Memoir Personality

संस्मरण व्यक्तित्व 

बहुमुखी प्रतिभाका धनी भानुभक्त आचार्य/ विष्णुलाल श्रेष्ठ

यतिखेर नेपाली साहित्य आकाशमा सबैभन्दा बढी चर्चा आदिकवि भानुभक्त आचार्यकै छ । अहिले हामी आदिकविको सम्झना गरिरहेछौँ । हामी नेपाली! नेपालकै भूमिमा उभिएर वर्षको एकचोटि औपचारिकता निभाउँछौँ ।

जङ्गलमा मनका फूल फुलाउने कवि/ डा. जनकलाल बैद्य

नेपालभाषा गीति कविता विधामा सुपरिचित एवं जनप्रिय व्यक्तित्व हुन् दुर्गालाल श्रेष्ठ । उहाँका गीति कविताका लय ध्वनि, कोमल शब्द चयन सीप, मधुर भाव रस सञ्चार तथा सरल, स्पष्ट, सहज अभिव्यक्तिबाट धेरैजसो श्रोता-पाठक मन्त्रमुग्ध भएका देखिन्छन् । उहाँका कविताको वाचन उहाँबाटै भएको बेलामा उहाँका वाचिक, आङ्गकि र साìिवक भाव अभिनय पनि स्वतः स्फूर्तरूपमा प्रदर्शित भइरहेको हुन्छ । त्यस्तो स्थिति श्रोतालाई मनमोहक र प्रेरक लाग्दछ ।

दरिद्र कुत्तासरी भो किन ?/ आनन्दराम पौडेल

८\१० महिना अघिको घटना हो, चिया खाएर बसिरहेका साथिहरूको छेउमा एकजना ह्याण्डसम युवक आए । तिनी आर्मीको जागिर छाडेर यूएन सर्भिसमा जानलागेका मेजर हिमाद्री थापा मगर रहेछन्। एक्कैछिन बसे र हिंड्ने बेलामा, “तपाईंहरू सवै बाहुन जस्तो लाग्यो,बाहुनको भविष्य छैन। किनभने बाहुनहरू एक्लाएक्लै बाँच्छन्, जो सङगठित हुँदैन त्यो सिद्धिन्छ” भने। हुनपनि बाहुनहरूवीचमा टीम स्पिरीट, टीम कल्चर र टीम वर्क हुँदैन। एउटा बाहुनले अर्को बाहुनलाई अपनत्वको नजरले कहिल्यै हेर्दैन, बरु एउटा पण्डितको एरियामा अर्को पण्डित आइपुग्योभने त्यहाँ सौहार्द्रता र हार्दिकता हैन भित्रैदेखि हुङ्कार शुरु हुन्छ। हिमाद्रीले जुन निस्कर्ष दिए त्य

तन र मनकी सुन्दर साहित्यकार/ तुलसीहरि कोइराला

"सुरकुमारी ! सिंह साहस
तनकी सुन्दर मनकी सुन्दर !
ताक तिम्रा फटिक निर्मल
मातृत्वको ए मृदुल मन्दिर !
वाल मानव पोषिणी छौ
अप्सराका भावद्वारा
लाखबत्ती बालिरहिछ्यौ!
झिल्मिलाऊन् अचल सारा

मेरो डायरीमा डायमन/ डा. रामदयाल राकेश

डायमनशमशेर राणा नेपाली ऐतिहासिक औपन्यासिक आकाशका कहिल्यै पनि नअस्ताउने उपन्यासकार हुनुहुन्छ, उहाँसँग मेरा कटुमधु-अनुभवहरू अनन्त छन् तर सबैको खुलासा यहाँ गर्न सकिन्न । उहाँसँग मेरो कहिले र कहाँ भेट भयो मलाई यकीन थाहा छैन तर उहाँको नातेदार कुपण्डोल निवासीको घरमा भारतको कोलम्बो योजनाअन्तर्गत प्राध्यापन गर्ने प्रा.डा.

प्रेरणाको एक अनुपम शिखर: झमक/ जगदीश घिमिरे

झमक घिमिरेको हालै प्रकाशमा आएको पुस्तक ‘जीवन काँडा कि फूल’ प्रेरक–साहित्यको एक अनुपम शिखर हो ।

कविजीलाई सम्झिँदा/ माधव घिमिरे

कविवर सिद्धिचरण श्रेष्ठ नेपालीका प्रिय कवि हुनुहुन्छ । साहित्यकारहरूले 'कविजी' भनेर गरिने सम्बोधन उहाँकै निम्ति हुन्थ्यो । फूलमा डुब्ने पुतलीजस्तै बारबार एक ठाउँबाट एकाएक उठेर अर्को ठाउँमा जाने उहाँ अरूसँग असम्पृक्त रहेर नयाँ-नयाँ भावलाई समात्न हिँडिरहे जस्तो लाग्थ्यो । कहिलेकाहीँ गुलाबी ठट्टाको साथ अर्काको विचारलाई खण्डन गर्दै हाँस्ने उहाँ आफ्नै मौलिक चिन्तनमा विश्वस्त हुनुहुन्थ्यो । उहाँ कविताप्रति समर्पित कवि हुनुहुन्थ्यो र जनताका निम्ति कविता लेखेबापत अठार वर्षका निम्ति जेल पर्नुभयो । उहाँको पहिलो विशेषता हो- उहाँ मनमा नलागी कविता नलेख्ने । उहाँ कविताको परिभाषा गरेर त्यस्ौअनुसार

रुसी केटीद्वारा बलात्कार चेष्टा/ मदनमणि दीक्षित

‘स्वेता! ‘ भूमध्यसागरका किनारै•किनार अल्जियर्सदेखि एथेन्स अनि कालासागर तटमा अवस्थित बुल्गेरियाको राजधानी सोफिया, तत्कालीन सोभियत संघका रमणीय शहर कन्स्टान्सा, ढडेस्सा हुँदै सुखुमी जहाजघाटमा उत्रिएको ‘ लित्भा ‘ नामक विशाल रूसी पानीजहाजकी परिचारिकाको नाउँ थियो त्यो। २० वर्ष जतिकी ती केटीले एथेन्सपछिको यात्रामा पानीजहाजको तेस्रो तल्लाको मेरो कोठामा आएर राति एक बजे मसित रतिविलास गर्न मौन अनुरोध गरिन् र मैले इन्कार गरेँ।

नओझिलिनुपर्ने मूर्धन्य स्रष्टा 'हृदय'/ तेजेश्वरबाबु ग्वंगः

मातापिताका कुलघराना अनुरूपका नाम चन्द्रप्रसाद प्रधानका चन्द्र अगाडि 'हृदय' शब्द नै उपसर्गझैं तुल्याएर हृदयचन्द्र बनेका नेपाली वाङ्मयका मूर्धन्य स्रप्टा समीक्षक उनै हुन्, जसलाई नेपाली साहित्यिक संसार सम्मान समर्पण गर्छ । सम्मान आडम्बर गर्दैमा प्राप्तिने उत्कर्ष होइन । सम्मान आत्म उपलब्धिने उपहार हो भन्छु । हृदयचन्द्र उस्तै उत्सर्गका उत्कर्षमूलक सिंह प्रधान हुन् । सिंह प्रधान राणाकालीन शासन व्यवस्थामा प्रदान हुने एक सामाजिक सम्मान शब्द बन्न पुग्यो । उत्साही, प्रबल र तीक्ष्ण मानस कुण्ड भएकालाई 'सिंह' भनिने तत्कालीन सम्मान संस्कार रहेको छेस्को बालापनमा सुन्ने गरेको झझल्को खन्याइरहेछु । बुबा र म

Chakrapani Chalise: Bridge Between Two Eras/ Yuba Nath Lamsal

Chakra Pani CHaliseChakrapani Chalise bridged the two eras of Nepali literature—the romantic period represented by Motiram Bhatta and modern age beginning with Lekhanath Poudyal’s emergence. Motiram Bhatta’s period was indeed a beginning of the renaissance in the Nepali literature. During this period several writers revived and enriched the Nepali language and literature for which Motiram’s role and contribution was colossal.

Language