Loading

नेपाली

ज्ञानुवाकरको दोस्रो स्तम्भ / जैनेन्द्र जीवन

भट्टको युगमा मौलाएको नेपाली गजल ६०–७० वर्षसम्म हराए जसरी सुस्तायो। भीमनिधि तिवारीहरूको समयमा पुनः ब्युँतिएको साहित्यको यो विधामा बहार आउन २०३० को दशकको आधाआधी पर्खनु पर्‍यो। नेपाली गजलमा तेस्रो पटक पुनर्जागरण ल्याउने सर्वाधिक श्रेय ज्ञानुवाकर पौडेललाई जान्छ, जसले २० वर्षको अन्तरालमा दोस्रो कृति सार्वजनिक गरेका छन्― जिन्दगी छैन अचेल जिन्दगीजस्तो। यसअघिको संग्रह खण्डहर नयाँ–नयाँ नेपाली गजलको आधुनिक कोसेढुंगा मानिन्छ।

Segments: 

नौ वर्षसम्म नबोल्दा / ज्ञानुवाकर पौड्याल

ज्ञानुवाकर पौड्याल गजलकार हुनुहुन्छ । उहाँको साहित्यिक नाम ‘ज्ञानेश कान्तिपुरे’ हो । उहाँलाई ज्ञानुप्रसाद पौड्याल भनेर पनि चिनिन्छ । उहाँको जन्म वि.स. २००९ जेठमा काठमाडौंको गौशालामा भएको हो । उहाँका पिता डोलकिशोर र माता जगतकुमारी हुनुहुन्थ्यो । उहाँहरू दुई दाजुभाइ र दुई दिदीबहिनी जन्मनुभएको हो । ज्ञानुवाकर कान्छो छोरा हो । साहित्यिक पत्रकारितामा लागेका पौड्यालले राजनीतिशास्त्रमा बी.ए.

साहित्यले जोड्दैछ नेपाली मन / बेनुपराज भट्टराई

Nepali Literature in Asam Indiaगुवाहटी (आसाम)-रेल स्टेसनबाट निस्केको एउटा नेपाली हुलप्रति गुवाहटीका सडकमा छक्क पर्ने थोरै देखिए, वास्तै नगर्ने बरु धेरै१ यो भरखरैको कुरा हो, जुन दिन २५ जना नेपाली स्टेसनबाट पल्टनबजारस्थित नेपाली मन्दिरतिर जाँदैथिए। शीरमा ढाका टोपी र दौरा सुरुवालमा सजिएका नेपाली देख्दा स्थानीय मानिस अचम्भित नहुने कारण हो– आसाममा नेपालीभाषीको पुस्तौंदेखिको बाक्लो उपस्थिति। अरुबेलै नेपालीभाषीलाई यस्तो पहिरनमा देख्ने बानीले खाँटी नेपालीप्रति स्थानीय परिचितझैं बनेका हुन्।

दूरी– झन्डै ११ सय किलोमिटर। भाषा– फरकफरक। भूगोल– भिन्नाभिन्नै। देश– अर्कोअर्कै। भारतको उत्तरपूर्वी राज्य आसाम र नेपाली राजधानी काठमाडौंबीचका अन्तर हुन् यी। मेची खोलाले राजनीतिक सीमा निर्क्यौल गर्दै दुई देशमा विभाजन गरे पनि आसाम र नेपालबीच थुप्रै कुरा मिल्दाजुल्दा छन्। भारत बस्ने नेपालीभाषीको संख्या झन्डै एक करोड हाराहारी मानिँदै आएका बेला आसाममै ४० लाख जति नेपालीभाषी छन्। आसाम सबैभन्दा धेरै नेपालीभाषी रहेको भारतीय राज्य हो।

