झरेको पात झैँ भयो / कालीप्रसाद रिजाल

झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
निभेको दीप झैँ भयो उदास मेरो जिन्दगी
चुरा फुटेसरी भयो चराहरू उडीगए
हजार कोपिलाहरू नमुस्कुराउँदै झरे
उठेको बस्ती झैँ भयो प्रवास मेरो जिन्दगी
बिहान जो खुशी थियो जलेर साँझ भैसक्यो
भिजेको पात-पातमा निशादको कथा थियो
अधेँरी रात झैँ भयो विषाद मेरो जिन्दगी
जलिरहेछ लास भित्र-भित्र कहीँ छातीमा
टुटेफुटेका स्वप्न झैँ अँगारमात्र छातीमा
बिजन बदल सरी भयो उराठ मेरो जिन्दगी
रचना: कालीप्रसाद रिजाल
स्वर/संगीत: नारायण गोपाल
Author:
Segments:
Language:
Post date:
11/08/2013 - 04:01