खाली पन्ना

- असीत राई

खाली पन्ना
तिम्रो नाङ्गो छाती शब्दहरूले सिँगार्न सकिनँ
अक्षर र वाक्यको माला पहिर्याउन सकिनँ
मेरो जीवनको बोझ त्यहाँ उतार्न सकिनँ
तिम्रो कोमल छाती रक्ताम्य बनाएर
म हलुङ्गो-फुक्का हुन सकिनँ,
मैले तिम्रो छाती कविताले भर्न सकिनँ
म कवि बन्न सकिनँ ।

(दार्जीलिङ)

Author: 
Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom