मौनको अग्निशमन/ महेश प्रसाईं

अभिवादन, शून्यलाई अभिवादन। नमन्, रत्तिmतालाई नमन्। पराकृतिलाई नमन्। निराकृतिलाई नमन्।

नमन्, आत्मालापलाई नमन्। आत्मोद्गारलाई नमन्। निहत्था कोहरामलाई नमन्। बलात्कृत, सन्ध्यालाई नमन्।

अनाधिकृत, अभिवादन नगर्नु समयलाई। नगर्नु, समयलाई अभिनन्दन। समय छैन, समयसित।

समयको अनुपस्थितिमा उचित-अनुचित, नीति-कुनीति, अजीव-अस्वाभाविक, केही छैन। केही होइन। उपयोगिता-अनुपयोगिता, उपलब्धि-अनुपलब्धि, अर्थ-अनर्थ, केही छैन। सार-निस्सार किमार्थ छैन।

उत्तरति-अनुत्तरति, अनुत्तरति-उत्तरति।

दिक् र कालसित केही रहेन।

छापाहरूमा। स्याटेलाइट तरंगहरूमा। छाइरहेको एउटा प्रमुख शीर्षक। शीर्षकीय आवृत्ति। अमूक आकृतिगत। विदीर्ण पहेलीयुक्त। नाट्याभिमुख। रङ्गमञ्चीय ढिटौरा। संसद् हराएको छ, संसद्बाट। संवाद बिलाएको छ संवादसूत्रबाट। नागरसभ्यता हराएको छ उपनगरीय वृत्तबाट। हराएको छ वसन्त, वसन्तपुर डबलीबाट।

दृश्यमा। दृश्यमान स्िक्रनहरूमा, सूत्र र सूत्रधारको अभिनय। पजनी गरेको छ कसैले। दृश्यावलीमा। चलायमान ब्ल्याकआउटहरूमा। सपनाकांक्षाहरूको सार। साधिकार, मानमर्दन गरेको छ क्रमैले, कसैले।

झोक्तालाई ज्ञात छ।

परपिञ्चलाई ज्ञात छ।

सरोकारवालाहरू को हुन्, किन हुन् ! कुन यौगिकबाट उत्प्रेरति हुन् ! भन्न सकिने स्थिति छैन। जवाफदेहिता किन छैन ! चुल्बुल खुल्दुली थालिँदैन किन ! सापेक्ष-निरपेक्ष। निरपेक्ष-सापेक्ष। परस्पर कन्ट्रास्टको सन्देश-संप्रेषणमा छ।

मनोविनोद-हास परहिासको 'डेटलाइन' तय गरेर।

भविता पनि होइन। भोग्यता पनि होइन।

मलिन छन्, कलेँटी कोटहरू। कातैकात कमिजहरू। मौन छन्, धोती-कुर्ताहरू। सुरुवाल-लवेदाहरू। सलवार टवहरू। साडी ब्लाउजहरू। कुशल क्षेमहरू, सबै ती मौन छन्। लज्जा र लज्जातीत पर्दाहरू मौन छन्।

मलिनहरू, मौन छन्।

उन्मुक्तिको, अन्तर्लय। खोज्दै हिँड्ने एक संवाहक। सुदूर बस्तीको भोक तृप्ति। चहार्दै हिँड्ने एक प्लेनम ।

फायरबाख, तिम्रो मनुष्य, सम्पूर्ण सांस्कृतिक परम्पराको कुशल प्रतिविम्ब, जसलाई एकसाथ अक्सिजन र सल्फर डायोक्साइडको कक्षमा राखियो। संसद् बोलेन। आदर्श राज्यको, आदर्श बोलेन। सँघारमा, नागरकि ब्युरो बोलेन।

चौतर्फी ग्लोबल वार्मिङ्को प्रभाव छ। ओजोन स्पेसको दुर्दमनीय विस्तार पनि छ। समयको गाथमा समयलाई आरोग्य नभएजस्तो बदली लागेको मौसममा, समयको रुमानी दुर्घटना छ।

कुन्नि, मलिन छन्, पुनश्चः ओठहरू। मुस्कानहरू। धुनहरू। गन्तव्यहरू। भदौराहरू। भत्खौराहरू। लक्ष्य र रणनीतिहरू। दूरी र परििधहरू।

अकिञ्चनको बस्तीमा, मौनहरू मौन छन्।

संक्रमणको चटारो पनि होइन यो। लय-निर्लयलाई बिसाउन असंन्दिग्धहरूको, संदिग्ध चाल पनि होइन। रत-विरत। राग-वितरागलाई तरलिकृत तुल्याउन।

शरीरको निरस पोसाकमा, आरोपित अस्िथपञ्जरीय आत्माहरू पाइलैपिच्छे, छद्मचाल बढिरहेका छन्।

श्वेतपत्रमा, सूचनै सूचना भएर सूचनाकै निक्षेप नभएजस्तो। ज्ञानै ज्ञानले यो जीवकोष भरँिदा पनि अज्ञान-अन्धकारले पाठकदीर्घा परास्त भएजस्तो।

ती सबै तिर्यक स्थितिमा, रुमलिनुपर्ने स्िथतता छ।

बेमौसम, मौसम परविर्तनको। नीति परविर्तनको। मर्यादा विघटनको। सुनामी तूफान आउने हो कि ! सन्त्रास राखेर सन्त्रास कबुल गर्न नहुने थरीथरी आदेश छ। भर अभर निर्देश छ।

टुँडिखेलमा सभा छ।

तामझाम छ, ग्यालरीमा।

टुँडिखेल होइन। टँुडिखेलको चित्रपुरमा, सभा छ। सभाको घम्साघम्सी छ। जात्रा छ। नाच छ। पर्व छ। ताण्डव उत्सव छ।

लिङ्गो गाडे पनि। लिङ्गो ढाले पनि। सभाजस्तो सभा छ। थरीथरीका शिरच्छेदन, पदचिन्हहरू छन्। थुपि्रएका। शिरच्छेदन, अनुभूतिहरू छन्, परस्पर भेदिएका। झुन्डका झुन्ड गतिहरू छन्, चिथोरिएका। रङजस्तो रङैरङका रगतले लतपतिएका। वैजनी गन्धले पोतिएका।

स्वजनहरू। मित्र परजिनहरू। युद्धकालीन सहयात्रीहरू। बन्दोवस्तीय संयन्त्रहरू। हाँसोमा रन्थनिएका छन्। हाँसोजस्तो अट्टहासमा रन्थनिएका छन्।

सभा छ, निरन्तर। अघिदेखि, अमूक विषयमाथि। अमूक नजिरहरू राखेर फैसला गर्नैपर्ने सभा छ।

को के बोलिरहेको छ ! बुझिँदैन। कसले के बोलिरहेको छैन, त्यो झन् बुझिँदैन। कसको आगमन र जयजयकार बाँकी छ ! त्यो बुझिँदैन।

कतिले भनेका छन्।

टाउकोको अर्थ लाग्छ। टाउकोहरू उभिन देऊ। टाउको भनेको टाउको हो। टाउकोको गिन्ती हुन देऊ। आखिर टाउकोइतर सभा मौन छ।

इज्जत आवरुको पर्याय नाक। नाकमा दम छैन। नाकहरू बज्ने हुन्। बज्ने सन्ध्या टर्दैछ। बज्नलाई पर्खने छन्। बज्नलाई आतुर छन्। ती उथलपुथल विचारहरू हुन्। परचियहरू हुन्। टाउको र नाकहरू भनेका।

योगहरू मिलेर। रासायनिकताहरू मिलेर। उपनिषदीय वर्णन जे छन्। वेदान्तिकृत तरेली बनेका। लहरैलहर। विचार निर्मित दिग्दर्शन बनेका।

अस्िमता रक्षाको प्रश्न छ। पद्धति निर्माणको सन्दर्भ छ। टाउको र टाउकोइतर प्रतिविम्बले घोषित तुल्याइएका।

ती पुरोवाक् भनेका।

कोणहरू मिलेर। घनघोर बान्कीहरू मिलेर। मन बेमन दर्शन बन्छ। वटछाया अधीनस्थ संस्कृति।

प्रतिरक्षामा, गाण्डिव शैली ती, घषिर्त हुँदाहुँदै जब। उग्र स्वरूप धारण गर्न सनातनीय चैतन्यहरू, तिनमा थिए, कतिपय।