सात सय वर्ष पुरानो पौभा

700 Years Old Pauva Nepali Ard१३ औं शताब्दीमा नेपाली कलाकार अरनिको ८० जना कालिगड सहित तिब्बत गए । तिब्बत पुगेको दोस्रो वर्षमै उनले त्यहाँ सुवर्ण चैत्य निर्माण सकाए, यसपछि युआन वंशका संस्थापक सम्राट कुब्लाई खानको दरबारमा पुगे । कलाकारिताबाट प्रभावित भएर उनलाई तिब्बतकै साक्या गुम्बाका संघनायक पाहसपाले खानको दरबार लगेका थिए । खानले अरनिकोको कला परीक्षणका लागि बिगि्रराखेको ढलोटको एउटा पुरानो मूर्ति मर्मत गर्न लगाए । अरनिकोको कौशलबाट उनी यसरी प्रभावित भए कि भर्खरै बनाउँदै गरेको नयाँ राजधानी तातु (बेइजिङ) मा उनलाई विशाल श्वेत चैत्य बनाउन आदेश दिए । त्यो समय त्यहाँ चैत्य मात्रै बनेन, नेपाली कलाहस्तीले मूर्तिहरू र पौभाहरू पनि बनाए । पछि त्यही थलोमा अरनिको मूर्तिसमेत ठडयाइयो ।

Segments: 

असममा देवकोटा / पर्वत पोर्तेल

Laxmiprasad Devkota Greatest Nepali Poetअसमको राजधानीस्थित डाउन टाउन युनिभर्सिटीको सभाकक्ष खचाखच थियो । प्रायः सेमिनार भइरहने यो सभाकक्षमा शनिबार आयोजित समारोह भने भिन्न थियो । ढाका टोपी र दौरा सुरुवाल लगाएका पुरुष तथा चौबन्दी चोली अनि फरियामा सजिएका महिलाको संख्या निकै थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाका सिर्जनामा पाइने मानवतावादबारे चर्चा गर्न नेपाल र भारतका साहित्यिक अगुवा भेला भएका थिए ।

सयपत्री संस्कृत्यकला संगम, गुवाहाटीद्वारा आयोजित समारोह अग्रज साहित्यकार लीलबहादुर क्षेत्री र गीता शर्माले उद्घाटन गरेका थिए । 'देवकोटाका अधिकांश सिर्जनामा मानवतावादी चरित्र भेट्न सकिन्छ', कवि नव सापकोटाले भने । साहित्यकार गीताले थपिन्, 'उनको त्यही मानवतावादी चेतलाई चाहिँ लिएर अघि बढ्दा विश्वमा नेपाली साहित्यलाई राम्ररी चिनाउन सकिन्छ ।'

Segments: 

दुई किनारको कहिल्यै मेल नभएजस्तै / ज्ञानुवाकर पौडेल

GyanuWalker Poudelदुई किनारको कहिल्यै मेल नभएजस्तै

संभव चाँडै यहाँ आउन रेल नभएजस्तै

तिम्रो मायाको पनि रहेन आस अब त

भाग्यमाथि विश्वास मलाई अचेल नभएजस्तै

Segments: 

शताब्दी पुरुष / सत्‍यमोहन जोशी

SatyaMohan Joshiयो सोमबार मेरो जीवनकै एक महत्त्वपूर्ण घटना घटिरहेको छ। त्रिमूर्ति निकेतनले यसभन्दा अघि कहिल्यै नगरिएको कार्यक्रम गर्दैछ। प्रात: स्मरणीय तीन स्रष्टा कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा स्थापित यस संस्थाले मलाई शताब्दी पुरुष घोषणा गरिसकेको छ।

भूपी, क्रिकेट र ब्रेडमन / सरुभक्त

Bhupi Serchanऊ सर्वाङ्ग सेतो र छरितो लुगा लगाएर ब्याटिङ गर्न क्रिजमा उभिएको थियो । ऊ कुन क्रममा ब्याटिङ गर्न खेल मैदानमा प्रवेश गर्‍यो, मैले थाहा पाइनँ । कुन स्थानमा ऊ ब्याटिङ गरिरहेको थियो, त्यो पनि मैले थाहा पाइनँ । उसको अर्काेपट्टि क्रिजमा को उभिइरहेको थियो, मैले ध्यान दिइनँ । उसको विकेटपछाडि को थियो, त्यो पनि मैले याद गरिनँ । मैदानभरि छरिएका फिल्डरहरुलाईर् देखेर पनि सायद देखिनँ । मैले उसलाईर् हेरें, हेरिरहें । कारण ऊ

Rachana 133

रचना पत्रिकाको 133 औँ अंक

पूर्ण पाठका लागि यहाँ थिच्नुहोस् । 

Magazine: 
Subscribe to नेपाली