Loading

मान्छेको माया यहाँ खोलाको पानी जस्तो/ राममान तृषित्

मान्छेको माया यहाँ खोलाको पानी जस्तो
किनारालाई छोई भाग्ने लहरेको बानी जस्तो
मान्छेको माया यहाँ आँखाको नानी जस्तो
यो रात फकाई आउने सुन्दर विहानी जस्तो

माया त जोवनको आवेश मात्र नै हो
तिर्खाको राम्रो अर्को एक भेष मात्र नै हो
तिम्रो हेराइमा केवल आँखा छ मुटु छैन
तिम्रो बोलाइमा स्वर छ ढुकढकी केही छैन

मायाको विशालता यो आकाश धर्ती नै हो
माया त साँच्ची सुन्दर आत्माको मुर्ति नै हो
तिमी पानीलाई आकार दिने कोसिस नगर
तिमी हावालाई सद्भाव दिने कोसिस नगर


शब्द - राममान तृषित
स्वर - नारायण गोपाल, ज्ञानु राणा
संगीत - शिवशंकर

Segments: 
Author: 

Comments