Loading

मान्छेभित्र अझै जङ्गल जीवित छ/ मनोज न्यौपाने

मान्छेभित्र अझै जङ्गल जीवित छ
र त पाइलैपिच्छे ऊ विभाजित छ ।

दुनियाँ बदलियो भन्नु मात्र हो
पुरानै दुःखले जो कोही आजित छ ।

किताब लेख्न जनावरले जान्दैन
यसै कारण मानिस सम्मानित छ ।

ब्याटरी सकिएपछि ऊ चुप लाग्नेछ
अहिले रिमोटबाट सञ्चालित छ ।

अरुलाई दोष दिने बानी नराम्रो
मान्छे आफ्नै कर्मबाट प्रताडित छ ।

[मधुपर्क असार, २०६८]

Author: 
Segments: 

Comments