यी कठोर उपवास भनेका।

परमार्थ चिन्तनहरू ग्रहण गर्छाै, गर।

यी कुलिन् आत्मदाह भनेका। स्मरण गर्छौ, गर।

साधनाको तीव्रताले एक छोप लाग्दैन। उत्सर्ग-उत्सर्गजस्तो रहेन जब।

निष्काम भनिने वस्त्र आभूषणहरू, निष्काम थिएनन्।

दर्शन हुँदाहुँदै। विचारजस्तै, विचारहरू हुँदाहुँदै। ती टाउको-शिरहरू।

शिरपोसहरू, ललाटहरू, तेजहरू, वायुहरू, निष्प्रभ देखिएका छन्। निष्प्राण देखिएका छन्। दिग्भ्रम देखिएका छन्।

प्रश्न हुँदाहुँदै। प्रयोग हुँदाहुँदै। निरुत्तर किन, ती यौवनाकुण्डहरूसित ! संवेग हुँदाहुँदै। संसर्ग हुँदाहुँदै। रतिहीन किन, ती क्रीडाकेलीसित ! आफैँले आफैँसित, ती जल्लादजस्तो मन हुन्। मन छुन। मन विसर्जन गर्न। राज्यले नपुगेर अराज्यको आग्रह छ। तन्त्रले नसकेर वाञ्छित तन्त्रको तन्मय छ। अभयले नधानेर विभयको आतंक छ।

सभा भन्छ।

राज्य सञ्चालन गर्ने कुरा लरतरो छैन। शिरच्छेदन, शिरहरू भन्छन्।

आचार्य मनुले नसकेको कुरा !

चाणक्य, भतर्ृहर िकसैले, कहीँ कुनै टुङ्गोमा पुर्‍याउन नसकेको यस्तो राजप्रासाद !

सरल कहाँ छ र !

विघ्न त स्वाभाविक छ।

निर्माण। विनिर्माणका आयोजना टाँगेर। कार्यकुशलताका चिन्मय टाँगेर। खाका। योजना। कल्पना। परकिल्पना।

'भिजन'। 'कमिट्मेन्ट'। 'डिभोसन'। 'डिटरमिनेसन'।

कस्तो प्रस्ताव राखिएको हो शून्यमाथि ! रत्तिmतामाथि ! यी अभिवादन र नमन्हरूमाथि ! सुलह-असुलहका गणितहरूमाथि !

क्रान्ति ! कस्तो क्रान्ति !

जनविद्रोह ! कस्तो जनविद्रोह !

कुन टुनामुना ! तिलस्िमतामा आश्रति छ ! यो नृशंष- जीवलीला !

यति पनि थाहा छैन ! मौन कति खतरनाक हुन्छ ! सन्नाटा कति उग्र हुन्छ! ठाडो बुझ्ने 'पर्सेप्सन' मात्र हो।

गोधूलिमा, देखा परेका यी अदना आत्मघातहरू, अश्रुहिंसित पोखरीमा आइपुगेका हुन्। चीरकालीन घाउहरू छुन। निर्जल-जल स्नानादिले अभिषेक गर्दै।

द्वन्द्व, विध्वंस र पुनर्योग। ती त्रिविषममाथि कावु तुल्याउन। दोहोर्‍याई तेहेर्‍याई बुझ्ने कुरा पनि 'नोस्टाल्जिया' मात्र हुनसक्छ। कदाचित 'युटोपिया' होइन।

पुरोधारक्षित ठेटना प्रकाशहरू, आत्मोद्घाटनमा प्रवेश भएका हुन्। दम्भ, अहंकार र छलप्रपञ्चका सबै ती दाउपेचहरू चिर्दै, चिथोर्दै, चहर्‍याउँदै। मिथ्यामाथि, मिथ्याहीनता वंशिभूत तुल्याउन।

विडम्बना ! घोर विडम्बना ! मौनताको परंब्रह्मा, अझै कति कुण्ठित बसिरहन सक्छ ! मौनले, मौनको धर्म निर्वाह गर्ने ताराहरू सामान्य हुँदैनन्। छैनन्।

मौन स्थावर हो। जङ्गम हो। चिरनिद्रा हो। समानान्तर आकाश हो, अनन्त प्रतीक्षाको।

चेतना रहोस्।

प्रश्नचिह्न जब उठ्छ मौनतामा, प्रलय प्रारम्भ हुन्छ। प्रलय त्यो, विष्मयकारी हुन्छ। विनाशकारी हुन्छ।

उप्रान्त बलिदानीलाई रूपान्तरण तुल्याइन्छ, कुनै आत्मघातीमा। यत्नपूर्वक, वीरगतिलाई। दुर्वल तुल्याइन्छ, कुनै कमिसारमा। प्लाटुनमा।

निर्देशित। नियोजित। द्रुतविलम्बित। स्रग्धारीय। पराधीनता उन्मुख। कुन्नि, मौनमाथि। एम्बुस ताक्नेहरूले ! समय नै समयसित रहेन भने निषेधको निषेधलाई। कसरी स्वागत गर्न सकिन्छ ! भ्रान्तिको भ्रान्तिलाई, कसरी परचिालन गर्न सकिन्छ !

कुन मण्डलको 'व्याले' रच्यौ !

जनविरोधी जनतन्त्र रच्न !

करनिा ! तिम्रो सौन्दर्य 'इल्युजन' होइन। हुन सक्दैन। भन अबु, 'लाइफलाइन' बाँकी छ कि छैन !

यो नरमेघ यज्ञमा संसद् हराएर। संसद्जस्तो लज्जावस्त्र हराएर। नागर संस्कृति हराएर। अधिसंख्य संवाद हराएर। वसन्तीय डबली हराएर राजकौशलीय स्क्वायर हराएर !

किन गुलिभर यात्रा तय गररिहेका छौ !

के मौनको अग्निशमन देखेका छैनन्, ती छापामारहरूले !

तात्त्विक मौन, शून्यभन्दा माथि छ। रत्तिmताभन्दा अग्लो। अणु परमाणुभन्दा शक्तिमान।

पाश्र्वमा, फ्ल्यासब्याकहरूको खुलासा।

सडक छताछुल्ल छ। जाम छ। चौराहा। गल्छेँडा। गल्ली। ऋषि मनीषी। अस्तव्यस्त छन्।

वरपिर सबै। अन्योल र असमञ्जस्यताहरू। फ्लाइओभर उभिएर। हेररिहेको छ। एउटा अवाक् मन। रक्तवीजजस्तो मन।

अनेक मन। सहस्र मन।

मनहरूले थुपि्रएको मौन। मनहरूले पुरिएको मौन। अकारण चाउरिएको मौन। भवसागर भनिन्छ जसलाई। मौनको पिरामिडभित्र। पिरामिडबाहिर। तमासा चल्दैछ।

बेसीमा झरेर। गोठमा चौपाया वध। परस्त्रीमाथि हिंसा। व्यभिचार। क्याम्पफायर। पाक्शाला परिणति। बृहत्तर भतेर। भोज। मस्ती। महामस्ती। मझेरीमा घुरेर। लज्जामा। सत्मा। समर्पित गृहलक्ष्मी। कुमारी आदि चीरहरण। अन्ततः मुस्तन्डहरूको क्षुधा तृप्ति।

कोठामा। चोटामा। बुइँगलमा। महांकालमा। शंृखलाबद्ध म्यागेजिन प्रहार।

पाखामा। भित्तामा। कान्लामा। छरपस्ट। आततायी चीत्कार। श्रवण र लक्ष्मणहरूजस्तै। मैना र मुक्तिहरूजस्तै। करनिा र फातुमा बेगमहरूजस्तै।

लाचार क्रन्दन। अरण्य पुकार। निर्निमेष हार-गुहार।

सपनै सपना बाँडेर। सपनाको हिंसा गर्नेहरू, ती हुन्।

फूलैफूलका। क्रमनीय मुनाहरू चुँडेर। मुस्कान भत्काउनेहरू, ती हुन्।

सृष्टि सम्पदाको। सौन्दर्य नष्ट तुल्याउने नरधामहरू, ती हुन्।

'नोस्टाल्जिया' मात्र होइन अबु !

अग्निशमन सल्बलाउँदैछ।

मौनको चक्रवर्ती फुकाउन।

शाब्दिक संगीतको मेलोडी वषर्ाउन।

[First published in Nepal Weekly]

Segments: 
Author: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom