजनीतिक रुपमा सचेत शक्तिहरु संसद्ीय खुला व्यवस्था चाहन्थे । बहुदलीय व्यवस्थाको पक्षमा माहौल बन्दै गएको थियो ।

अर्कोतिर कम्युनिष्ट पार्टीको कार्यकर्ताका रुपमा अथवा माक्र्सवादीका रुपमा हामी ऐतिहासिक संकटमा थियौं । पूर्वी युरोपका समाजवादी सत्ताहरु एक–एक गरेर ढल्दै थिए । तियान आन मेन घटनापछि चिनिया“ समाजवादको नैतिक धरातल स्वाट्टै खस्केको थियो । सोभियतसंघ आफै विनाशको डिलमा खडा भएको थियो । र, सिंगो कम्युनिस्ट आन्दोलन लज्जाबोध र आत्मग्लानिले आक्रान्त थियो । नया“ जनवाद, समाजवाद हु“दै साम्यवादमा पुग्ने सपना बोकेर वर्गविहीन निरपेक्ष समानतायुक्त समाजको परिकल्पना गरेर पढाइ छाड्दै आन्दोलनमा होमिएका हाम्रा लागि नितान्त व्यक्तिगत संकट पनि खडा भएको थियो ।

 हामी रात–दिन संघर्षको तयारीमा लागेका थियौं । विभिन्न स्तरका भेला, संघर्ष समितिको गठन, प्रचार प्रसारको क्रम तीब्र भएको थियो । यत्तिकैमा फागुन १ गते क्याम्पसमा भएको कार्यक्रममा प्रहरीले नग्न रुपमा हस्तक्षेप ग¥यो । सयौं विद्यार्थी गिरफ्तार गरिए, सयौं घाइते भए । कन्या छात्रावासभित्रै प्रवेश गरेर प्रहरीले जङ्गली नाच नाच्यो । विद्यार्थी नेतृ लक्ष्मी कार्कीसमेत थुप्रै छात्राहरु अपमानजनक ढंगले गिरफ्तार गरिए ।

त्यसको भोलि र पर्सीपल्ट हामी फागुन सातको तयारी र क्याम्पसमाथि भएको प्रहरी दमनका विरोधमा क्रियाशील भयौं । हाम्रो अपीलको समर्थन गर्दै ३ गते पूरै बजार बन्द भयो । प्रहरी दमन, धरपकड, गिरफ्तारी तीब्र थियो । सरकारी गुप्तचर र प्रहरीको आ“खा छल्ने र काम गर्नै अप्ठ्यारो परिरहेको थियो । ४ गते दिउ“सोको कामको तयारी सकेर बिहानको खाना खान म रश्मीको कोठा खोज्दै दिपमा गए“ । क्याम्पसपछाडिबाट सेती नदी तरेर जान–आउन मिल्ने भएकाले दिप हाम्रो लागि बढी सुरक्षित थियो ।

म उसको कोठामा पुग्दा ऊ मेरै प्रतीक्षा गरेर बसिरहेकी थिई । गाउ“बाट ल्याएको चामलको भात, जिमुले झानेको दाल अनि काउलीको तरकारी र गोलभेडाको चट्नी । मिहेनत गरेर बनाएकी थिई । मलाई उसले पकाएको भात मीठो लाग्यो वा उसको निकट हु“दाको मात मीठो लाग्यो कुन्नि, धमाधम खान थालें । तर ऊ नखाई बसिरही । मैले कर गर्दा पनि पछि खान्छु भनेर स“गै खान मानिन । जब म खाना खाइसकेर जानका लागि निस्क“दै थिए“, उसले अर्कैतिर मुन्टो फर्काई र खुट्टाको बुढी औंलाले भुइ“ कोट्याउ“दै भनी, ‘एकैछिन बस्नोस्न ।’

‘हैन, तिमी किन रिसाएझैं मुन्टो बटारेकी ? तिमीलाई माग्न आएको होइन क्यारे त ।’

‘ह्या“ अर्कालाई कस्तो भ’छ । यस्तो बेलामा पनि जिस्किने हो ?’

‘हैन के भो त्यस्तो ? रामचन्द्र सरले ज्वाइँ खोजे कि क्या हो अन्तै ?’

‘हेर न बोलेको पनि । तपाईंं पक्राउ पर्नुहुन्छ कि भनेर पो भनेको त ।’

‘अनि म पक्राउ परेर तिमीलाई के भो त ? तिम्रो प्रेमी–स्रेमी त हैन नि म त ।’

ऊ त सुँक्कसुँक्क रुन पो थाली । एकैछिन त मलाई लाग्यो, उसलाई बेसरी अ“गालोमा बा“धेर म्वाइ खाऊ“ र सान्त्वना दिऊ“ । तर फेरि सोचें, कतै पक्राउ परियो र दस–आठ वर्ष जेलतिरै फसियो भने बेकारमा यो केटीलाई टेन्सन होला । मेरा कारणले कोही किन बर्बाद होस् ?

‘धत् लाटी त्यस्तो कायर हुने हो । सयौं मान्छेहरु पक्रिएका छन् र केही भा’छैन । तिमीलाई मेरो के को चिन्ता ।’ म उसको सुक्कसुक्क नरोकिँदै कोठाबाट निस्कें र कलेजतिर लागें ।

कलेजको स्ववियु सभापति, सचिव र अरु नेताहरु पहिले नै पक्रिइसकेका थिए । हामी केही जिल्लास्तरका नेताहरुमाथि आन्दोलनको नेतृत्व गर्ने जिम्मेवारी आइलागेको थियो । सो दिन कार्यकर्ता भेला चलिरहेकै बेला प्रहरी फेरि कलेज प्रवेश ग¥यो । र, हामी पनि फागुन सात आउनुभन्दा तीन दिन पहिले नै गिरफ्तार भयौं ।

त्यसपछिका झण्डै दुई महिना प्रहरी यातना, हत्कडी, कष्टडी, जेल, अदालतको चक्करमा बिते । कहिले आन्दोलन चर्केको खबर आउ“थ्यो र हामी उत्साहित हुन्थ्यौं । कहिले चिन्तित हुन्थ्यौं । त्यस्तैमा चैत छब्बीस गते राति दलमाथिको प्रतिबन्ध फुकुवा भएको खबर रेडियोले प्रसारण ग¥यो । हामीले रातभरि खुसीले गाउ“दै र नाच्दै विजयोत्सव मनायौं । यो खुसीमा राजनीतिक परिवर्तनप्रतिको खुसीको मात्रा बढी थियो कि जेलबाट छुट्न पाइनाको, त्यो भने म बताउन सक्दिनँ ।

भोलिपल्ट लगभग सबै राजनीतिक बन्दीहरु छुटे तर हामी केही विद्यार्थी कार्यकर्ता भने सार्वजनिक अपराधमा थुनिएका हुनाले छाडिएनौं । अठ्ठाइस गते दिउ“सो आफ्नो कुनै केटी साथी लिएर रश्मी हामीलाई भेट्न आइपुगी । ऊ झन राम्री देखिएकी थिई । तर अनुहारमा भने उसले यसबीचका केही रात अनिँदै बिताएकी थिई भन्ने छाप प्रस्टै देखिन्थ्यो । ऊ केहीबेर कुरा गरेर टिलपिल आ“सु भरिएका आ“खा लुकाएर फर्की । मलाई लाग्यो, आमाबाहेक पनि अब मलाई सम्झेर आ“सु बगाउने कोही छ । गिरफ्तार हुनुभन्दा अगाडि उसको कोठामा देखाएको उदासीनताप्रति आफैलाई गाली गर्दै म रिहाइको प्रतीक्षा गर्न थालें ।

