Loading

खगेन्द्र दाजु नमर्नूस् प्लिज / राजेन्द्र थापा

Rajendra Thapa

गत शनिबारको 'अक्षर'मा खगेन्द्र संग्रौला दाजुले मेरा 'खेलौना' खेल्दा पड्केर हो वा हजारौं हजारपाठकले पढिदिएर, पैसा बर्सियो भनेर हो कि आफू मरेको घोषणा गरेकाले म मर्माहत छु। करिब ३८वर्षअघि यौटा उपन्यास लेखेर लेख्न छाडे पनि अहिले खेलौना लेखेर खगेन्द्र दाजुलाई आत्महत्या गर्न विवश बनाएछु मैले। दाजु मर्ने थाहा भए, यस्तो जिनिस किन लेख्थें र!

दाजु नमर्नूस्। तपाईं मर्नुभयो भने पत्रकारितामुखी साहित्य एक्लै कसरी बाँच्ने? साहित्यमा पत्रकारिता :पत्रकारितामा साहित्यको अविष्कारक दाजुहरूकै कारण साहित्यिक सृजना बन्न पुगेका छन्- लीलामयकफी गफ, लोकल कुखरा खा' गफ, पसल्नीसित मोबाइल साटिया, कविहरूले रक्सी खा', भुटनचाख्या, घरको बिरालो मर्या , श्रीमतीले अमेरिकाबाट फोन गरेर के तरकारी खानु भो भनेर सोध्यागफ, छोरी सुत्केरी भा' गफहरू।

चार-पाँच वर्षअघि दाजुले मलाई फोनमा भन्नुभएको थियो। बिहानै देवेन्द्रराज पाण्डेजी, दाजुकाघरमा हतारहतार आउनुभएछ र भन्नुभएछ, 'आजको अखबार पढ्नुभो? अर्को खगेन्द्र संग्रौला जन्म्यो।'सन्दर्भ राजेन्द्रको लेखको थियो। त्यही स्मरण गरेर दाजुले राजेन्द्र जन्मेपछि खगेन्द्र मर्योर त भन्नुभा'को हैन?

गतांक पढ्दा दाजुका मनका पीडा यो मनुवाको सानु बुद्धिले पक्रयो। प्रकाशकले अग्रिम दिएका चारलाखका कुरा गोप्य नराखेर दाजुलाई पीडा दिएछु, माफ पाऊँ। झन् प्रकाशकले २५ प्रतिशतका दरलेचैत १५ सम्मको आठ हजार प्रतिको पाँच लाख २० हजार रोयल्टीको हिसाबकिताब बुझाएको तदाजुलाई भन्दै-भन्दिनँ। हाम्रा किताब एनजिओले छाप्दैनन्। हामीलाई कुनै दल या नेताले पनि पक्षमालेख लेख्न खुसुक्क 'चपु' दिँदैनन्। अनि 'खेलौना' लेख्नुपरेको हो, दाजुलाई मार्न हैन। न तपत्रिकामार्फत् साहित्यकार बनेकाहरूको चित्त दुखाउनै हो।

बुद्धिजीवीबाट आलोचित भए पनि आमजनता खोजीखोजी पढिरहेका छन् भनेर पुस्तक साहुहरूलेभनेका कुरा दाजुकै लेख छापिएको दिनका साप्ताहिकमा पनि छापिएको छ। वास्तवमा यी आमजनतार बुद्धिजीवी को हुन्? बुद्धिजीवी भनेको सायद दाजु, समालोचना र बुक रिभ्युको फरकमै अलमल हरिअधिकारी, अनमोलमणि, रामेश्वर बोहरा र तिनका चेला चपेटा हुन् कि बाँकी लाखौं सचेत-शिक्षितमान्छे, जसलाई आममान्छे भनियो! आममान्छेको अर्थ अशिक्षित, गरिब, दुर्गम क्षेत्रमा बस्ने किसानहरूमानिने हो भने दाजु, तिनीहरू किताबै किन्दैनन्। किताब अर्थात् 'खेलौना' किन्ने ती दस-बाह्र हजार के आममान्छे?

अखबारमा प्रवेश नपाउने प्राडाहरू, शिक्षकहरू, बैंकरहरू, पत्रकारहरू, उद्योगपतिहरू,साहित्यकारहरू, कर्मचारीहरू, डाक्टर, इन्जिनियरहरू, न्यायाधीस र वकिलहरू, राजनीतिक नेता रकार्यकर्ताहरू तथा कलेज युनिभर्सिटीका विद्यार्थीहरूबाट नियमित तारिफ पाउँछु। के आममान्छे भनेकातिनै हुन्? प्रत्यक्ष कल या मेसेज दिनेमा करिब ७० प्रतिशत महिला छन्। हरेकले भन्छन्, 'पुस्तककोनारी आवाजका लागि धन्यवाद।' धेरैले भन्छन्,'किताब पढ्दा आफूलाई भेटेको र सँगसँगै रोएको पहिलो पटक हो।' के त्यस्तो हुन्छ यौनकथामा?

पुरुष पाठक महिलाको आवाज सायद सुन्दैनन्। तर भन्छन्,'आफूलाई कतै न कतै इन्द्रकोमनोवृतिभित्र पाएँ।' परशु घिमिरेका एक बैंकर मित्रले यो पढेपछि 'पुरुष भएकोमा आफूलाई घिन लाग्नथालेको छ' भनेछन्। ती बैंकरले देखेका कुरा जुन दिन खगेन्द्र दाजुले देख्नुहुनेछ त्यस बेला योआत्महत्या रोक्नुहुनेछ। तर दाजुका बाहुनवादी, पुरुषवादी, वामपन्थी तथा स्वमहानत्वका चस्माकाकारण यो देख्न बु‰न सक्नुहुनेछैन। जब आफूबाहेक अरू सब सानो लाग्छ, तब अरूका गहिराइभित्रपस्न सक्दैन मान्छे। दाजुको समाधान आत्महत्या हैन, आत्मपरिचय हो, अरूलाई हीन ठानेरबहुलाजस्तो झम्टिन छाड्नु हो। आफ्नो मनको खगेन्द्र बुद्धिलाई फेला पार्नु हो। दाजुको उदात्त ज्ञान,निडर लेखन, कलमको नियन्त्रणले दाजुभित्रको सरस्वती-शक्ति स्पष्ट झल्काउँछ। तर राजनीतिकरूपले छोपेको बुझ्छु, म दाजुको साहित्यिक कायालाई। साहित्यिकत्व र राजनीतिकत्व दुवैलाई एकैथालमा मिसाएर खानु भएकाले पेट खराब भएको हो।

पत्रकारी साहित्यमा थिम चाहिन्न। तर साहित्यमा थिम हुने हुँदा साहित्यक चेत भएकाले थिमलाईकेन्द्र बनाएर पात्र र घटनाको चक्कर हेरेरमात्रै मूल्यांकन गर्नुपर्छ। दाजुले हरि (अधिकारी) पथमा झैंथिमै नबुझी कभर हेरेर बोलेको सुहाउँदैन। खेलौनाको थिम के हो? थाहा पाउनुभयो त? खेलौनाकोथिम यस्तो छ-'पुरुष नामक मनुवाका गिदीमा महिला योनी नामक जिनिस भएकैले पाँचहजारवर्षदेखि नारीमाथि शोषण हेतु पुराण शास्त्र सामाजिक रितीरिवाज बनाइएका हुन्। यसै कारणआधुनिक युगमा पनि नारीमाथि दानवीय व्यवहार भइरहेकै छ। तर अबका नारी सहँदैनन्। त्यसैलेस्मिताले बोलेर विद्रोह देखाइन्।'

 

स्मिताले नबोले पनि त हुन्थ्यो। किन बोलिन्? उपन्यासको अधार स्मिताको यौन र प्रेम कथा हैन,त्यही विद्रोह हो यसको आधार, चेत भया! मनुवाको गिदीका त्यही जिनिसका बदमासी प्रमाणित गर्नस्मिताका प्रेम र सेक्स एडभेन्चर घरको फर्मा रूपमा उपयोग गरिएका मात्र हुन्। मूल पात्र स्मिता हैन,पुरुष गिदीको प्रतीक इन्द्र हो। स्मिता र इन्द्रलगायत एघार पुरुष पात्र र सात महिला पात्रहरूबाटपुरुष गिदीकै चिरफार गरिएको छ, परिस्थिति अलगअलग भए पनि। स्मिताका पाँच परिच्छेद झिकेपनि उपन्यास बन्छ, इन्द्र्र झिके थिम प्रमाणित हुन्न। उपन्यास बन्दैन। यो बुझ्ने साहित्यकार अझै छन्।दादाजी (कमलमणि) ले धेरै वर्षपछि सायद पूरा पढेको यही पुस्तक होला। 'स्मिता पात्र केही पनिहैन, इन्द्र गजबको पात्र बनाउनुभयो' भन्दै दादाजीले इन्द्रका अन्तर्द्वन्द्वबारे गहन प्रतिक्रिया दिनुभयो।सायद खेलौना बुझेका र रुचाएका कारण कमलमणि सर आममान्छे या 'नबुद्धिजीवी' मा पर्नुहुन्छहोला! त्रिविमा पनि सायद साहित्य बुझ्ने नभएरै होला, एमएडको नेपाली विभागले नारीवादीउपन्यास खेलौनाको लैंगिक विभेद सम्बन्धमा र भाषा शैली इत्यादि दुई विषयमा थेसिस तोकेको छ।अब तिनलाई पनि ठोक्नुस्।

आन्द्राको क्यान्सरको शल्यक्रिया गर्दा पेट चिरेर प्वाल बनाइन्छ, आन्द्रा काटिन्छ, रगत बग्छ, छेक्नेअंगहरूलाई पन्छाइन्छ। साहित्यमा पनि त्यही गरिन्छ, जुन गरिन्न पत्रकारी साहित्यमा। हो, यसउपन्यासमा पनि यौन विषयकै शल्यक्रिया गर्दा ती यौनका कुराहरू सबै झिकिएका, चिरिएका,पन्छाइएका र रगत बगाइएका हुन्। शल्यक्रियामा झैं अन्तिममा सिइएर काम सकाइएकै छ। स्मिताकैयौन विषयक अन्तर्वार्तालाई नै कथा बनाइएपछि के भजनका कुराहरू लेखूँ? भोगिनीका कथामाभोगका कुरा हुन्छन्, कुनै दिन जोगिनीका कथा लेखें भने शतप्रतिशत जोग (योग) कै कुरा खोतल्नेछु।उपन्यास यसरी नै बनिन्छ। पशु बधशालामा काटमार नै हुन्छ, पाठशालामा पढाइ अनि गौशालामागाई र गोबर।

दाजु, यो थिममा लेखिएका कथा नीलो चोली र आगोजस्ता यौन कथा बन्नै सक्दैनन्। महिलाकालागि पहिलो र अन्यका अनुभव एकदम अलगअलग हुने हुँदा स्मिताका पाँच घटनाका बयान एकदममहिलाकै दृष्टिकोणबाट चित्रित गरिएका छन्। त्यसैले पहिलो ओरलवाला मित्रसँगको १८ वर्षेपात्रालाई विस्तृत आनन्दमयी खोजमुखी बनाइएको छ भने त्यो अनुभवपछिको तर पहिलो प्रत्यक्षसंसर्गमा हरेक महिलालाई झैं आनन्दविहीन, पीडादायी, उत्सुक्तापूर्ण सानु कथा बयान गरिएकोकलात्मकताको अर्थ बु‰नूस्। स्मिताका मूल प्रेमी पुष्पका हकमा त झन् सेक्सको बयानै छैन। यौनकथामा त यसरी सेक्सलाई महिलाको आँखाबाट मनोवैज्ञानिक प्रस्तुति गरिन्न। पुरुषका आँखाबाटहरेक घटनालाई उत्तेजनाको हदसम्म पुर्या इन्छ। यो गूढ तत्व बुझे काम लाग्ला। यौनमा लेखेर पैसाकमायो भन्नेहरूलाई सुझाव छ, यौनका कथा यसरी बिक्दैनन्। न त यत्रो फराकिलो पाठकवर्गलाईयसले हल्लाउन सक्छ। यौनका मनोविज्ञान लेख्न भने धेरै गाह्रो हुन्छ। वैज्ञानिक तथा मनोवैज्ञानिकअनुसन्धान गर्नुपर्छ। पत्रकारी साहित्यमा जे खकारे पनि जे डकारे पनि सम्पादकले सकार्ने र भोलिपल्टैछापिने हुनाले अध्ययनको चलन नहोला। झन् पछि त्यसैका संकलन निकालेर साहित्यिक कृतिनामधारण गर्न पनि सजिलो। एकपटक विमल निभाजीले भनेका थिए, 'आज लेखेको भोलि नैछापिएन भने कस्तो नराम्रो लाग्छ।' पत्रकारी साहित्य र साहित्यमा फरक यही हो। साहित्यमा तसोच्न, लेख्न र छाप्न तथा बिक्न र पढ्न पनि सबैमा समय लाग्छ, मेहनत र अध्ययन चाहिन्छ।

साहित्यलाई दाजुहरूले गर्नुभएको परिभाषामा दाजुहरू रमाएरै बस्दा फरक केही पर्दैन। तर आजभोलिसाहित्यको परिभाषा जनता स्वयंले आफैं बनाउँछन्, पुस्तक आफैं छानेर। तपाईं मरे मर्नूस्, तपार्इंकाचेलाहरू पनि मरे मरून्, कृतिमा अनेक खोट लाउनूस्; तर जनता आफैं न्यायाधीस हुन्, आफैं फैसलागर्छन्। साहित्य कुन हो कुन हैन? तपार्इंहरूले आममान्छे भने पनि, स्वाद खराब भएका भने पनि,द्यौता तपाईंहरू हैन, तिनै हुन्। तपाईंहरूका आत्मरत्तिभन्दा परै छन्, ती आमपाठक भनी तपार्इंहरूलेहोच्याएकाहरू। श्लील-अश्लीलको परिभाषा, साहित्यको परिभाषा या आख्यानको एरिस्टोटलीय याशास्त्रीय मान्यता अब एकेडेमिकल बिरालो बँधाईबाट मुक्त भइसक्यो। सेक्स कथामा सेक्सको बयानखेलौनामा भन्दा अझ बढी स्पष्ट गरिएको भए पनि त्यो अश्लीलता हुन्न, अत्यावश्यक हुन्छ, आजकोपरिभाषामा। आज कथा बोलचालको भाषामा लेखिने हुँदा बयान पनि त्यही भाषामा हुन्छ। एक करोडकिताब बेचेर निजी जेट चढ्ने पायलो कोयलोको 'इलेभेन मिनेट' पढ्नूस्। संसर्गको अवधि ११ मिनेटभन्ने थिम भएकाले कहानी यसैमा चक्कर खुवाइएको छ। पत्रकारी साहित्यकारहरूले विदेशी आख्यानपढे भने थिम, भाषाशैली प्रस्तुतिमा निखार आउँछ। बुक रिभ्यु लेख्न पनि ज्ञान आउँछ। सानुकुवाभन्दा बाहिर ठूलो संसार हुन्छ साहित्यको। किनभने साहित्य अब एक देशमा मात्रै बाँधिन्न।

दाजु, यसरी व्यक्तिका बारेमा लेख्नु मेरो नैतिकताभन्दा बाहिर भएकोमा माफ पाऊँ। तर दाजुलेव्यक्तिमाथि नै प्रहार गर्नुभएकोले आत्मरक्षा गर्नु मेरो प्राकृतिक धर्म हो। दाजु पुस्तकका बारेमा जेलेख्न पनि स्वतन्त्र हुनुहुन्छ। तर लेखकका बारेमा हैन। मान्छे कालो भनेर डा. रामदयालजीका विरुद्धलेख्ने हरिपथमा दाजुजस्ता अति आदरणीय व्यक्तित्व नहिँडेको भए यसरी लेख्दा म ग्लानिमय हुनेथिइनँ।

अर्काको भनाइको अर्थै नबुझी प्याच्च बोल्नुभएका सिके लालजीका उक्साहटमा वैरागी दाजुकोकुलपतित्वको र जगदीश दाजुको मदन पुरस्कारको रिस गरेको देखिने गरी क्रमशः सचिव र सेक्सनअफिसर तोक्नुभयो। किताबलाई बम पड्काए पनि पाइयो, तर भूमिका लेखक या विचार अभिव्यक्तगर्नेलाई स्पर्श पनि गर्नुहुन्न। झन् सम्बन्धै नभएका अभिदाजुलाई नायव सुब्वा र गोविन्दजीलाईखरिदार पद दिएको देख्दा दाजुका अस्तित्वलाई खेलौनाको ख्यातिले पीडा दिएको गलत सन्देश गयो।पियनबाहेक अरू सबै पद बाँडेर सकिएपछि अनि तपार्इंलाई पनि अरूले पद दिन चाहे भने कुन पददिने?

दाजु अन्तमा विन्ती छ नमर्नूस्। बरु खगेन्द्र पथका पत्रकारी साहित्यकार हरि, अनमोल ररामेश्वरलगायत अरू बीस-पच्चीस जनाका खुसीको लागि मै मर्दिन्छु, खेलौनालाई पनि जलाइदिन्छु।द्रौपदी नामक अर्को त्योभन्दा बढी विवादास्पद कसैको जीवनकथामा लेख्दै गरेको उपन्यास पनिआजैबाट लेख्न बन्द गर्छु। तर तपाईंहरू नमर्नूस्। अखबारका केही पाता कसरी भर्ने चार हजारशब्दहरूको ओभरलोडबाट, समस्या पर्छ पत्रिकाका ब्युरो चिफहरूलाई।

तर समस्या छ दाजु, हामी जो मरे पनि खेलौना मर्दैन। झन्झन् डढेलोझैं आममान्छेका मनमस्तिष्कमासल्किँदै जान्छ। र, एक दिन पुरुष गिदीको योनीमै आगो लगाइने छ। किनभने खेलौना किताब हैन,नारीलाई 'यौन खेलौना' ठान्ने पुरुषवादविरुद्धको संगठित आवाज हो। गोमा ब्राह्मणीको बालशोषणविरुद्ध बोल्नेसँग तपाईं जत्ति रिसाए पनि अब बाल बलात्कारीका लिंग काट्ने बेला आउँदैछदाजु। तपाइंलाई अखबारी गालीगलौजमै छाडेर आममान्छेको संसारमा पुगिसक्यो समाज। आपलोग करेंतो लीला, हम करें तो केरेक्टर ढिला? गलत दाजु गलत!

Taxonomy upgrade extras: 

Comments