Memoir Personality

संस्मरण व्यक्तित्व 

पहिलो गीत रेकर्डिङ हुँदा... / दिनेश अधिकारी

Nepali Poet Dinesh Adhikariक्याम्पस जीवनको रौनक नै बेग्लै। लिजर पिरियडको त कुरै छाडौं। बेन्च बजाउँदै गीत गाउँथ्यौं। २०३७ तिर काठमाडौंको नेपाल ल क्याम्पस पढ्दा ताकाको कुरा हो यो। तिनताका ल क्याम्पसमा विद्यार्थीहरूको निकै भीड लाग्थ्यो। हाम्रो ब्याचमा मात्रै ३ सय ५० जनाभन्दा बढी थिए। चार समूह बनाइएको थियो, हाम्रो समूहमा विरोध खतिवडा, सञ्जीव मिश्र, सुरेन्द्र राना लगायत थियौं। त्यति बेला म रक्षा मन्त्रालय अन्तर्गत सैनिक विमान सेवामा नायव सुब्बा थिएँ।

अहिले नेताको छवि बनाएका विरोध त्यति बेला प्यारोडी खुब गाउँथे खाली समय। जोक्स पनि निकै सुनाउँथे उनी। सुरेन्द्रका केही गीत रेडियो नेपालमा रेकर्ड भइसकेका थिए राम थापाको स्वरमा, लिजर पिरियडमा बेन्च बजाउनु पर्‍यो भने उनको भागमा गीत परिहाल्थ्यो, मचाहिँ कविता सुनाउँथें। गायक/संगीतकार राम थापाको नाम निकै चल्तीमा थियो त्यो समय। हुन त उहाँको नाम सधैं चम्की नै रह्यो। उहाँ ल क्याम्पसको क्यान्टिनमा चिया पिउन बरोबर आइरहनुहुन्थ्यो। हामीसँग पनि 'हाई हेलो' चल्थ्यो।

शताब्दी पुरुष / सत्‍यमोहन जोशी

SatyaMohan Joshiयो सोमबार मेरो जीवनकै एक महत्त्वपूर्ण घटना घटिरहेको छ। त्रिमूर्ति निकेतनले यसभन्दा अघि कहिल्यै नगरिएको कार्यक्रम गर्दैछ। प्रात: स्मरणीय तीन स्रष्टा कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा स्थापित यस संस्थाले मलाई शताब्दी पुरुष घोषणा गरिसकेको छ।

भूपी, क्रिकेट र ब्रेडमन / सरुभक्त

Bhupi Serchanऊ सर्वाङ्ग सेतो र छरितो लुगा लगाएर ब्याटिङ गर्न क्रिजमा उभिएको थियो । ऊ कुन क्रममा ब्याटिङ गर्न खेल मैदानमा प्रवेश गर्‍यो, मैले थाहा पाइनँ । कुन स्थानमा ऊ ब्याटिङ गरिरहेको थियो, त्यो पनि मैले थाहा पाइनँ । उसको अर्काेपट्टि क्रिजमा को उभिइरहेको थियो, मैले ध्यान दिइनँ । उसको विकेटपछाडि को थियो, त्यो पनि मैले याद गरिनँ । मैदानभरि छरिएका फिल्डरहरुलाईर् देखेर पनि सायद देखिनँ । मैले उसलाईर् हेरें, हेरिरहें । कारण ऊ

जगदीश दाइ, कहाँ हराएको ? / नयनराज पाण्डे

Jagdish Ghimireम जीवनको बारेमा लेख्नुपर्छ भन्ने सोच राख्छु । जीवनबोध नै त हो हामीलाई बाँच्न उत्प्रेरित गरिरहने । यही एउटा माध्यम हो, जसले हाम्रा किताबका चरित्रहरूलाई जीवनमुखी बनाएर सिर्जनाको राजमार्गमा लड्दैपड्दै भए पनि निरन्तर हिँडिरहन बाध्य बनाउँछौं हामी । हामी कलमजीवीले यसो गर्‍यौं भने हाम्रो लेखनी पलायनवादी हुँदैन रे । यसो भन्छन्, किताबका जानकार र समालोचकहरू । तर मैले मेरा आख्यानहरूमा चरित्रहरूलाई निकै मारेको छु । म मेरा चरित्रहरूको हत्यारा हुँ । क्रूर हत्यारा । 'लू' र 'घामकिरी'ले यस मानेमा मलाई कुख्यात बनाएको छ । 

पारिजातका पत्रहरू / जगदीश घिमिरे

Paarijaat२०२० को दशकमा चर्चाको शिखर टेकेकी 'शून्यवादी पारिजात 'राल्फा' र 'कम्युनिस्ट' भएपछि पनि आफ्ना दर्जनौं कृति र जीवनशैलीमार्फत समेत चर्चित छन् ।

