Loading

मायालु हजार हुन्छन् तर माया एक हुन्छ / गोपाल योञ्जन

मायालु हजार हुन्छन् तर माया एक हुन्छ
बुझेर माया देऊ, दिन पर्ने एउटै हुन्छ

मिलनका म्वयीहरू मायाका चिन्ह हैनन
तृष्णाले छटपटेका यौवनका दोष ती हुन्
माया त गुँड मुटुको गहिराइभित्र हुन्छ
त्यो लिन गाह्रो हुन्छ दिन पनि गाह्रो हुन्छ
सोचेर माया लेऊ सम्झेर माया देऊ
एकपल्ट साँटेपछि फर्काउन गाह्रो हुन्छ

माया सधैं नै चोखो सत्य र अमर हुन्छ
बरु कोहि मायालु नै जुठो र झुठो हुन्छ
मायालुहरू मरेर मर्दैन मायाहरू
लासमाथि पनि माया बाँचिरहेकै हुन्छ
जानेर माया लाऊ मायाको अर्थ के हो
मनपरि माया गर्दा लाजमर्दो पनि हुन्छ



शब्द/संगीत: गोपाल योञ्जन
स्वर: ध्रुव केसी

Author: 
Segments: 

Comments