मेरो बेहोसी आज मेरो लागि पर्दा भो / ईश्वरबल्लभ

Author

मेरो बेहोसी आज मेरो लागि पर्दा भो
जो थिए पीर सबै दुख सबै पर्दा भो

यो नशा जिन्दगीको यो हो नशा रक्सीको
के हो यो? पिरती हो नयाँ नयाँ प्रेयसी हो
जे थिए स्वप्न सबै नै पग्लिएर पानी भो
के बिहान साँझ सबै जिन्दगी नै पर्दा भो

मेरो यो मात यहाँ के हो तिमी भनिदेऊ
मेरो यो आश यहाँ के हो तिमी भनिदेऊ
जे थिए यात्राहरु ती अल्झिएर बाधा भो
हराए गीत सबै हार सबै पर्दा भो


स्वर – नारायण गोपाल

Segments