हामी वैशाख दुई गते छुट्यौं । बाहिर सारा विजयोत्सव चलिरहेको थियो । चिप्लेढुंगामा संयुक्त वाममोर्चा र कांग्रेसको आमसभा थियो । हामी पुगेपछि धेरैले अबिर दलेर स्वागत गरे । विस्तारै भीडलाई छिचोल्दै रश्मी आई र मलाई अविर दलिदिई । उसको नरम हातको प्रेम भरिएको स्पर्शले मभित्र एकतमासको उत्तेजना र आकर्षण पैदा ग¥यो । अलि सुस्तरी उसले भनी, ‘भरे म खाना बनाइराख्छु जतिबेला भएपनि आउनुहोला है ।’

छब्बीस गतेपछिको घटनाक्रमको विकास, चन्द सरकारको निरन्तरता र राजाको असहयोगी नीति आदि समस्याबारे छलफल गर्दै र भावी दिनमा गर्ने कामबारे कुरा गर्दै सा“झ निकै अबेला हामी साथीहरु छुट्टियौं । म रश्मीकहा“ पुग्दा रातको दस बजिसकेको थियो ।

कोठाभित्र बत्तीको उज्यालोमा मैले देखें, ऊ प्रतीक्षाको ज्वरोले आत्तिएकी छ । भर्खर नुहाएर सुकाउन छाडेको उसको रेशमी कपाल, कुर्तालाई धकेल्दै बाहिर निस्केका पुस्ट स्तन, कस्सिएको बाहुला बाहिर देखिने गोला पाखुरा, सुन्तलाको केस्राजस्ता ओठ र लाम्चो अनुहारमा ठूलठूला आ“खा । म गौतम–पत्नीलाई खोलामा नुहाउ“दै गरेको देखेर अधीर भएको इन्द्रजस्तै ऊतिर आकर्षित हुन थालें । उमेरले ऊ भर्खर अठाह्र लागेकी थिई र म छब्बीस भइसकेको थिए“ । म सायद वर्षौंदेखि एउटा स्त्री–देहको खोजीमा थिए“, एउटा छहारी वा चौतारीको रुपमा, जहा“ आफूलाई बेपर्बाह पोख्न पाइयोस्, जहा“ सुस्ताएर मनको भारी बिसाउन सकियोस् र हलुंगो भएर स्फूर्तिसाथ आफ्ना दैनिक कार्य–व्यापारमा लाग्न पाइयोस् । पीर परेको बेलामा काखमा मुन्टो लुकाएर रुन सकियोस् । र खुसीको बेला उसलाई जिस्क्याएर ठट्टा गर्दै मजा लिन सकियोस् । यसका नैतिक र सामाजिक दायित्वबाट पन्छिन त म चाहन्नथें । तर आर्थिक बोझ उठाउन म तयार थिइनँ । घरबाट खर्च माग्ने सम्भावना थिएन । बा–आमा आफ्नै जीविकाका लागि मेरो सहारा खोज्दै थिए । त्यसैले कुनै केटीप्रतिको आकर्षणलाई पनि दबाएर राखियो ।

तर आज मेरो थकाइले मलाई जित्यो । मेरो मानसिक तथा शारीरिक दुवै भोकका अगाडि मैले आफ्नै भावी जीवनका सम्भावित जटिलताप्रति आ“खा चिम्लें । र, विस्तारै नजिक गएर उसलाई छातीमा टा“से । मुन्टो निहुराएर उसले मौन स्वीकृति दिई । हाम्राबीच अब स्त्री–पुरुषका दैहिक र भावनात्मक एकताबाहेक कुनै नैतिकता, समाज, धर्म, राजनीति, पैसा वा संस्कृतिको छेकबार थिएन ।

बिहान झिसमिसेमै त्यहा“बाट निस्क“दा मेरो मनमा एउटै प्रश्न थियो, पाँच–सात महिनामा यो केटी कसरी यति धेरै बदलिई र मलाई नियन्त्रणमा लिनसक्ने भई ?

घटनाक्रम तीब्र रुपले बदलिन थाले । पार्टीले मलाई जिल्ला कमिटीमा मनोनयन ग¥यो र ग्रामीण क्षेत्रको काममा खटायो । अन्तरिम सरकार बनिसकेपछि इतिहासकै पहिलोपटक कम्युनिष्टहरु नेपालको सत्तामा पुगेका थिए । पार्टी अर्ध–भूमिगत शैलीमा काम गरिरहेको थियो । पछि संविधान बन्यो । फेरि चुनावका तयारी सुरु भयो । यसरी नै एउटा आ“धीमय सक्रियताको वर्ष बित्यो । २०४८ को चुनावमा जिल्लाबाट कमरेड घमण्डप्रसाद र कमरेड भेदबहादुरले निर्वाचन जिते ।

यसबीचमा रश्मीस“ग मेरो भेट निकै पातलो हुन्थ्यो । उसले आइए दोस्रो वर्षको परीक्षा दिइसकेकी थिई । पुस्तकालयमा पत्रपत्रिका पढ्ने, घरबेटीकहा“ गएर टेलिभिजन हेर्ने गर्दागर्दै उसको चेतनामा तीब्र परिवर्तन आएको थियो । ऊ अब जिन्स र टिशर्टमा देखिन थालेकी थिई । इङ्ग्लिस ल्याङग्वेज सेन्टरमा पढ्न थालेकी थिई । र, महत्वपूर्ण कुरा, ऊ अब ममाथि पूर्ण हावी भएकी थिई ।

 ‘तपाईंं भातभन्दा चिया बढी नखानुस् है । कहिले कहिले त यसो विदा लिएर आराम गरे पनि हुन्छ है, कति त्यो पार्टी पार्टी भनेर मरिहत्ते गरेको होला । पछि त्यही पार्टीले घरको न घाटको बनाउला अनि थाहा पाउला नि ।’

 ऊ तपाईंंबाट तिमीमा पनि ओर्लिसकेकी थिई । जब ऊ मेरो छातीमा टाउको अड्याएर पल्टन्थी, म मनभित्रका सबै पीडा बिर्सन्थे । ऊ जब मेरो टाउको आफ्नो काखमा अड्याएर कपालमा औंला खेलाउ“थी, म त्यसबाहेकको सारा संसार भुल्थें । तर यस्तो मौका निकै कम मिल्थ्यो । तबसम्म यो काम अरुका आ“खा छलेरै सम्पन्न हुने गथ्र्यो ।

केन्द्रमा कांग्रेसको एकमना सरकार बन्यो । अनि त्यसले धमाधम सन अस्सीको दसकदेखि विश्व–सभ्यतामा जबरजस्त सिङ घुसार्दै हिँडेको नव–उदारवादी आर्थिक नीति लागु गर्दै गयो । शिक्षा, प्रशासन र प्रहरीमा समेत तीब्र राजनीतिकरण हुनथाल्यो । यसको मार हामी वामपन्थी कार्यकर्तामा पर्दथ्यो । यस्तै समस्याबीच पार्टी स्थानीय चुनावमा लाग्यो । उता संसद्मा जित्नेहरुको जीवनस्तर र हाउभाउमा भिन्नता आउन थालेको थियो । निर्वाचित र अनिर्वाचितबीच गुटबन्दी र मनमुटाव सुरु भएको थियो । आर्थिक स्थिति राम्रो हुनेहरु पार्टीको सिँढी उक्लिँदै थिए र दुःख पाएका कार्यकर्ताहरु पछाडि धकेलिँदै थिए । यस्तैमा स्थानीय चुनाव हुँदा पार्टी नराम्रोस“ग हा¥यो ।

पराजयपछि मभित्र एकतमासका निराशाहरुले बास बस्न थाले । घरका समस्या झागिँदै गएका थिए । दुईटी बैनी एसएलसी पास गरेर कलेजमा भर्ना भएका थिए । घरको आम्दानीले तिनको खर्च धान्न सक्दैनथ्यो । पार्टीबाट पाइने आर्थिक सहयोग पनि केही समयदेखि बन्द थियो । कमरेड केपीले त कमजोर आर्थिक अवस्था हुनेहरुलाई पार्टी छाडेर घर–व्यवहारमा लाग्न सुझाव दिएका थिए । न राजनीति छाडेर कुनै पेशामा जाने इच्छा थियो, न लगानीका लागि कुनै सम्भावना थियो । म समय मिल्यो कि रश्मीकहा“ गएर बस्ने गर्न थालें । ऊ अब बीए प्रथम वर्षकी छात्रा थिई । यस्तैमा एकदिन उसैले मुख फोरी ः

‘हैन यसरी लुकी–लुकी भेटेर कति दिन चल्छ ? तिमी त कस्तो लाछी मान्छे भने । म त हैरान भइसकें । हैन, अब पनि यसरी पार्टीमात्रै भनिरहने हो कि यसो आम्दानी हुने काम पनि गरेर घरजम गर्ने हो ? कस्तो मान्छेको संगत गरिछु मैले पनि ?’

‘आइमाईहरु चा“डै पाका हुन्छन् भन्छन् । हो रहेछ क्यारे । ल तिमीले अब आत्तिनु पर्दैन । भोलि तिम्रा वा आमालाई भेट्ने र उतैबाट बिहे गरेर फर्कने । तिमी तयार हौ, म अहिले हिँडें ।’ यति भनेर म निस्की पनि हालें । उसको के प्रतिक्रिया थियो, मैले सुन्ने चेष्टा पनि गरिनँ ।

भोलिपल्ट बिहान म उसकहा“ पुग्दा ऊ खुसी र डर दुवै मिसिएको अनुहार लिएर बसिरहेकी थिई । ‘बा–आमाले के भन्नुहोला ? यसरी एक्कासी जा“दा अप्ठ्यारो पो मान्ने हुन कि ? फेरि यो मंसिरको बेला । फुर्सद पनि छ कि छैन ? हत्तेरी कस्तो अप्ठ्यारो मान्छे तपाईंं त ? सा“च्चै जाने हो र भन्या ?’ उसले एक सासमा सोधी । तर हेर्दा थाहा हुन्थ्यो, ऊ जानका लागि झोला ठीक पारेर तयार भइसकेकी थिई । उसले चिया पकाई । अण्डा पनि उमालेर राखेकी रहिछ । खानपिन र एकछिन प्रेमालाप गरेर हामी पर्वततिर लाग्यौं ।

मैले अघिल्लो दिनमा नै बाग्लुङ फोन गरेर कमरेड पावेललाई त्यहा“ आउन भनिसकेको थिएँ । हामी कमरेड रामचन्द्र अर्थात् रश्मीका पिताजीका घर पुग्दा पावेल पहिले नै आएर हामीलाई पर्खिरहेको थियो ।

कमरेड पावेलको उपस्थितिका कारण मैले धेरै पापड बेल्नु परेन । रश्मीका बा–आमा दुवै खुसीसाथ सामान्य कार्यक्रम गरेर छोरी सुम्पन तयार भए । ‘हाम्ले के भनम्र खोइ ? आफूहरु नै जान्ने–सुन्ने हुनुहुन्छ । छोरी पनि पढे लेखेकी छ । गामका दुःख–सुख गरेर हुर्केकी अलि सोझी छे । राम्ररी पाल्नु होला । यतिका टाठाबाठालाई छोरी जिम्मा लाउन पाएपछि हाम्लाई पनि ढुक्कै भो भन्नुप¥यो ।’ मास्टर रामचन्द्रले स्वीकृति मन्तव्य दिए । रश्मीकी आमाले छोरीस“ग केके खुसुरफुुसुर गरिन्, मैले सुन्न पाइनँ ।

भोलिपल्ट केही स्थानीय पार्टी कार्यकर्ता र शिक्षकसहित उपस्थित छोटो कार्यक्रममा आपसमा मालामात्र लगाएर एक–एक कप चियापानमा विवाह सम्पन्न भयो । हामी खाना खाएर पोखरा फर्किहाल्यौं । यसरी ऊ अब मेरी सहधर्मीणी बनी र मैले मनभरि खुसीका सपना बोकेर केही दिन बिताए“ ।

तर यो कथा त एउटा हारे–थाकेको पुरुषको मात्र थियो । कथाको अर्को पात्रको मनोविज्ञान बुझन धेरै ढिलो गरेको थिएँ मैले । त्यो कुरा उसको अन्तिम इमेलले मात्रै मेरासामु खोलेर राखिदिएको थियो । उसको अन्तिम इमेलले मलाई जरैदेखि हल्लाइदियो । म आजसम्मका सारा निराशा, कुण्ठा, बेचैनी र उसप्रतिका तिक्ततापूर्ण आग्रहबाट मुक्त भए“ । एक प्रकारले ममाथि बोझको रुपमा लादिएको पुरुष अहं र दम्भको भारी चकनाचुर भएर भुइँमा झ¥यो । म ब्युँझन त ब्युँझें तर मेराअगाडि अझै पनि अनिश्चित भविष्यबाहेक केही देखापरेको छैन । उसको अन्तिम इमेल यस्तो थियो ः

सन्तोष सर

नमस्कार

(पहिलो पत्रमा जस्तो आदरणीय भन्ने शब्द यसपालि थिएन)

तपाईंंले पठाएको इमेल पाएको पनि पा“च महिनाभन्दा बढी भइसकेछ । त्यसको जवाफका लागि मैले आफूलाई तयार पार्न यत्तिका समय खर्च गर्नुप¥यो । म तपाईंंस“ग रहेको विगतको सम्बन्धको बोझबाट मुक्त र तटस्थ भएर पत्र लेख्न चाहन्थें । तर सकिरहेकी थिइनँ । आज म त्यो मानसिक तटस्थता र स्वतन्त्रता अनुभव गरिरहेकी छु । त्यसैले यो पत्र लेख्दैछु । ‘मलाई छाडेर हिँड्न तिमीलाई बाध्य पार्ने मेरा दोषहरु के थिए ? के तिमीलाई गल्ती गरेंजस्तो लाग्दैन ?’ यिनै दुइटा प्रश्नको उत्तर थाहा पाउन रिक्वेस्ट गर्नुभएको रहेछ । म आज यिनै प्रश्नको सेरोफेरोमा आफ्ना मान्यता पनि तपाईंंसमक्ष राख्न चाहन्छु ।

मेरो माइती र म हुर्केको परिवेश तपाईंंलाई थाहा नै छ । अहिलेको घर बन्नुअगाडि हाम्रो घर निकै सानो थियो । हामी चारवटा दिदी–बैनी र एउटा भाइ हरेक दुई वर्षको फरकमा जन्म्यौं । त्यसले गर्दा आमा अलि रोगी हुुनुहुन्थ्यो । जेठी छोरी भएको नाताले मैले घरका धेरै कामधन्दा सम्हालेर पढ्नुपथ्र्यो । बा आफै शिक्षक नभएको भए सायद एसएलसीसम्म पनि मैले पढ्न पाउ“दिनथें । घाँस, दाउरा, मेलापात गर्नु, मल बोक्नु, खेतीपातीको समयमा स्कुल जान छाडेरै कामधन्दा गर्नु मेरा दैनिकी थिए । मेरो स्वास्थ्य पनि त्यति राम्रो थिएन । एकदम पातली । गाउँमा र घरमा पनि मलाई धेरैले दाउरी भन्थे ।

केटाकेटीमा मेरा कुनै ठूला सपना थिएनन् । वास्तवमा कहिले किशोरी भइयो र बालापन सकियो, त्यो पनि थाहा भएन । नाना–पापा वा रंगीचंगीतिर पनि ध्यान जान पाएन । रहरै नलाग्ने त होइन तर सके पो ! त्यसमाथि बाको रक्सी खाने बानीले थप हैरान बनाएको थियो । मैले नौ कक्षा पढ्न थालेपछि बाको स्वभावमा अचानक परिवर्तन आयो । रक्सी खान छाड्नुभो । घरको काममा ध्यान दिने र हामीलाई पढ्न प्रोत्साहन दिने पनि गर्नुभो । त्यसपछि पार्टीका मान्छेहरु आउन थाले । बा पनि शिक्षक संगठन र पार्टीको काममा लाग्नुभएको रहेछ ।

त्यस्तैमा कमरेड पावेल हाम्रो घरमा आउन थाले । उनमा रहेका केही कठोर स्वभावका बाबजुद म उनलाई सम्मान गर्थें । उनी आमास“ग कुरा गरेर राजनीति सिकाउ“थे । भा“डा माझेर सघाउ“थे । हामीलाई गृहकार्य गर्न सघाउ“थे । म म्याथमा एकदम कमजोर थिए“ । पावेलले सहयोग गर्न थालेपछि मलाई निकै सजिलो हुनथाल्यो । हो, उनैले मलाई घरका र स्त्री हुनुका कारण बनाइएका चारपर्खालबाहिरको संसार चियाउन सिकाएका थिए । मभित्र नजानिँदो महत्वकांक्षा जगाइदिएका थिए । म पनि कलेज जाने, धेरै पढ्ने र जीवनमा केही गर्ने सपना पाल्न थालेकी थिए“ । यद्यपि ती बारम्बार टुट्ने र फेरि हुर्कने गरिरहन्थे । न म कुनै सहर झरेकी थिए“, न स्वतन्त्रता र व्यक्तित्व उत्थानका अवसर हुन्छन् भन्ने नै मेरो संसारमा थियो । एसएलसी दिइसकेकै दिन कुश्मा बजारमा पहिलोपटक मैले सिनेमा हेरें । त्यहा“ फिल्मी नायिकाका लवाइ–खवाइ, हाउभाउ, तिनको उन्मुक्त हा“सो र जीवनका छनौट देखेपछि मभित्र कहिल्यै ननिभ्ने गरी एउटा आगो सल्क्यो । स्वतन्त्रता र उचाइ छुने चाहनाको आगो । त्यो आजसम्म पनि निभेको छैन । थाहा छैन, मलाई यसले कहिले छाड्ने हो !

मैले तपाईंंको बारेमा कमरेड पावेलबाटै सुनेकी हु“ । उनी तपाईंंको प्रशंसा गरिरहन्थे । खासगरी साहित्य अध्ययनको विषयलाई लिएर । त्यसपछि कहिलेकाहीं बेकारमा नै भएपनि म तपाईंंको कल्पना गर्थें । कलेज जान पाए तपाईंंस“ग भेट हुन्थ्यो कि भनेर कल्पन्थें । फेरि त्यस्ता ठूला मान्छेले मलाई के खा“चोले हेर्लान् र ? न अन्तै बिहे पो गरेका छन् कि ? कलेजमा राम्रा हिरोनीजस्ता केटी कति होलान् । उतै लभसव पो गरेका छन् कि ? छ्या म पनि कस्तो बेकारको कुरा सोचेकी होली । यस्तै सोचेर म टोल्हाएकी पनि थिए“ कतिपटक ।

जब क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको कार्यालयमा तपाईंंले आफ्नो नाम बताउनु भयो, मेरो मुटु ढुकढुक गरेर फुट्लाजस्तो भएको थियो । तपाईंं बिल्कुल साधारण र आफ्नै मान्छेजस्तो लाग्नुभयो । तपाईंंले चोरी–चोरी मेरो शरीरमा डुलाएका आ“खाले मलाई भित्रैदेखि काउकुती लगाएका थिए र आत्तिएकी थिए“ । ठूलो खास्टो भए आफ्नो शरीर पूरै ढाक्न हुन्थ्योजस्तो लागेको थियो । त्यहा“बाट फर्कंदा मेरो मनमा एउटा जब्बर विश्वास उम्रेको थियो ः यो मान्छे मेरो हुनसक्छ । पछि तपाईंंस“ग नजिक हुन मैले साहित्यको निकै अध्ययन गरें । त्यो तपाईंंलाई पनि थाहा छ ।

तपाईंंले जब आफू गिरफ्तार हुने दिन बिहान खान बनाउनका लागि खबर पठाउनुभयो अनि मेरो मनमा महिनौंदेखि सा“चेको सपना साकार हुने विश्वास पलायो । यो मान्छेले पक्कै पनि मलाई माया गर्न थालेको छ । त्यसअगाडिका कतिपय भेटमा मैले तपाईंंका आ“खामा त्यो कुरा अलिअलि पढेकी पनि थिए“ । तर तपाईंं त भित्रको कुरा छोप्नसक्ने खप्पिस कलाकार पनि हुनुहुँदोरहेछ भन्ने मैले त्यही दिन थाहा पाए“, जब तपाईंंले भन्नुभएको थियो, म तिम्रो प्रेमी होइन त रे । तपाईंं जेल पर्नुहोला र मेरो सपना टुट्ला भनेर म कहालिएकी थिए“ । तपाईंंको खुट्टामा छाँद हालेर गर्धनमा बेरिएर उक्त दिनभरि कोठाबाट बाहिर जानै दिन्नँ भन्ने पनि सोचेकी थिए“ । तर तपाईंं त माछोजस्तै चिप्लिनुभयो । मैले केही पनि गर्न सकिनँ ।

तपाईंं जेल परेको खबर सुनेपछि म होस हराएकी बौलाहीजस्तै भएकी थिए“ । कति दिन पानी पनि नखाई र एक झप्को ननिदाई बितेका थिए । म तपाईंंलाई सुरुमै भेट्न जान चाहन्थें । तर त्यहीँ मुच्र्छा परुँला भन्ने डर लागिरह्यो । त्यस्तैमा कलेज बन्द भयो र म घरतिर गएँ । जेलबाट छुटेको दिन तपाईंंलाई खाना खान बोलाएपछि मैले एउटै कुरामात्र सोची रहें, नाउ अर नेभर (या आजै हुन्छ नत्र कहिल्यै पनि हु“दैन) । बेलुका तपाईंं मेरो कोठामा प्रवेश गर्दा म नै पहिला आफूलाई सुम्पन्छुजस्तो लागेको थियो । तर मलाई छिट्टै आ“ट आएन । पछि त तपाईंंले मलाई पालै दिनुभएन । जीवनमा प्राप्ति र सन्तुष्टिको यो मेरो पहिलो खुट्किलो रहेछ । मैले त्यतिबेला त्यसैलाई शिखर ठानेकी थिए“ ।

तर म अझ ढुक्क भएकी थिइनँ । भित्रभित्र यो पुरुष जातको भर हुन्न, बिहे नगरी त कहा“ पक्का हुन्छ र जस्तो झस्का लागिरहन्थ्यो । भर्खर आएको बहुदलको चहलपहलमा तपाईंंहरुको बढेको उचाइबाट पनि म आत्तिएकी थिए“ । तर एउटा कुरा, मैले जस्तै आवेगमा पनि पढाइ र आफ्नो उन्नतिका बाटाहरु हराउन दिइनँ । नत्र आज म यहा“ कसरी आउ“थे होला भनेर आज पनि डर लाग्छ ।

बिहे नगर्दै मेरा कति सपना बन्ने र भत्किने गरिरहन्थे । मलाई एमएसम्म पढ्ने र कलेज पढाउने रहर थियो । बिहेपछि तिमीले सामाजिक राजनीतिक क्षेत्रमा पनि मेरो हैसियत बढाइदेउला भन्ने भित्री आकांक्षा पनि ममा थियो । बिहे नगरुन्जेल एक खालको असुरक्षा र एक्लोपनको आभाषले मलाई छाडेन । गाउ“मा हुर्कंदाको सामाजिक वातावरणले पनि मलाई प्रभाव पा¥यो होला । बिहे भएको केही समय मेरा लागि तृप्तिको अर्का खुड्किला बने । म फुरफुर भएकी थिए“ । तर ती दिनहरु धेरै दिन टिकेनन् ।

बिहे भएको दोस्रो महिनामा नै गर्भवती भएको थाहा हु“दा म आत्तिएकी थिए“ । यद्यपि मैले यो कुरा तिमीलाई भनिनँ । आफ्नोअगाडिको पढाइ रोकिएला र म केही कामकै नरहु“ला भन्ने डरले मलाई सताएको थियो ।

घरको आर्थिक अवस्था पनि दिक्दारलाग्दो थियो । राम्रो मीठोको कुरा आक्कलझुक्कल नै हुन्थ्यो । सा“घुरो कोठा र गोपनीयताको अभावमा धित मर्नेगरी प्रेम गर्न पनि पाइएन । मलाई चिडचिडाहट हुन्थ्यो । तर सबभन्दा बढी दिक्क त म तिमीस“गै पो हुन थालें । कस्तो अल्लारे र ढुक्कको मान्छे भने खल्तीमा एक रुपिया“ नहु“दा पनि, घरमा छाक टार्ने दाल चामलसमेत नहु“दा पनि नआत्तिने । न खाने समयको ठेगान छ, न सुत्ने । किताब पढ्न पाए पुग्यो । गफ गर्न पाए पुग्यो । बहिनीहरु हुर्किरहेका थिए र तिनका रहरहरु पनि हुर्केका थिए भनेर कहिल्यै सोचेनौ तिमीले । मलाई विस्तारै निराशाले छुनथाल्यो । यतिकैमा घर खर्च चलाउन तिमीले मलाई बोर्डिङमा पढाउन पठायौ । यद्यपि मलाई आफू स्वतन्त्र हुन मलाई बल्झाएका हौ कि भन्ने नलागेको होइन । तर तिम्रा बोझहरु हल्का बनाउन पाउ“दा र आफैलाई पनि आर्थिक भारबाट मुक्त गर्न पाउ“दा म खुसीसाथ गए“ ।

तिमीले त्यतिबेला एउटै राम्रो काम ग¥यौ । मलाई समाजशास्त्र, राजनीति, स्त्री–अधिकारका संघर्षका विषयमा पढ्ने र सुन्ने अवसर दियौ । हाम्राबीच मतभेद र विछोडका बैचारिक आधार पनि त्यहीँ निर्माण भए क्यारे ।

दोस्री छोरी जन्मेपछि र तिमी दुर्घटनामा परेर अस्पताल बस्न थालेपछि मेरो धैर्यता र तिम्रा आदर्शप्रतिका आस्था क्रमशः कमजोर भए र टुट्दै गए । त्यहीबेला तिम्रै पहलमा ‘महिला तथा मानवअधिकार संघ’मा काम गर्न थालें, जसले मेरो जीवनलाई सम्भावना र दुर्घटनाको सिलसिलामा धकेलीदियो । त्यसको मुख्य कारण तिमी हौ । यसबारे म अलि पछि गएर लेख्नेछु ।

सो एनजीओमा काम गर्न थालेपछि मैले त्यतिबेलासम्म बनाएका आदर्श, सम्भावनाका सीमा र उन्नतिका आकांक्षा ह्वात्तै विस्तार भए । पहिलोपटक एउटा तालिमका लागि दिल्ली पुगेपछि मैले नारी स्वतन्त्रताका फराकिला दायराहरु, आजका नारीका समस्या र उसले पु“जी–बजारबाट सामना गर्नुपरेका चुनौतीहरु देख्ने र बुझ्ने मौका पाए“ । मलाई समस्याले होइन, सम्भावनाहरुले कुतकुत्याए । मैले फेरि आफ्नाअगाडि मास्टर्स डिग्री पढ्ने र आइएनजीओ वा यस्तै संस्थामार्फत् आफ्नो उचाइ बढाउनसक्ने सम्भावना देखें । र, सबभन्दा बढी त आफ्नो गएगुज्रेको आर्थिक हालत एवं असमयमै मरेको जवानीबाट मुक्ति लिएर नया“ जीवन बा“च्ने तीब्र आकांक्षा जागृत भएको पाएँ । जसरी सानोमा जेठी छोरी हु“दा बा–आमाका आवश्यकता पूरा गर्दा मेरो बालापन मरेको थियो, त्यसरी नै असमयमा नै जन्मेका दुइटी छोरी र तिम्रा जड र कुण्ठाग्रस्त मान्यता अनि आर्थिक हालतले मलाई केवल तिम्रो स्वार्थ पूरा गर्ने मेसिनमा बदलेका थिए । मभित्र यो कुरा मान्यताकै रुपमा बस्न थाल्यो । यद्यपि म त्यतिबेला भ्रम र अन्ध आकांक्षाग्रस्त रहिछु, जुन कुरा धेरैपछि मैले थाहा पाए“ ।

यसैबीच म आफैले काम गरेको संस्थाको प्रमुख पाण्डव नेपालस“ग विस्तारै आकर्षित हु“दै गए“ । यसका लागि वातावरण निर्माण गर्न उसैले पहल गरेको थियो । कहिले लामो यात्रामा लैजान्थ्यो र होटलमा नजिकै कोठा लिएर बस्थ्यो । अनायासै मेरो शरीर स्पर्श गथ्र्यो । कहिलेकाहीं अरुले पाउने अवसर खोसेर मलाई विदेश पठाउँथ्यो । समाजमा उसको राम्रै हैसियत थियो । तिमीलाई एउटा कार्यकर्ताका रुपमा हेप्ने वा होचो देखाउन खोज्ने नेताहरुसमेत उसकहा“ धाइरहन्थे र उसलाई आदर गर्थे । पार्टीको माथिल्लै विभागमा सचिव थियो ऊ । कतिपय बेला उसले मलाई भनेको पनि थियो, ‘यी भाते नेताहरुले हैरान पारे । कहिले पैसा माग्छन्, कहिले विदेश पठाइदे भन्छन्, कहिले कार्यकर्तालाई जागिर लगाइदे भन्छन् ।’

उसको जिन्दगी चकाचौंध थियो । मलाई उसको र तिम्रो जीवनको दूरी हेरेर इष्र्या पैदा हुन्थ्यो । ऊ विवाहित थियो कि थिएन, मलाई थाहा थिएन ।

एक दिन कार्यक्रमका लागि नेपालगन्ज गएको बेला उसले ममाथि तीर हान्यो । र, म त्यो तीरले दशरथका हातबाट छुटेको वाणले मारिएको श्रवणकुमारझैं ठहरै भए“ । सा“झको खानाअगाडि उसले हातमा बियरको गिलास समाएर मलाई अफर ग¥यो । मैले ठाडै त होइन, बिस्तारै इन्कार गरें । अनि उसले तत्कालै एउटा कोकको गिलास दियो र मलाई आफू नजिकै बसाल्यो । अरु सहभागीहरु नाचगानमा भुलिरहेका थिए ।

‘कति पढ्नु भा’छ रे रश्मीजी ?’

‘बीएसम्म पढेकी छु सोसियोलोजिमा ।’

‘एमए पढ्ने मन छैन ?’

‘किन नहुने सर । पाए पो !’

‘तपाईंं इच्छामात्रै गर्नुस्न्, कत्रो कुरो हो र ?’

‘कसरी सम्भव होला र सर, घरमा छोरीहरु सानै छन् । सन्तोषजी पनि बिरामी हुनुहुन्छ ।’

‘त्यो त तपाईंंले आ“ट्ने कुरा हो । म के भन्छु र ? तर आम्स्टर्डामको युनिभर्सिटीमा सोसियोलोजीमा मास्टर्स गर्न एकजना पठाउनुपर्ने छ । मैले त तपाईंंलाई आफन्त ठानेरमात्रै यो प्रस्ताव गरेको । नत्र त अरु जति पनि छन् नि ।’

मेरा आ“खा रसाएर आए । म उँधोमुन्टो लागेर टोल्हाउन थालें । उसले तीर लागेको अनुमान गरेरै हुनुपर्छ, ‘पछि सोचेर जवाफ दिनुहोला, एक महिना समय छ’ भन्दै उठेर हिँड्यो । त्यसपछि म धेरै बदलिए“ । आफ्नै विगतका निर्णयप्रति तीब्र पश्चाताप हुनथाल्यो । र, आफूलाई बदल्ने निर्णयमा पुगें म । छोरीहरुको माया पनि कम हुन थाल्यो । घरीघरी आफ्नो यो नया“पनले छातीमा चसक्क घोच्थ्यो र छोरीलाई छातीमा टा“सेर शान्त हुन्थें ।

त्यसपछि तिमीलाई त देख्दा पनि रिस उठ्थ्यो र बोल्न मन लाग्दैनथ्यो । म बदलिएको कुरा मभन्दा पनि अगाडि तिमीले थाहा पाएका थियौजस्तो लाग्छ । तिम्रा आ“खामा बलिरहेको आगो देखेर म भित्रभित्रै खुसी हुन थालें । एक–दुईपटक मात्रै म त्यसलाई देखेर थरथर कामेकी छु । पाण्डवलाई राम्री देखाउन मैले आफ्नो लरक्क परेको कपाल छोट्याएर थाई कट गरें । तिमीले त्यसलाई घुरेर हेर्दै मुखले चाहिँ चेपारो पा¥यौ र देब्रे आ“खा झिम्क्यायौ । पहिलोपटक म बियर खाएर त्यसको गन्धसहित निकै अबेर कोठामा आएको दिनमा मैले तिम्रो अनुहार पढेकी थिए“ । तिमी भित्रभित्रै यो आइमाईले अब मलाई छाडी भनेर निष्कर्षमा पुगिसकेका छौ र केवल लाचारीवश मलाई केही भनेका छैनौ ।

त्यस्तैमा मलाई पाण्डवले काठमाडौं सरुवा गरायो । मैले आम्सटर्डाम जाने स्वीकृति दिइसकेकी थिए“ । तर त्यसका लागि एक वर्ष पूरै बा“की थियो । उसले काठमाडौंमा मेरा लागि आफैले कोठा खोजिदियो र महिनाका आधाजसो रातहरु मस“ग बिताउन थाल्यो । मैले त पोखराबाट हिँड्दा नै तिमीलाई सधैंका लागि छाडेर हिँडेकी थिए“, जुन कुरा तिमीलाई पनि थाहा छ । तर यता हाम्रो औपचारिक सम्बन्ध स्थापित भइसकेको थिएन । मलाई लागेको थियो, यतिका प्रतिष्ठित मान्छे दोहोरो चरित्रको कसरी होला र ? यहा“नेर एउटा कुरा तिमीलाई बताउनैपर्छ, जुन दिनसम्म मैले तिमीस“ग छुट्टिएको कुरा गरिनँ, मैले पाण्डवस“ग बेडशेयर गरेकी थिइनँ । म शारीरिक विभाजनमा विश्वास गर्दिनथें ।

सन् १९९९ को सेप्टेम्बरमा मेरो आम्सटर्डाम जाने तय भएको थियो । हिँड्नुभन्दा अघिल्लो रात पाण्डवले मस“ग पूरै अनिँदो बिताएको थियो र हामीले एक–अर्काको पूर्ण उपभोग गरेका थियौं । म त उसले लगाएको गुणको भारीले थिचिएकी पनि थिए“ र त्यो चुक्ता गर्न चाहन्थें । उसले मेरा लागि लगानी गरेको ठानेको हु“दो हो, ऊ पूरै असुल्ने लिप्सामा थियो होला । लुफ्थान्सा एयरको टिकट थियो सा“झ पा“च बजेका लागि । तीन बजेको रिपोर्टिङ टाइम थियो । म १२ बजे नै पूरै तयार भएर बसेकी थिए“ । एकछिन पल्टेकीमात्र थिए“, भुसुक्क निदाइछु । केहीबेर पछि ढोकामा ढक्ढक्को आवाज सुनेर खोले । एउटी सुन्दर तर थाके–हारेकीजस्ती ग्रामीण भावभङ्गीमा भएकी महिला उभिरहेकी थिइन् ।

‘रश्मी बहिनी हुनुहुन्छ होला ?’

‘हो, म नै हु“, किन होला ?’

‘केही कुरा गर्नु थियो, भित्र आउन सकिन्छ ?’

‘हुन्छ नि, आउनुस् न ।’

भित्र पसेपछि तिनले पहिले मलाई र पछि कोठाभरि सरसर्ती हेरिन् । भित्तामा पाण्डव र मेरा विभिन्न भावभङ्गीमाका फोटा टा“सिएका थिए । मनकामना मन्दिरको पृष्ठभूमि भएको फोटोमा हाम्रो पोजिसन हेरेर ती महिलाले लामो सास तानिन् । अघि भर्खर सुष्क देखिएका उनका आ“खामा अहिले आ“सु भरिएका थिए ।

‘तपाईं यो मान्छेलाई कहिलेदेखि चिन्नुहुन्छ, बहिनी ?’

‘त्यस्तै तीन–चार वर्ष भयो । किन र ?’

‘यस्का घरमा दुई–दुईटा हुर्केका छोराछोरी छन् र एउटी स्वास्नी पनि छ भन्ने थाहा छैन ?’

 म अग्लो भीरबाट लडेजस्तै भए“ । मेरो शिर चक्काराउन थाल्यो । केही पनि बोल्नै सकिनँ ।

तिनी घुँक्कघुक्क रुन थालिन् । र, एकछिनपछि आफूले ओढिरहेको सल फैलाएर मतिर याचनामय आ“खाले हेर्दै भनिन्, ‘मलाई मेरो लोग्ने फिर्ता दिनोस्, रश्मीजी । मैले आजसम्म कुनै अपराध गरेकी पनि छैन । कसैलाई पिराएकी–बिगारेकी पनि छैन । तपाईंलाई म चिन्दा पनि चिन्दिनँ । नानी, तपाईंं यस्ती राम्री र भर्खरकी हुनुुहुन्छ । तपाईंंका लागि आफू सुहाउ“दा अरु पनि पाइन्छन् । मेरो लोग्ने नखोसीदिनुस् । बिन्ती छ बैनी ।’

म होसमै आइसकेकी थिइनँ । तिनले मेरो खुट्टा पो समाप्न थालिन् । म हतपती उठें र तिनलाई पनि आफ्नाअगाडि उभ्याए“ । तिनलाई धेरैबेर हेरेपछि मैले भने, ‘मलाई माफ गर्नुहोला दिदी । मलाई यी सब कुराहरु केही पनि थाहा छैन । मैले कहिल्यै यस कुराको शंका पनि गरिनँ ।’

उसले दुवै छोराछोरी राजधानीको सबभन्दा मह“गो बोर्डिङमा बोर्डर्स गरेको रहेछ । छोरो प्लस टु र छोरी दस कक्षाका विद्यार्थी रहेछन् । काठमाडौंमै एउटा घर लिएर सबै सुविधा दिएर जेठी श्रीमतीलाई राखेको रहेछ । अनि मजस्तालाई सिकार खेल्ने उसको सौख नै रहेछ ।

‘म त्यो मान्छेलाई आजैदेखि छाड्दैछु दिदी । यसरी उसका कुकर्मको पाप आफूले व्यहोरेर दुःखी नहुनुहोस् । आफूलाई सम्हाल्नुहोस् र आफ्नै जिन्दगी जिउनुस् दिदी । मलाई माफ गर्नुहोला ।’

मलाई ढिला हु“दै थियो । तर मलाई पु¥याउन गाडी लिएर आउनुपर्ने पाण्डव देखिएको थिएन । मैले सामान बाटोमा निकालें र ट्याक्सीमा एयरपोर्टतिर लागें । अन्तर्राष्ट्रिय टर्मीनलबाहिर ऊ मलाई पर्खिरहेको थियो । पछि उसले मलाई बताएको थियो, ऊ मेरो कोठासम्म पुगेको रहेछ तर जेठी श्रीमतीलाई भित्र गएको देखेर फर्केको रहेछ । मैले रिस, पश्चाताप र आवेगको आगो जबरजस्त आ“सुको घुट्को बनाएर निलें र भने, ‘थ्याङ्क यु फर योर हेल्प सर । बट आफ्टर दिस नेभर ट्राइ टु कन्ट्याक्ट मी । आइ हेट यु । गो टु हेल ।’

यति भनेर मभित्र पसें । ऊ गिड्गिडाइरहे पनि मैले पूरै बेवास्ता गरें ।

आम्स्टर्डाममा मलाई भेट्न ऊ दुईपटक आयो, माफी माग्यो, धम्की दियो र फकाउन खोज्यो । पहिलो पटक मैले उसलाई युनिभर्सिटीको गेटबाटै फर्काइदिए“ । तर दोस्रोपटक म उस“ग बाहिर निस्कें । उसले मलाई आफू बसेको होटलसम्म लिएर गयो । मैले उस“ग कुनै छलफल र दोहोरो बहस नगर्ने निर्णय गरिसकेकी थिए“ ।

उक्त दिन पाण्डवलाई भेट्नेबित्तिकै मभित्र बदलाको एउटा अनौठो भावना जागृत भयो । विश्वविद्यालय प्रवेश गरेको एकवर्ष हुन लागेको थियो । घर परिवार, समाज र देशभन्दा टाढा थिए“ । आफ्नो विगतस“ग र जन्मेको माटोस“ग तोडिएको नाताले मलाई नितान्त एक्लो बनाइदिएको थियो । छोरीहरु सम्झन्थें र विह्वल हुन्थें । तिमीलाई सम्झन्थें, उकुसमुकुस हुन्थें । पाण्डवलाई सम्झन्थें र आक्रोशित हुन्थें । घर, भाइ–बहिनी र बा–आमा सम्झन्थें र नियास्रिन्थें । तर म आफ्ना आकांक्षा र उचाइ चढ्ने तीब्र आशाबाट अविचल थिए“ । म पछि हट्न सक्दिनथें । तर म पुरुष शरीरको भोकबाट झण्डै आतुर पनि थिए“ । विश्वविद्यालयबाट निस्कनेबित्तिकै मैले मनमनै ठहर गरें, आज म यो पुरुषलाई आफ्नो इच्छाअनुसार भोग गर्छु, बिल्कुल आफ्ना लागिमात्र ।

होटलमा उसको कोठामा पसेपछि हामीले एक–एक क्यानबियर र केही स्न्याक्स खायौं । त्यसपछि मैले उसलाई तानेर बेडमा लडाए“, ऊ आतंकितजस्तो देखियो । र, अन्तमा माछी जालमै प¥यो भन्ने ठानेर खुसी पनि भएको थियो ।

पहिले मैले आफ्ना कपडा पूरै खोलें र सर्वाङ्ग नग्न भएँ । त्यसपछि उसको सर्टका सबै टा“क छिन्नेगरी थुतेर फालें । उसको भेष्ट निकालेर फालें । पाइन्ट र अण्डरवेयर   खोलिदिएँ । त्यसपछि मैले दुई घण्टासम्म त्यसको शरीरमाथि मनपरी गरें । र, पूर्ण तृप्तिपछि उठें । अनि मुखभरि थुक निकालेर त्यसको अनुहारभरि थुकिदिए“ । त्यसपछि उसलाई हेर्दा पनि नेहेरी एक शब्द पनि ननिकाली त्यहा“बाट हिँडे ।

त्यहा“देखि यता उसले मलाई कहिल्यै सम्पर्क गर्ने प्रयत्न गरेको छैन । र, अहिले म मास्टर्स डिग्री सिध्याएर छ महिनाका लागि राष्ट्रसंघीय स्वयम्सेवी बनेर यहा“ बोस्निया हर्जगोभिनामा पोष्ट कन्फ्लीक्ट म्यानेजमेन्टसम्बन्धी एउटा परियोजनामा समाजशास्त्रीका रुपमा काम गर्दैछु । विश्वविद्यालयले मेरो पीएचडीको प्रस्ताव स्वीकार गरिसकेको छ । पीएचडी सकेपछि युएनडीपीतिर ज्वाइन गर्ने विचार छ ।

यहाँ आएर मैले एउटा ब्राजिलियन समाजसास्त्री भेटें । र, अहिले ऊ मेरो सहयात्री बनेको छ । हाकिम पनि हैन र लोग्ने पनि हैन, केवल सहयात्री । हामी सुखी छौं र एक–अर्कालाई बुझ्छौं । मलाई यो तेस्रो पुरुषको संगत सम्मानजनक लागेको छ । हामी छुट्टी मनाउन कहिलेकाहीं समुन्द्री किनारतिर जान्छौं, त्यो पनि इटालीका समुद्री किनारमा । मस“ग पैसा छ, आत्मविश्वास छ र, भविष्य छ । तर आत्मामा एउटा खाडल छ । छोरी, स्वास्नी र आमाका रुपमा बिताएका दिनहरुले मलाई अझै चिमोट्न छाडेका छैनन् । तर मलाई थाहा छ, म पछाडि फर्कने छुइनँ । कहा“ पुगिन्छ, थाहा पनि छैन । मेरो पीर एउटै छ, के त्यो खाडल पुरिएला ?

अब म पत्र समाप्त गर्नुअगाडि पहिले छाडेको एउटा प्रसंगमा फर्कन चाहन्छु ।

मैले भनेकी थिए“, यी सबै दुर्घटना जुन तिम्रो र मेरो जीवनमा घटे, त्यसका लागि तिमी मुख्य रुपले जिम्मेवार छौ । र, तिमीले बोकेको कथित सिद्धान्तको जडता जिम्मेवार छ । यहा“ आएर समाजशास्त्रका मास्टर्स गर्दा पढेको औपचारिक शिक्षाले र स्क्यानडेनेभियन मुलुकमा देखिएको स्त्री–पुरुषसम्बन्धमा अधिकतम समानताको सुनिश्चितताले मेरा पुराना अधकल्चा तर्कहरु पाकेका छन् । र, म अझ निश्चितताका साथ भन्नसक्ने भएकी छु, नेपालमा हाल प्रचलित सरकारी माक्र्सवाद र त्यसबाट निर्देशित पार्टी तथा तिनका नेता समाजवादी त कुरै छाडौं पु“जीवादी पनि होइनन् । अहिले कमरेड प्रचण्ड, डा. भट्टराई, हिसिला यमि र पम्फा भुषालहरु कस्तो समानताको अभ्यास गर्दै र गराउ“दैछन्, मलाई त्यति थाहा छैन । तिनले हेपिएका र चुलोचौकामा सीमित महिलालाई घरको चारपर्खालबाट बाहिर त निकालेका छन् । तर, तिनको पार्टीका कार्यकर्ताबीच वैवाहिक सम्बन्धमा छनौटको, प्रेमको र विवाहपछिको लोग्नेस्वास्नीबीचका सम्बन्धमा ‘मेल डोमिनेसन’लाई समाप्त पार्ने आवश्यकताको बारेमा पूर्ण स्वतन्त्रता र समानताको पालना गराएका छन् भन्ने मलाई कति पनि विश्वास लाग्दैन ।

हो, तिमीले मलाई अलि फराकिलो ढंगले स्त्री–पुरुष सम्बन्धमा बन्धन वा दायित्व र स्वतन्त्रताका बारेमा सुनाएका थियौ । तर व्यवहारमा तिमीले त्यसलाई पनि कहिल्यै पालना गरेनौ । विवाहको निर्णय गर्दा पनि मस“ग कुनै सल्लाह नै नगरी ट्वाक्क निर्णय ग¥यौ । म तिमीप्रतिको अति आशक्तिका कारण चुप लागें, कतिसम्म भने खुसी पनि भए“ । पछि मलाई शिक्षक बनाउने निर्णय पनि मलाई नसोधिकनै लियौ । विवाह भएपछि तिमीले मलाई दुःख–सुखका लागि सहभागी त बनायौ तर मेरा इच्छाबारे एकबचन सोधेनौ । मलाई जागिर र छोरी भिराएर तिमी नेता बन्न, सामाजिक प्रतिष्ठा आर्जन गर्न वा व्यक्तित्व निर्माण गर्नमा लाग्यौ । तिमीमात्र होइन, मैले चिनेका तिम्रो पार्टीका अधिकांश नेताहरु तिमीजस्तै छन् । र, तिनले आ–आफ्ना श्रीमतीलाई पैसा कमाउने वा मनोरन्जन गर्ने साधनका रुपमा बाहेक बुझेकै छैनन् । चुलोचौकोमा पुरुषले प्रवेश गरेका छैनन् । बच्चा स्याहार्न पुरुषले हात फोहोर बनाएका छैनन् । अझ तिमीहरु त राजनीतिका नाममा बिनाश्रम अरुको पसिनामा बा“च्ने अधम र लम्पटहरु हौ । तिम्रो पार्टीका आइमाई नेतृहरु विधवा हु“दा सेतो साडी लगाएर भोट माग्छन् र महिलालाई पितृसत्ताका विरोधमा भाषण दिन्छन् । तिमीहरु सांस्कृतिक रुपले घोर पाखण्डी र ठगहरु हौ ।

अर्को कुरा, म छक्क पर्छु, तिमीजतिको सचेत मान्छे त्यो पार्टीमा किन रहिरहेका हौ ? आजका सन्दर्भमा तिम्रो समाजवादले साम्राज्यवाद वा पु“जीवादस“गको लडाइँ कसरी जित्ने हो ? समाजवादका कार्यभार के हुन् ? अनि कस्तो समाजवाद चाहेको हो ? यस्ता प्रश्नको जवाफ नदिई ‘इतिहासको मृत्यु भयो’ भन्दै हिँड्ने पु“जीवादस“ग लड्ने नैतिक बल तिमीहरु कसरी प्राप्त गरौला ? अनि तिम्रो बहुदलीय जनवाद नामको सिद्धान्तले नवउदारवादी पु“जीवादका गरिबमारा सिद्धान्तअगाडि लम्पसार परेको तिमी किन देख्दैनौ र मुक्ति, समानता वा समाजवादको नाममा पाखण्डी पण्डाहरुको पछि लागिरहन्छौं ?

तिमीलाई थाहै होला, सधैं तिम्रो घरमा आइरहने र मलाई फुक्र्याएर चियामाग्ने सांसद भेदबहादुर वा कमरेड भिवि गुरुङ र कमरेड जीपी सांसद भएपछि तिम्रै कोठामा कतिपटक आएका थिए । तर शकुन्तलाले कामीस“ग बिहे गरेपछि तिनीहरु तिम्रो घरमा पसेको थाहा छ तिमीलाई ? तिम्रो समानता, न्याय र प्रजातन्त्र त्यही होइन ? माक्र्सवादले समाजवादलाई मानव–संस्कृतिको सबभन्दा उच्चतम स्वरुपको रुपमा कल्पना गरेको छ । तर तिमीहरु त्यसको सबभन्दा भद्दा र कुरुप अभियन्ता हौ ।

मलाई तिमीस“गको मुख्य गुनासो यत्ति हो । तिमी मलाई एउटा सामन्तले झैं वा एउटा सिल्ली किसानलेझैं भोग्न चाहन्थ्यौ र मेरो का“धमाथि चढेर दुनिया“का सामु आफू अग्लिन चाहन्थ्यौ । तर मलाई त्यो स्वीकार्य थिएन । मैले तिम्रो दास हुन अस्वीकार गरेकी मात्र हु“ । अब मेरो भन्नु सिद्धियो ।

अर्को वर्ष एकपटक नेपाल आउ“छु । यदि अप्ठ्यारो मान्दैनौ भने मलाई छोरीहरुस“ग केही हप्ता बस्न मन छ । र, एकपटक तिमीलाई नजिकै गएर छुन मन छ ।

रश्मी

५ मे २००२,बोस्निया

Author: 
Segments: 

Comments