Loading

नेपाली

प्रज्ञामा पुस्तक मेला

Book Exhibition Pustak Melaकाठमाडौ, माघ १६ - लामो समयदेखि केही फरक र नयाँ पुस्तकको खोजीमा थिए लेखक कुमार नगरकोटी । पसलमा नपाइने किताब कहिलेकाहीं प्रदर्शनीतिर फयाट्ट भेटिई पनि हाल्छ । यस्तै, संयोग मिल्यो राजधानीमा बिहीबार सुरु 'दोस्रो राष्ट्रिय पुस्तक मेला' मा ।

 

नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा सुरु प्रदर्शनीमा कुमार बिहानै भेटिए । उद्योगमन्त्री महेश बस्नेतले उद्घाटन नगर्दै कुमारले प्रदर्शनी घुमेर केही किताब पनि किनिसकेका थिए ।

Segments: 

मुक्त अनुभूतिमा नारी स्रष्टा

काठमाडौ, माघ ११ - मोमिला जोशी र विमला तुम्खेबा समकालीन नेपाली साहित्यका सशक्त कवि मानिन्छन्। यी दुई स्रष्टा शनिबार दिउँसो एकसाथ रचना वाचनमा देखिए। मासिक कविता वाचन शृंखला 'मुक्त अनुभूति' को आठौं शृंखलामा यी दुई प्रस्तुत भएका हुन्। अन्तरक्रियासहितको वाचन शृंखलामा धेरैजसो नारी संवेदना, अस्तित्व र प्रेमसित सम्बन्धित कविता प्रस्तुत भए। शृंखलाको सुरुआत मोमिलाले अस्तित्व र विसंगतिजनित कविता 'पीडाको महोत्सव' बाट गरेकी थिइन्। यसपछि यिनले चर्चित चित्रकार भ्यानगगको 'द स्पेरी नाइट' चित्रबाट प्रभावित 'तारा बेलेको रात' सुनाइन्, यसमा पनि उनले अस्तित्वकै प्रश्न उठाएकी थिइन्। यो क्रमलाई उनले 'पुतलीको घर, नोरा र म' कविताले जोडिन्, नर्बेली नाटककार हेनरिक इब्सेनको चर्चित नाटक 'अ डल्स हाउस' बाट प्रभावित यो रचनामा पनि उनले नारी अस्तित्वकै सवाल उठाइन्।

Segments: 

म 'सम्राट' नभएर 'विद्यार्थी' हुँ : ज्ञानुवाकर / मनोज न्यौपाने

ज्ञानुवाकर पौडेलवि.सं. २००४ सालमा काठमाडौँको गौशालामा जन्मनुभएका ज्ञानुवाकर पौडेलको अन्य विधामार्फत् साहित्यमा प्रवेश ज्ञानेश कान्तिपुरेका नामबाट  वि.सं. २०३० मा भए पनि, गजलमा प्रवेश चाहिँ २०३५ साल असारमा अभिव्यक्तिमा प्रकाशित छ शेरको गजलबाट भएको हो । यस 'मधुपर्क' मासिकमा उहाँको गजल सर्वप्रथम २०३७ सालमा प्रकाशित भएको हो । उहाँका 'खण्डहर नयाँनयाँ' (२०४८) र 'जिन्दगी छैन अचेल जिन्दगीजस्तो'  (२०६८) गरी दुई गजलकृति प्रकाशित छन् । गजलकार पौडेलसँग मनोज न्यौपानेले गर्नुभएको विधावार्ता :

सिउँदो तिम्रो जब ओभानो लाग्यो / ज्ञानुवाकर पौडेल

सिउँदो तिम्रो जब ओभानो लाग्यो

घर आफ्नो पनि बिरानो लाग्यो

 

नजुराए पनि मेल दैवले हाम्रो

सम्बन्ध भने सारै न्यानो लाग्यो

 

सुनें आज जब विरह गीत तिम्रो

उठूँ र बजाउँ त्यो पियानो लाग्यो

 

बल्झेर दुख्ता घाउ आज बिछोडको

खोलेर व्यर्थै हेरेछु एल्बम पुरानो लाग्यो

 

तिमी के गयौ हल्लाउँदै बिदाइको हात

छुट्ने पो हो कि मेरो भक्कानो लाग्यो।

Segments: 

लाग्यो आखिर ठूलै बात / ज्ञानुवाकर पौडेल

लाग्यो आखिर ठूलै बात

समाउँदा मैले तिम्रो हात

 

देखिनँ आँखा प्यास लाग्दा

पिएर पानी सोधेँछु जात

 

पहिले लाग्थ्यो पैसाको नशा

अचेल लाग्छ रूपको मात

 

कमाएँ बदनामी यो कस्तो मैले ?

नचले नि हावा हल्लिन्छ पात

 

मायाको बदला नदिएर माया

गरेकै हो तिमीले अन्तरघात

 

नसोध बित्छ कसरी दिन ?

लाग्छ किन प्यारो रात ?

 

फोर्न नजान्दा मौकाँ हीरा

खायो 'ज्ञानु'ले समयको लात ।

Segments: 

नजरमा तिमी छाइराख्यौ / ज्ञानुवाकर पौडेल

नजरमा तिमी छाइराख्यौ

याद खूप आइराख्यौ ।

 

सुनिनौ कैले यो दिलको पुकार

दुनियाँको कुरा पत्याइराख्यौ ।

 

देखेर पनि मलाई नचिन्ने

चस्मा कस्तो लगाइराख्यौ ?

 

सँगालेर अरू कसैको सपना

दिलमा मेरो उदाइ राख्यौ ।

 

ठानेथेँ तिम्लाई जीवन साथी

थाङ्नामा पो सुताइराख्यौ

 

माग्दा हिसाब मेरो बैँसको

कुरा किन चपाइराख्यौ ?

 

सुनाएर मलाई मेरै गजल

दिवाना खूब बनाइराख्यौ ।

Segments: 

बिर्सन पनि गाह्रो लाग्छ / ज्ञानुवाकर पौडेल

बिर्सन पनि गाह्रो लाग्छ

सम्झन पनि अप्ठ्यारो लाग्छ ।

 

मन पर्दैन सत्ते फूल मलाई

काँडा बरु प्यारो लाग्छ ।

 

बितेन कहिल्यै रमाइलोसित दिन

भविष्य झन् अँध्यारो लाग्छ ।

 

नपत्याएर कसैले आफूलाई

जिन्दगी यो उधारो लाग्छ ।

 

जता ताके पनि नियतिले

मलाई नै किन तारो लाग्छ ?

Segments: 

चित्त अहो सबैको सानो लाग्यो / ज्ञानुवाकर पौडेल

चित्त अहो सबैको सानो लाग्यो

जमाना यो सारै बिरानो लाग्यो

 

आधुनिक देखिए पनि जीवनशैली

सोचाइ भने उसको पुरानो लाग्यो

 

निमुखाले कहिल्यै न्याय नपाउने

कानुन यहाँको सत्ते कानो लाग्यो

 

दुःखमा कसैलाई सहयोग गर्दा

बनिने पो हो कि अचानो लाग्यो

 

छैन अब कसैमाथि भरोसा मलाई

अँगालो बरू तिम्रै न्यानो लाग्यो ।

Segments: 

नदेखौं क्यारे सपना अब नयाँ आवासको / ज्ञानुवाकर पौडेल

नदेखौं क्यारे सपना अब नयाँ आवासको

निकट छ जब भविष्य मेरो बनवासको

 

थचारिनु परेपछि धर्तीमा नराम्रोसित फेरि

किन देख्नुपर्‍यो सपना त्यो मुक्त आकाशको

Segments: 

गजलका माली : ज्ञानुवाकर पौडेल / खगेन्द्र गिरि 'कोपिला'

नेपाली साहित्यको फाँटमा युवा कवि भनेर चिनिने मोतिराम भट्टलाई नेपाली भाषाका आदि गजलकार भनेर पनि चिनिन्छ । मोतिराम भट्टले आजभन्दा १२५ वर्ष अघि १९४०-४१ सालतिर बनारसमा रहँदा त्यहाँका उर्दू र हिन्दी गजलकारहरको प्रभावले सबैभन्दा पहिले नेपाली भाषामा गजल लेखेर नेपाली भाषामा गजल विधालाई भित्राएका थिए । त्यसपछि करिब ५०-५५ वर्षजति नेपाली साहित्यमा शम्भुप्रसाद ढुङ्गेल भीमनिधि तिवारी र उपेन्द्रबहादुर जिगरजस्ता केही सीमित स्रष्टाहरुले अलिअलि गजल लेखेको देखिन्छ । तर १९९६-९७ सालतिर आएर नेपाली गजलको गति रोकिन पुग्यो । यसको प्रमुख कारण नेपाली गजललाई संरचनाको नाममा केवल शास्त्रियताको बन्धनमै बाँधेर राख्नु र भ

Pages

Comments

Subscribe to नेपाली