Loading

जीवनको हरेक मोडमा तिमीले मलाई भेट / गोपाल योञ्जन

जीवनको हरेक मोडमा तिमीले मलाई भेट
म भागे जस्तो गर्छु तिमी मेरो बाटो छेक

म धेरै टाढा हुन्न तिमीले मलाई खोज
तिमीलाई भेटेपनि तिमीलाई म त छुन्न
तिम्रो नशालु हातले तिमीले मलाई छोऊ
म डराए जस्तो गर्छु तिमी आँट मलाई देऊ

जब लड्न लड्न खोज्छु म तिम्रो सामु पुग्दा
ती कोमल पाखुरामा तिमीले मलाई थाम
तिमीले चाहे जति माया तिमीले मलाई देऊ
म रिसाए जस्तो गर्छु तिमीले मलाई फकाऊ



शब्द/संगीत: गोपाल योञ्जन
स्वर: नारायण गोपाल तथा अरुणा लामा

Author: 
Segments: 

Comments