पारिजातसँग मेरो दोहोरी थिएन । मेरो २०२७ सालमा छापिएको 'लिलाम' उपन्यास पढेपछि उनले मलाई पहिलो पत्र लेखिन् । प्रतिष्ठित लेखिकाको प्रशंसात्मक पत्र पाएर मलाई सुखद आश्चर्य भयो । डेढ वर्षको त्यस दोहोरीमा मसँग एउटाको उतारसमेत उनका सात थान पत्र छन् । अरू केही थिए, हराए ।

अध्ययन, चिन्तन, मनन नभईकन लेखक हुन सकिँदैन / जगदीश घिमिरे

Jagadish Ghimireसाहित्यकार जगदीश घिमिरे राजधानीको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका बेला पारस नेपालले गरेको कुराकानी । (स्रोत: कान्तिपुर)

नेपाली साहित्य लेखन अहिले कस्तो छ ?

पपुलर हुँदै छ । किताबहरू बिक्री हुन थाल्या छन् । पाठक बढया छन् । चर्चा-परिचर्चा पनि हुन थाल्या छ । पत्रपत्रिकाले स्थान दिन थाल्या छन् । यस कारण नेपाली साहित्यको भविष्य म राम्रो देख्दछु ।

सम्झनामा गोपाल योञ्जन / किरण भण्डारी

Gopal Yonjanमेरो गीत मेरो प्रतिविम्व होइन 
जो फुटी जाने छैन, टुटी जाने छैन 
आकाशजस्तो अमर गीत मेरा 
म जस्तो दुई दिनको पाहुना होइन 

गोपाल योञ्जनले उन्नाइस बर्षकै उमेरमा उक्त गीत मार्फत् आफ्नो जीवन गाथा लेखेका रहेछन् । गीतमा भनिएजस्तै उनका सयौं गीत अमर भए । दुई दिनको पाहुना हुँदा गरेको बेजोड सिर्जनाले गोपाललाई पनि संसारभरका नेपालीको ढुकढुकी बनायो।

About Personality

३५ वर्षपछि भैरव सम्झँदा / हरि अधिकारी

Bhairav Aryal

श्रेष्ठतम् हास्य-व्यङ्ग्य लेखक भैरव अर्यालको चालीस वर्षको अल्पवयमै काठमाडौं गोकर्ण नजिक वागमती नदीको पत्थरिलो खोंचमा फाल हालेर आत्महत्या गरेको खबर साहित्यका आम पाठकहरूले मात्र होइन, आत्महन्ता व्यंग्यलेखकका घनिष्ट साथीभाइहरूले समेत केही समयपछि मात्र पाए । प्रतिक्रियात्मक मनस्तापका सिकार काठमाडौंको काँठ क्षेत्रमा उदाएका यी बहुप्रतिभाशाली स्रष्टाले एक न एक दिन त्यस्तै केही भीषण उपद्रो गर्नेछन् भन्ने अलच्छिना आशंका गरिरहेका उनका निकट मित्रहरूले उनको मृत्युको समाचारलाई टार्न नसकिने भवितव्यका रूपमा लिएको हुनुपर्दछ त्यतिबेला । घनिष्टहरूमध्ये पनि घनिष्टतम् भैरवमित्र रोचक घिमिरे पोखरामा थिए, दसैंको लगत्तैपछिको बिदाको समय बिताउन पुगेका । पोखरा भ्रमणको कार्यक्रम घिमिरे र अर्याल दुवैले मिलेर बनाएका थिए । तर, अन्तिम घडीमा भैरवले फेरेका थिए आफ्नो योजना ।

सम्झनामा भैरव अर्याल / रोचक घिमिरे

Rochak Ghimireखेमकुमारी र होमनाथका छोरा भएर विसं.१९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका हुन् भैरव अर्याल । नेपाली साहित्यमा कहलिएका साहित्यकार अर्यालको प्रसिद्धिचाहिँ हास्यव्यंग्य शैलीमा नै बढी छ । नेपाली हास्यव्यंग्यका बेजोड प्रतिभा हुन् उनी । हास्यव्यंग्यका शिखर स्रष्टाको मान्यता पाएका छन् भैरवले । नेपाली हास्यव्यंग्य र भैरव अर्याल एकअर्कासँग अभिन्न भएर गाँसिएका छन् । उनका ‘काउकुती’, ‘जय भुँडी’, ‘गलबन्दी’, ‘इतिश्री’, ‘दस औतार’, ‘टेढो ऐना’, ‘कारिन्दाको दिनचर्या’ हास्यव्यंग्यका लोकपि्रय कृति हुन्।