झमक घिमिरेलाई उत्तम-शान्ति पुरस्कार

जेष्ठ ७, काठमाडौं - उत्तम शान्ति स्मारक पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले साहित्यकार झमक घिमिरेलाई उनको आत्मकथा कृति 'जीवन: काँडा कि फूल' का लागि २०६७ सालको उत्तम-शान्ति पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ ।

शारीरिक रुपमा अशक्त झमकले आफ्नो जीवन आधारित रहेर लेखेको आत्मकथामा 'मानवीय अस्तित्वको अभिलेख' रहेको ठहर गर्दै निर्णायक समितिले पुरस्कारका लागि चयन गरेको गुठीका डा.पार्थिवेश्वर तिमिल्सिनाले बताए । २५ हजार १ रुपैंया राशी तथा ताम्रपत्रसहितको पुरस्कार जेठ १२ गते साहित्यकार उत्तम कुँवरको ७४ औं स्मृति दिवसका अवसरमा प्रदान गरिने भएको छ । हाल धनकुटा, कचिडेमा रहेकी झमकले उत्तम-शान्ती पुरस्कार सहस्र स्वीकार्दै आफ्नो कृतिलाई छनौट गरेकोमा कृतज्ञता जनाएकी छिन् ।

२०४४ सालमा स्थापित यो पुरस्कार हरेक बर्ष गैर-आख्यान क्षेत्रमा सृजनशील लेखन गर्ने प्रतिभालाई प्रदान गरिदै आएको छ । उत्तम कुवरको स्रष्टा-वार्ता आधारित कृति 'स्रष्टा र साहित्य'ले मदन पुरस्कार पाएको थियो । स्वर्गिय कुवरको स्मृतिमा उनको परिवारजनले स्थापना गरेको यो पुरस्कार कृष्णचन्द्रसिंह प्रधान, लैनसिंह वाङदेल, रोचक घिमिरे, मञ्जुल, प्रदीप नेपाल, जगदीश घिमिरे, नारायण ढकाल, देबेन्द्र भट्टराईलगायतका स्रष्टाले पाइसकेका छन् ।

॰[स्रोत : कान्तिपुर दैनिक]

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom