Loading

Memoir Personality

स्रष्टा गोठालेको सिर्जनात्मक व्यक्तित्व / कृष्णचन्द्रसिंह प्रधान

बाटोमा फालिराखेको प्रजापरिषद्को पर्चा टिपेको भरमा सिंहदरबारको केरकारमा पर्नुपर्ला भन्ने उसबेलाको केटोलाई के थाहा ? त्यसबेला 'शारदा' मा उनको रचना छापिन लागेको रहेछ आफ्नो उही नामबाट छापिदा झन् दण्डित पो हुने हो कि भन्ने झमेलाबाट जोगिन झट्टपट्ट नाउँको पछाडि उपनाम जोड्छन् 'गोठाले' । त्यस बेलादेखि 'गोठाले' भएको साहित्यकार गोविन्दबहादुर मल्ल यही नामले चिनिन्छन् र हामी सम्बोधन गर्दै आइरहेका छौँ ।

सेतो बाघपछि बल्ल मैले निर्णय गरेँ 'अब लेखक बन्छु'

२०१७ साल पुस १ गते। हनुमानढोकास्थित नेपाल राष्ट्र बैकबाट घर खर्चका लागि पैसा निकालेर बाहिर के निस्किँदै थिए, एकजना शुभचिन्तकले बाटोमै रोकेर भने, 'ल, तपाईं यहाँ। वहाँ सबै कांग्रेसीलाई पुलिसले धमाधम समातेर लाँदैछन्।'
म चकित।
रातिसम्म कुनै गाइँगुइँ थिएन।
म तरुण दलको पहिलो अधिवेशन हुन लागेको टुँडिखेलतिर दौडिएँ। बाटोमै एउटा पुलिस करायो, 'समात यसलाई, समात।'

भावुक साहित्यकार डा. हृषिकेश उपाध्याय / पुण्यप्रसाद खरेल

मैले ऋषिजस्ता हृषिकेश भनेर लेखेथेँ, जुहीको ५८ औं अङ्क अर्थात् डा. हृषिकेश उपाध्याय विशेषाङ्कमा । आज दुई वर्ष नबित्तै उहाँलाई 'भावुक' विशेषण लगाइरहँदा कतै प्रश्न उठ्ने हो कि ?

रचना फिर्ता गर्नुपर्दा

मैले काम गर्ने संस्था राष्ट्रिय वाणिज्य बैङ्कले 'उपहार' नामको त्रैमासिक पत्रिका प्रकाशन गर्ने रहेछ । त्यो पत्रिका बाहिर बजारमा नआउने भएकाले खासै पाठकहरूले भेउ पाएका थिएनन् । सुरूमा यस पत्रिकाभित्र कर्मचारीको तालिम सरुवा बढुवा र कर्मचारीहरूका केही आर्थिक लेख, रचना र सामान्य साहित्यिक रचनाहरू छापिने गरेका रहेछन् र साहित्यिक क्षेत्रमा त्यस पत्रिकाको खासै नाम चलेको रहेनछ । २०४६ सालको परिवर्तनपछि त्यो पत्रिकालाई पनि बजारसम्म पुर्‍याउनुपर्छ भन्ने चर्चा चलेपछि २०४७ सालमा बैङ्क व्यवस्थापनका एक व्यक्ति नियात्राकार देवीचन्द्र श्रेष्ठले जोड गरेपछि कुमार भट्टराई -शार्दुल भट्टराई) र मलाई त्यस पत्रिकाको

कृष्णचन्द्रसिंह अवज्ञाको देउराली

कवि राजवकी छोरीको बिहे भोजमा थिएँ म, वसुन्धरामा । भोजमा बाक्लै थिए बहुउमेर, बहुविधा र बहुविचारका लेखक-कविहरू । नीलगगनबाट चट्याङ परेझैँ खबर आयो ः कृष्णचन्द्रसिंह प्रधान इहलोकमा अब रहेनन् । भोजको वातावरणमा अनायास गाढा उदासी छायो । पाको उमेरका प्रधान यो सुन्दर संसारबाट बिदै हुने गरी थला परेको सुराकी मैले पाएको थिइनँ । ध्रुवचन्द्र गौतमको कानमा साउती गरेँ, "ध्रुव सर !

म गीतकार पनि भइहालेँ

आमाको गर्भमा रहँदादेखि नै मैले मीठो गीत सुन्न पाएँ। मीठो गायन सुन्न पाएँ। कति भाग्यमानी म! बहुत थोरैले पाउछन् यस्तो मौका। यस्तो मौका पाएकैले होला म गीतकार पनि भइहाले।

आमाको गर्भमा रहँदादेखि नै मैले मीठो गीत सुन्न पाएँ। मीठो गायन सुन्न पाएँ। कति भाग्यमानी म! बहुत थोरैले पाउछन् यस्तो मौका। यस्तो मौका पाएकैले होला म गीतकार पनि भइहाले। यस्तो मौका नपाएको भए सायद म गीतकार हुन सक्दिनथे होला।
कोही कोही त भन्छन्, 'तिमी त अघिल्लो जन्ममा पनि गीतकारै थियौ होला र त लेख्छौ यति राम्रा गीतहरू!'

Author: 

Pages

Comments

Subscribe to Memoir Personality