के भर जिन्दगीको? \ भानु बोखिम

२०६८ मध्य साउनको त्यो शनिबार, शिक्षण अस्पताल छिर्दाको भारी मन र्फकंदा धेरै हलुको भएको थियो। शनिबारको खुला सडकमा आरामले कोठामा आइपुगेँ। अस्पतालको ह्याङ्ओभर भने झरसिकेको थिएन। मैले भेट्न गएको बिरामीले भित्तातिर उचालिएको बेडमा ढल्केर धीमा स्वरमा भनेका थिए, "कर्नाली राम्रो होस् भन्थेँ, अब नदेखी जाने भएँ।" उनले सधैँझैँ कणर्ालीको समृद्धिसँगै छोटिँदै गएका जिन्दगीको अनिश्चितताबारे चिन्ता पोखे।

"तपाइर्ंलाई केही हुँदैन, यस्तो बिरामी त भइरहिन्छ," मैले आश्वासन पोखेँ। कोसेलीस्वरूप लगेको स्याउ र जुस कुरुवा बसेका उनका नातिको हातमा थमाएँ।

७२ वषर्ीय जुम्लाका पदमबहादुर महतसँग डेढ वर्षअघि चिनजान भएको थियो। प्रत्यक्ष भेटघाट भने करबि डेढ महिनाअघि मात्र भएको थियो। 'मेरो जिन्दगी मेरो विश्वास' नामक कार्यक्रममार्फत पदमबहादुरले कणर्ालीका लागि देखेको सपना र त्यसमा उनको योगदानलाई समेटेर लेख तयार पार्नु थियो। त्यसबेला म एन्टेना फाउन्डेसन नेपालमा काम गर्थें।

रेडियो कणर्ाली एफएम जुम्लाका मित्र तुफान न्यौपाने, जोसँग पहिले नै काठमाडौँमा पत्रकारतिासम्बन्धी प्रशिक्षणमा चिनजान भएको थियो। उनले पदमबहादुर महतसँग अन्तर्वार्ता गरेर त्यसको सीडी बनाएर पठाइदिएका थिए। करबि २२ मिनेट लामो कुराकानी सुनेर मैले लेखको ढाँचा तयार पारेँ। लेख पूरा भएपछि त्यही अनुरूप एन्टेना फाउन्डेसनबाट एक टोली भिडियो खिच्न जुम्ला जाने तरखरमा थियो।

लेख पूरा गर्न आफैँले पदमबहादुरसँग कुराकानी गर्ने सोच बनाएँ। यसका लागि मैले उनको कान्छा छोरा नवीनलाई फोन गरँे।

"बुबा त माथि फार्ममा बस्नुहुन्छ, खबर गर्नुपर्छ।"

नवीनको कुराकानी अनुसार उनी जुम्लाबजारभन्दा अलि माथि र एकान्तमा स्याउखेती गरेर बसेका थिए। त्यसको तेस्रो दिन पदमबहादुर महतले बजार झरेर फोन गरेका थिए। उनको बोलीमा स्याँस्याँ गरेको आवाज पनि मिसिएर आउँथ्यो। यसले बुढ्यौलीको संकेत गथ्र्याे।

"सबैले कर्नालीलाई गरबि भन्छन्। मैले भन्याजस्तो भयो भने कर्नालीले पूरै देशलाई दिन्छ," उनले मलाई कणर्ालीको सम्भावनाबारे बताउँदै थिए। भूमिका बाँधेरै लामालामा संवाद बोल्ने शैली थियो उनको।

कुराकानीका क्रममा उनले आफ्नो प्रचार-प्रसार होस् भन्ने पनि चाहे।

"तपाईंहरूबाट सरसहयोग भए हाम्लाई राम्रो हुन्छ, अब पैले तपाइर्ंहरू आउनूस् अनि हाम्रो काम हेर्नूस्।"

"स्याउ खानचाहिँ पाइन्छ कि पाइँदैन?" मैले सोधिहालेँ। त्यो फागुनको महिना भएकाले बोटमा स्याउ हुने सम्भावना थिएन।

"पाइन्छ बाबु, मैले स्टोर गरेर राखेको छु।"

सायद त्यसको १५ दिनभित्र मैले लेख तयार गरेपछि भाषा सम्पादककहाँ पठाइयो। जुम्ला जाने तयारीसँगसँगै मेरो नाम बीबीसी वल्र्ड सर्भिस ट्रस्ट नेपालमा निस्कियो। टोली जुम्ला जानुभन्दा पहिले मैले एन्टेना फाउन्डेसन नेपाल छोडेँ। पछि मैले त्यो कार्यक्रम टेलिभिजनमा हेर्दा पदमबहादुर झुस्स सेतो दारी पालेर उनको बगैँचामा डुलिरहेका थिए। मैले तयार पारेको लेख पत्रिकामा 'माटो चिनौँ कणर्ालीबासी' शीर्षकमा छापिएको थियो।

त्यसको ठीक एक वर्षपछि म रपिोर्टिङ्का क्रममा साथीहरूसँग जुम्ला पुगेको थिएँ। हाम्रो आठ जनाको टोली थियो। मलाई यताउता जान सहयोग गर्ने तुफानजी नै हुनुहुन्थ्यो। तेस्रो दिन जुम्लाबजारको भीडमा अनायस भेटिए, पदमबहादुर महत। तुफानले मतिर औँला सोझ्याउँदै भने, "भानु बोखिम, कहिल्यै जुम्ला आएनन् भनेर कुरा गरहिनुहुन्थ्यो नि !"

उनले हरयिो पाइन्ट, सेतो सर्टमाथि जीउभन्दा ठूलो कालोकोट खापेका थिए। शिरमा ढाकाटोपी र काँधमा जिन्सको झोला झुन्डिएको थियो। हातमा बाँसको गतिलो लौरो थियो। उनको पहिरन, मैले पहिले टेलिभिजन कार्यक्रममा देखेकोभन्दा फरक थिएन। उनी कपडा फेर्न नसक्ने गरबि होइनन्। मैले लख काटेँ, सायद कपडाभन्दा कणर्ालीको मुहार फेर्ने सपनाले उनलाई बढी सताएको थियो।

मैले नमस्कार गर्दा उनले विस्तारै दुई हात जोडेर नमस्कार फर्काए। नमस्कार फर्काउँदा उनले टेक्ने बाँसको लौरी जमिनभन्दा माथि उचालियो, 'ओहो भानु बाबु, तपाइर्ं आउनुभएछ, साह्रै खुसी लाग्यो।'

सामान्य कुरा गरेपछि उनले आफ्नो स्याउ बगँैचामा बास बस्ने गरी आउन निम्तो दिए। खास त्यही बगँैचामा उनको घर थियो। हामी खबर गरेर आउने भन्दै त्यहीँबाट छुट्टयिौँ।

त्यसको चौथो दिन तुफानजीसँग जुम्ला महतगाउँको उकालोमा थियौँ। त्यही उकालोमा पदमबहादुर महत उक्लिँदै गरेको दृश्य मैले 'मेरो जिन्दगी मेरो विश्वास'मा हेरेको थिएँ। मलाई सम्झना भए अनुसार कार्यक्रमको सुरुवात नै त्यो उकालोमा पदमबहादुर महत चढ्दै गरेको दृश्यबाट गरएिको थियो। जहाँ उनी लौरोको सहायता लिए पनि सहजसँग उक्लिँदै थिए। तुफान र मलाई भने घाम डुबेको समय पनि निधारमा पसिना छिटछिटाइरहेको थियो।

"बा ७२ वर्ष पुगेँ, ज्योतिषले योभन्दा बढी बाँच्दैनस् भनेका छन् रे," ठाडो उकालीमा थकाइ मार्दा तुफानले सुनाए। हरेकपटक ५० मिटरजति उक्लिएपछि केही क्षण उभिन्थ्यौँ अनि लामो श्वास फाल्थ्यौँ। तुफानले पनि निधार पुछ्दै थपे, "त्यही भएर बढी चिन्तित छन्।"

मलाई ज्योतिषको उति विश्वास लाग्दैन। अक्सर यस्तो प्रसंग उठे म भूपि शेरचनको एउटा कविता सम्झन्छु र तुफानलाई पनि त्यही कविता सुनाएँ :

भारी ट्रकले किचिएर

मर्‍यो एउटा कलिलो ठिटो

हत्केला खोलेर हेर्दा

उसको आयुरेखा लामो थियो

लामो थियो

मेरो विगतका असफल सपनाहरू जस्तै

यसपछि हामीले कुराकानीको प्रसंग पत्रकारतिातिर मोड्यौँ। यसबेला हामीले उनको घर पुग्नका लागि तीन चौथाइ उकालो उक्लिसकेका थियौँ। अँध्यारँिदै गएकाले माथितिर स्याउको बुट्यान देखिन्थ्यो।

उनको घरमा पुग्दा साढे ७ बजेको थियो। त्यो दिन ढिलो गरी खाना खायौँ र सुत्यौँ। भोलि बिहान उठेर हेर्दा, उनको बगैँचाबाहेक वरपरको जमिन नांगो र अति भिरालो थियो।

"३० वर्षअघि किनेको यो जग्गा। त्यसबेला सबैले यो महत बौलाएछ भने," उनले चिया खाने क्रममा आफ्नो अतीत कोट्याए।

अमृत साइन्स कलेजबाट विज्ञानमा स्नातक गरेका पदमबहादुर कणर्ालीबाट एसएलसी गर्ने पहिलो व्यक्ति थिए। उनले अमृत साइन्स कलेज पढ्दाकै एउटा फोटो झिकेर देखाए। त्यो श्यामश्वेत फोटोमा उनी टाई बाँधेर कालो चस्मामा ठाँटिएका थिए।

उनी पढाइमा अब्बल नै थिए। पढ्ने क्रममा उनले पाकिस्तानमा पाइलट कोर्सका लागि छात्रवृत्ति पनि पाए। तर, पारविारकि अस्वीकृति कारण पाइलटको कोर्स गर्न भने पाएनन्।

"म एक्लो छोरा, बाआमाले प्लेन पड्केर मर्छ भने र जानै दिएनन्।"

त्यसपछि उनी सरकारी जागिरे भए। त्यसक्रममा नेपालको ७५ मध्ये ५४ जिल्ला घुमेँ। जता पुगे पनि कणर्ालीको मान्छे भनेर आफू हेपिएको अनुभूति भयो। त्यसपछि आफ्नै ठाउँमा केही गर्छु भनेर जुम्ला फर्किए। ३० वर्षअगाडि सुरु गरेको बगैँचामा हामी एक घन्टा लगाएर घुम्यौँ। त्यहाँ खाल-खालका स्याउ मात्र थिएनन्। नासपाती, स्ट्रबेरीदेखि विभिन्न किसिमका जडीबुटी पनि थिए।

"कर्नालीको माटो उर्बर छ, राज्यबाट लिने हैन कि उल्टै राज्यलाई दिन सक्छ कर्नालीले," उनको आत्मविश्वास अझ ठूलो थियो। "अझ तिब्बत र भारतको यूपी, बिहारलाई पुग्ने फलफूल उत्पादन हुन्छ। भारतको मान्छेलाई पनि काम दिन सकिन्छ ह्याँ," उनले स्याउको बोटछेउमा उभिएर बोलेका आवाज मैले मोराञ्जमा रेकर्ड गररिहेँ। फेर िगह्राबाट तल र्झने क्रममा चिन्ता पोखे, "जति गरे नि बाहिर पठाउने बाटो चाहिन्छ। कालोबाटो कैले बन्ने हो?"

"अब चाँडै आउला नि, कच्ची भए नि मोटरबाटो त आइसकेको छ," मैले भनेँ।

"खै बा, म त देख्न पाउदिन क्या रे, मर्ने बेला भइसक्यो।"

"त्यस्तो सोच्नु हुन्न, मान्छे सय-डेढ सय वर्षसम्म बाँचेका छन्, ७२ वर्ष त के हो र?"

बारीको पुछारतिर पुगेपछि मैले रेकर्डर बन्द गरेँ। अनि, फोटो सेसन चल्यो। तुफानजी र म पालैपालो उनीसँग उभियौँ। रहरमा केही काँचो स्याउ टोक्यौँ। फर्केर घरछेउ आइपुग्दा पश्चिमपट्टकिो थोरै खाली जग्गा देखाउँदै उनले भने, 'यहाँचाहिँ एउटा पानी जम्मा गर्ने ट्यांकी, त्यसो गरे चैत-वैशाखको खडेरीमा पनि समस्या हुन्न। फलफूलमा पानी दिन सकिन्छ।"

त्यो काम उति सजिलो भने थिएन। खोलाबाट बालुवा र बजारबाट सिमेन्ट खच्चडलाई बोकाएर ल्याउनु । तर, उनी हार मानेका थिएनन्। हामीले खाना खायौँ। खाना खाएपछि उनले एउटा डायरी लिएर आए। त्यो डायरीको आधाभन्दा बढी भाग भरइिसकेका थिए। उनको घर वा बगैँचा घुम्न आउनेहरूले त्यहाँ पुगेपछिको आफ्नो अनुभूति लेखेका थिए। मैले सर्टको गोजीबाट कालो रंगको पाइलट पेन झिकेँ र लेखेँ। झन्डै आधा पृष्ठजति लेखेँ। ठ्याक्कै के लेखे भन्ने त थाहा छैन। तर, उनको मिहिनेत र सपनाको प्रशंसामा शब्द खर्चेको थिएँ।

छुट्ने बेलामा तुफान र मलाई छुट्टाछुट्टै कालो प्लास्टिकको पोको थमाए। दन्ते ओखर थियो पोकामा। गुजमुजिएको प्लास्टिकको पोका हामीले झोलामा राख्यौँ र बिदा भयौँ। हामी ओरालो झरेको दृश्य उनले आँगनको डिलबाट नियालिरहेका थिए। हिजो जाँदाको त्यही उकालो अब ओरालो भएको थियो। ओरालो झर्दा पाइला नथामिएर हुत्तिए पनि यो कठिनाइ हिजो उकालो चढ्दाको जस्तो थिएन।

हामीले केही दिनपछि काम सक्यौँ। प्लेन क्यान्सिल भएकाले त्यसपछि पनि चार दिन जुम्लामै बस्नुपर्‍यो। हामीले जुम्लामै काठमाडौँ बनाउने कार्यक्रमको खाका तयार पारेका थियौँ। जुन खाकाभित्र पदमबहादुर महतको अन्तर्वार्ता पनि समेटिएको थियो।

जुम्लाको सामग्रीलाई हामीले छ भागमा समेटेका थियौँ। जुन पूरै प्रसारण गर्न डेढ महिना लाग्थ्यो। काठमाडौँ आएपछि कार्यक्रमको प्रसारण सुरु भयो। त्यही क्रममा साउनको एक दिन तुफानजीले मलाई फोन गर्नुभयो, "बाले तपाईंलाई भेट्न खोजेका छन्, नेपालगन्जको अस्पतालले सक्दिनँ भनेर, काठमाडाँै ल्या'का रे।"

म शनिबारको दिन हतारँिदै शिक्षण अस्पताल महाराजगन्ज पुगेँ। म तुफानको कुरा सुनेपछि जति अत्तालिएको थिएँ, उनलाई भेटेपछि त्यस्तो भने पाइनँ। उनले भने फेर िआफ्नो स्याउको बगैँचा र कणर्ालीबारे चिन्ता पोखे। उनलाई अब म बाँच्दिनँ भन्ने प्रस्ट आभास भएको प्रतीत हुन्थ्यो। मलाई भने उनी जाती भएर कणर्ाली फर्किन्छन् जस्तो लागिरहेको थियो। त्यही विश्वासका साथ म अस्पतालबाट बिदा भएर बाहिरएिँ।

केही दिनपछि फेर ितुफानको फोन आयो, "पदमबा आज बिहान बितेछन्, अब उनको अन्तर्वार्ता प्रसारण गर्ने कि नगर्ने?"

उनी मेरो कुनै आफन्त वा बारम्बार भेट भइराख्ने मित्र थिएनन्। तर, उनको मृत्युको खबरले म नराम्ररी बिथोलिएँ। फेसबुकमा घुमाउरो शैलीमा पीडा अनुभूतिको स्टाटस लेखेँ र त्यो दिन चाँडै नै अफिसबाट बाहिरएिँ।

म र अफिसका अरू साथीहरू उनको अन्तर्वार्ता प्रसारण गर्ने कि नगर्ने भनेर दोधारमा पर्‍याँै। तर, पछि अन्तर्वार्ता राख्यौँ र कार्यक्रमको अन्त्यमा सहकर्मी कमलकुमारको आवाजमा थप्यौँ, "... हामी शोक सन्तप्त परविारप्रति समवेदना व्यक्त गर्दै यो कार्यक्रम स्वर्गीय पदमबहादुर महतप्रति समर्पित गर्न गर्दछौँ।" हाम्रो कार्यक्रमको सुरुवात र पदमबहादुरको अन्त्य सँगसँगै हुनु उनका ज्योतिषले भनेझैँ पूर्वनिर्धारति थियो कि संयोग। म अहिले पनि बेलाबेला उनको सम्झना आउँदा यो कुरा सोच्न बाध्य हुन्छु ।

Author: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom