अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव हुने

जुलाई १३ मा अमेरिकाको राजधानी वासिंगटन डिसी मेट्रे क्षेत्रमा हुन लागिरहेको एसोसिएसन अफ नेपलिज इन अमेरिकाको बृहत सम्मेलनको अवसरमा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव २०११ आयोजनामा गर्ने भएको छ । विश्वभरि रहेका नेपाली कवि साहित्यकारहरूले भाग लिनपाउने उक्त प्रतियोगितामा उत्कृष्ट तीनलाई नगद पुरस्कारसहित सम्मानित गरिने कार्यक्रमका संयोजक गोविन्दसिंह रावतद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।
 
प्रतियोगितामा प्रथम हुने कविलाई १००० अमेरिकी डलर राशीको ‘हेम सरिता पाठक भानुभक्त काव्य पुरस्कार’ प्रदान गरिने छ भने द्वितीय हुने कविलाई ३०० अमेरिकी डलर राशीको ‘शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार’ प्रदान गरिने छ । यसैगरी तेस्रो हुने कविलाई २०० अमेरिकी डलर राशीको ‘बसुन्धरा गणेश रोका देबकोटा पुरस्कार’ प्रदान गरिने छ ।

नेपालमा प्रचलित कुनै पनि भाषा वा अंग्रेजीमा रचिएका कवितालाई प्रतियोगितामा समावेस गरिने जानकारी आयोजकले दिएका छन् । जुन १५, २०११ भित्र ईमेल ( kabitapratiyogita2011@gmail.com, gosirawat@gmail.com, bishowbimohan@hotmail.com ) मार्फत प्राप्त कविताहरूलाई मात्र प्रतियोगितामा सामेल गरिने जानकारी दिइएको छ ।

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom